पाँच दिनपछि ईलाका प्रशासनले काम थाल्यो

| दोलखा

कर्मचारी अभावका कारण चैत्र १ गते बाट बन्द भएको ईलाका प्रशासन कार्यालय सिँगटीमा पाँच दिनपछि पुनः काम सुचारु भएको छ ।

गत फागुन ३० गते बाट प्रशासन कार्यालय सिँगटीमा कार्यरत नायब सुब्बा सुनीलकुमार झाको करार अवधी सकिएर सदरमुकाम चरिकोट आएपछि दोलखाको सिँगटीम रहेको इलाका प्रशासन कार्यालय बन्द हुन पुगेको थियो । अब विगतमा इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुँदै आएको सेवा सुविधा स्थानीयले आजैदेखि सहजै रुपमा पाउने प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जनाकारी दिए । थापाका अनुसार सिमा प्रशासन कार्यालय लामावगरका शाखा अधिकृत बन्दना राईलाई गृहमन्त्रालयले एक हप्ताको लागि पठाए सँगै बन्द रहेको कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

शाखा अधिकृत राईले आफुलाई मन्त्रालयले नै एक हप्ताको लागि सिँगटी पठाएको र अब सेवा प्रवाह सुचारु गर्ने बताए । ईलाका प्रशासन कार्यालय सिँगटीले जिल्लाको विगु, गौरीशंकर र कालिञ्चोकका केही वडाका नागरिकलाई सेवा दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय तहमा सिसिटिभी जडान गरिने

img

अपराधिक र सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाको पाँच वटै गाउँपालिकामा सिसिटिभी जडान ...

गाउँपालिकाको स्तम्भ निर्माण

img

जिल्ला प्रशासन सुधार कार्ययोजना अन्तरगत स्तम्भ निर्माण कार्ययोजना २०७५ अन्तरगत स्तम्भ निर्माण ...

शैलुङमा जेष्ठ नागरिक परिचत्र वितरण

img

नेपाल सरकारले जेष्ठ नागरिकहरुका लागि वितरण गर्न शुरु गरेको जेष्ठ नागरिक परिचय ...

धरान उपमहानगरका मेयर सुब्बाको निधन

img

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा मंगलबार दिउसो निधन भएको छ ...

बिद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

img

दोलखाको मेलुङमा विद्यालय भवन बैंकलाई भाडामा दिई विद्यार्थीलाई टहरामा पढाउन थालेको छ ...

धनकुटामा एक दिने विपद् व्यवस्थापन तालिम

img

धनकुटामा एकदिने विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको धनकुटा नगरपालिका-१,को ...

पत्रपत्रिका

सबै