रोधिघरको बार्षिकोत्सव सम्पन्न

| ललितपुर

श्री शंखादेबी अनलाइन रोधिघर ज्याम्रुङद्वारा आयोजना गरिएको परिचयात्मक तथा भेटघाट कार्यक्रम हालैे गोदावरीमा सम्पन्न भएको छ ।

‘कला र गलाको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको उक्त कार्यक्रममा रोधिघरले आफ्नो प्रथम बार्षिकोत्सब पनि सम्पन्न गरेको छ  ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित ज्याम्रुङमा अबस्थित श्री शंखादेबी मन्दिरलाई नेपालभरी चिनाउने उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले स्थापित रोधिघरको कार्यक्रममा छुट्टै प्रकारको बिशेषता र मौलिकता पाइएको थियो ।  संस्थाका अध्यक्ष राजकुमार धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा श्री शंखादेबिको फोटोमा पुजाअर्चना र पानसमा बत्ती बालेर नौमती बाजाको मंगल धुन बजाएर शुरु गरिएको थियो ।

कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रम संचालक बलराम धमलाले श्री शंखादेबी माइको उत्पत्ति र हालसम्मको यथार्थताको बारेमा प्रष्ट पारिएको थियो ।

उक्त अबसरमा मौलिक लोक कला र संस्कृतिको जगेर्ना गर्ने श्री शंखादेबी पन्चेबाजा समूह, लामो समयदेखी लोक पप, अधुनिक गायन क्षेत्रमा सक्रिय सुलिन गौरबलाइ अतिथी गायकको रुपमा सम्मान गरिएको थियो । पाटन, मङ्गलबजारका स्थानीय गायक सुनिल गौरब डेढदशक देखि गायन क्षेत्रमा सक्रिय छन् ।

नबराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नब लोक गायक भक्त शाक्य, वसन्त घिमिरे ले आ(आफ्नो प्रस्तुती दिनुभएको थियो । सम्मानित सम्पुर्णलाई प्रमुख अतिथी नबराज धमलाले खादा ओढाएर प्रमाणपत्र बितरण गर्नुभएको थियो । रोधिघरका समुहको लोकदोहोरी प्रस्तुती विशेष रोचक थियो ।

प्रतिकृया दिनुहोस्

राप्ती नगरवासीले विकासको काम प्रभावकारी नभएको गुनासो गरे

img

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ले प्रथम चौमासिक सार्वजनिक सुनुवाइ बुधबार ...

दुवै मृगौला फेलको पतिले गरे सहयोगको याचना

img

सिन्धुपाल्चोक लिसंखुपाखर-१,खानी धादिङ निवासी सुर्य लाल तामाङका पत्नी सविना तामाङको दुबै मृगौलाले ...

सिरहामा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते

img

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा ...

रेडक्रसद्धारा खानेपानी आयोजना हस्तान्तरण

img

नेपाल रेडक्रस सोसाइटी रसुवाले कालिका गाउँपालिका वडा नंम्बर २स्थित वासिङ खोला थोक्रा ...

दोलखामा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ 

img

बिगत ९ वर्षदेखि ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ३६ वर्षीय मनोजकुमार ...

दुप्चेश्वरी आधारभूत विद्यालय भवनको उद्घाटन

img

२०७२ सालको भूकम्पले ध्वस्त भएको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ पाटिखर्कमा रहेको ...

पत्रपत्रिका

सबै