पर्यटकको आकर्षक बन्दै हिलेको तोङबा स्तम्भ

| धनकुटा

धनकुटा सदरमुकामबाट करिब १३ किलोमिटरको मोटरबाटो उकालो लागेपछि बल्ल आईपुग्छ हिले बजार । धनकुटा नगरपालिका वडा नम्वर १ मा पर्ने हिले कोशी राजमार्ग अन्तरगतको तेह्रथुम, भोजपुर संखुवासभा जाने सडकसँगै जोडिएको छ । यो धनकुटा जिल्लाको  रमणीय सुन्दर पर्यटकीय  व्यापारीक केन्द्र पनि हो । वर्षैभरि यहाँ पर्यटनको भीड लाग्ने गर्दछ । जहाँ चिसो मौसम, हावापानीसँग रमाउन पूर्वी तराई र अन्य जिल्लाहरु लगाएत भारतबाट हजारौ पर्यटकहरु घुम्न आउने गर्दछन् ।

यस ठाउँमा घुम्न आउने पर्यटकहरुलाई मनै लोभ्याउने मौसमसँगै सबैको मुखै रसाउने तोङ्बावार सुकुटी प्रशिद्ध छ ।

यस ठाउँमा घुम्न आउने पर्यटकहरुलाई मनै लोभ्याउने मौसमसँगै सबैको मुखै रसाउने तोङ्बावार सुकुटी प्रशिद्ध छ । हिलेको पर्यटकको आकर्षणको केन्द्रको रुपमा खडा छन् बसपार्ककैको तोङ्बाको स्तम्भ । यो २०६८ सालमा हिले बजारको पहिचनाको रुपमा स्थापना भएसँगै यसले ब्यावसायिक रुप लिएको हो । यस तोङ्बावारमा  आएर घुम्न आउने युवायुवतीदेखि बुढापाकासम्मका लागि सेल्फी नखिच्ने कमै होलान ।

यहाँका तामाङ, शेर्पाको घर, कोठामा त झनै तोङ्वाको भाँडामा चढाएर राखिने चलन नै रहेको छ ।  अहिले ब्यावसायिक रुपमा होटलहरुमा यिनै प्रख्यातसँगै पहिचान गहनाको रुपमा स्तम्भ स्थापना भएको छ । चिसो महिनामा तोङ्बा सबैको फेभरेट मानिन्छ । झन चिसो ठाउँमा त यो अति उपयोगी चीज नै हो । शरीरमा पानीको काम पनि गरेको हुन्छ । तोङ्बा हिलेको गहना पहिचानको रुपमा स्थापित भएको भन्दै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सबैले खाने गरेको र फोटो खिचेर  जाने  ब्यापारी तथा धनकुटा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष लालचन्द्र गोङवा तामाङ बताउँछन् । साथै उहाँको आफ्नो लगानीमा होटल र पाटर्नरमा कान्जिरोआ रेस्टुरेन्ट सञ्चालनमा छ । होटल र रेस्टुरेन्टमा दिनमा कम्तिमा ३० देखि ७० वटासम्म तोङवा बिक्री हुने र सोचेजस्तो कमाई पनि हुने गरेको उहाँले बताए ।

हिले बजारमा खपत हुने तोङवा त्यहीका स्थानीयको उत्पादन हो । तोङ्बाको ब्यावसायिकीकरणले कोदोको भाउसमेत बढेको स्थानीयको भनाई रहेको छ । यसले उनीहरुको आयस्रोतमा समेत सहयोग गरेको छ ।

सबैभन्दा बढी जाडो महिनामा बढी विक्री हुने गरेको त्यहाँका ब्यापारीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै