मंगलबार शेयरमा गिरावट, ३२ करोडको कारोबार

| काठमाडाैं

मंगलबार सेयर बजार १५.०५ अंकले घटेर १२५५.४७ अंकमा कायम भएको छ । होटल समूहमा बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूहमा घटेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको ९ लाख ६२ हजार ९ सय ५२ कित्ता सेयर कारोबार हुँदा ३२ करोड ८९ लाख १६ हजार चार सय ३९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको दुई करोड तथा एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र गोर्खाज फाइनान्स प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, एभरेष्ट बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको क्रमशः ९३ लाख ९४ हजार, ९३ लाख, ७४ लाख र ६९ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा २० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । स्वदेशी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.९२ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रिजेन्सी, विजय लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, सिद्धार्थ इक्विटी फण्ड, नेरुडे लघुवित्त, अपि पावर कम्पनी, सोल्टी होटल, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले छ तथा सिन्धु विकास बैंक, गुडविल फाइनान्स र अरुण भ्याली हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

सूर्योदय लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, पूर्णिमा विकास बैंक, नागरिक लगानी कोष, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा अनुबन्धित

img

सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी ...

गोलभेडाको टुटा नियन्त्रणका लागि ट्रयापको प्रयोग

img

कृषकले लगाएको गोलभेडामा देखा परेको टुटा नियन्त्रणका लागि टुटा ट्रयापको प्रयोग बढेको ...

गत्लाङका कृषि व्यवसायिक बन्दै

img

आलु चिप्स बनाउने मेसिन वितरण गरेसँगै रसुवा गत्लाङका कृषक व्यवसायिक बन्दै गएका ...

गोसाईकुण्डले पर्यटन प्रर्वद्धनतर्फ जोड दिदै

img

गोसाईकुण्ड गाउँपालिकाले आर्थिक आधार नै पर्यटक भएकोले पर्यटन प्रवद्र्धन तर्फ बढी जोड ...

नुवाकोटको आर्थिक गणना सम्पन्न

img

नुवाकोटमा गत वैशाख १ गतेबाट शुरु भएको आर्थिक गणना सम्पन्न भएको छ ...

बजेटमा, कृषि क्षेत्रमा साँधिएको सपना

img

अक्सर बजेटमा कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा स्वीकार गरिएको छ । कृषि ...

पत्रपत्रिका

सबै