झूटो समाचार छिटो फैलिने

सन् २००६ र २०१७ बीच तीस लाख मानिसहरुको ट्वीटरमा गरिएको पोष्टको विश्लेषणले झूटो समाचार साँचोभन्दा छिटो फैलिने देखाएको छ ।

म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका सिनान एरल र सहकर्मीहरुले गरेको अनुसन्धानमा ट्वीटरका १२६००० ‘कथा’हरु पछ्याएको थियो । ट्वीटरमा गरिएको कुनै दावीलाई कथा मानिएको थियो  ।

 त्यसका लागि त्यो कुनै समाचार संस्थाको निश्चित समाचारनै हुनुपर्दैन थियो । ती दावीहरुको सत्यता छ वटा स्वतन्त्र सस्थाहरुद्धारा जाँच गरिएको थियो । यिनमा स्नोप्स, पोलिटिफ्याक्ट र फ्याक्टचेक जस्ता संस्था पनि थिए ।

“हामीले जे पायौं त्यो डर लाग्दो थियो”, एरलले भने, “झूटो समाचार साँचो समाचार भन्दा हरेक शीर्षकमा धेरै छिटो फैलिएको पाइयो ।”

सत्यपूर्ण ट्वीट ट्वीटरका १५०० मान्छेमाझ फैलिँदा झूटो समाचार छ गुणा बढीसम्म फैलियो ।   र, भाइरल हुने अधिकांश झूटा समाचार राजनैतिक प्रवृत्तिको पाइयो ।

पहिले ‘वोट’हरुको ठूलो सङ्ख्याले झूटो समाचार फैलाइरहेको विश्वास गरिए पनि गलत सूचना स्वचालित एकाउन्टले भन्दा पनि मानिसले फैलाएको  भेटियो । एरल र उनको सहकर्मीहरुले ‘वोट’का एकाउण्ट

भनेर चिनिएहरुको पनि ख्याल गरेका थिए । हुन त ‘वोट’हरुले झुटो समाचार फैलाए पनि तीनले साँचो समाचार पनि बराबर ‘शेयर’ गरेका पाइयो । 

मानिसहरुले गलत सूचना अनेक कारणले ‘शेयर’ गर्छन् तर तीब्र सम्बेदना प्रतिक्रियाले मानिसलाई झूटो समाचार फैलाउन प्रेरित गर्ने सम्भावना बढी रहेको अध्ययनले देखायो । 

“ती सबलाई जोड्नु भयो भने ठ्याक्कै शब्दकोशले दिने ‘आक्रोश’को परिभाषा पाउनुहुन्छ”, झूटो समाचारको अध्ययनमा संलग्न बन्गोर विश्वविद्यालयका भियन बकिर विश्वास गर्छन्, “झूटो समाचार ती भावना उत्पन्न गर्ने हिसाबमा लेखिएका हुन्छन् ।”

यसको अतिरिक्त ख्याल गरिनुपर्ने कुरा मानिसलाई निश्चित समाचार सामाग्री ‘शेयर’ गर्न प्रेरित गर्ने प्रेरणा हो । “केही मानिस समाचारको सही गलत हेर्दैन बरु यी कुरा तिनीहरु सम्पर्कमा रहेको साथीसगंतले सुन्न चाहने कुरा भएकाले शेयर गर्छन्”, बकिरले भने ।

प्रतिकृया दिनुहोस्

एक जोडीले नाङ्गै विवाह गरे तर सहभागीले थाहा पाएनन

img

नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई ...

जसलाई लाग्दैन भोक र तिर्खा

img

सन् २०१३ को अक्टोबर १४ का दिन बिहान जब लण्डन जोन्स नामका ...

पत्रपत्रिका

सबै