लण्डनको फेसन वीकमा क्याट वाक गर्दै नेपाली मोडल

| बेलायत,लण्डन

मोडेल अनिता लिम्बू ७ बर्ष अघि परिवारसहित बेलायत पुगेकी उनी हाल स्विनडेन बस्दै आएकी छिन् । भर्खरै  बेलायतको सेन्ट्रल लन्डनमा सम्पन्न भएको लन्डन फेसन वीकमा नाम दिइएको शोमा लिम्बूले क्याट वाक गरेकी हुन् । लन्डन स्थित हिल्टन वाल्डरोफ होटलमा आयोजना गरिएको उक्त फेसन वीकमा मोडल लिम्बुले चर्चित चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवेमा उत्रेकी थिइन् भने  लन्डन स्थित डिजाइनरहरुले कार्यक्रमको आयोजना गरेका थिए ।

फेसन वीकमा लिम्बूसँगै अडिसन राउण्ड पार गरेर दुई दर्जन मोडलहरुले सहभागी जनाइएका थिए । यसअघि लन्डनको होटल क्लेटनमा आयोजना गरिएको ‘एसएम ग्लोबल क्याटवाक लन्डन फेसनवीकमा पनि लिम्बुले क्याट वाक गरिसकेकी छिन । उक्त शोमा अमेरिकीका चर्चित सेलिब्रेटी डिजाइनर जेफ गार्नरका डिजाइन समेत सहभागि भएका थिए।

मोडलिङमा सानैदेखि रुचि राख्ने लिम्बूको मोडलिङ यात्रा भने सन २०१६ बाट सुरु भएको हो । दुई बर्षको छोटो समयको अन्तरालमै बेलायत जस्तो देशको मोडलिङ क्षेत्रमा सहभागी जनाउन पाएकोमा आफू भाग्यमानी भएको समेत उनी बताउँछन् ।

गल्यामर क्षेत्रमा स्थापित लिम्बू सांगीतिक क्षेत्रमा समेत निरन्तर छिन् । उनी आफ्नै आवाजमा रहेको गीतमा अभिनय गरेका थिए भने नेपाल आउदा अन्य म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् ।  त्यसैगरी चर्चित गायक राजेश पायल राईको गीतको म्युजिक भिडियोमा समेत आफ्नो अभिनय रहेको र उक्त म्युजिक भिडियोको छायांकन बेलायतको चर्चित शहरहरुमा भैरहेको लिम्बूले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै