सागरनाथमा पाँचदिने बृहत ल्होछार सुरु

| सर्लाही

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथमा पाँचदिने बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सुरु भएको छ ।

सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको सहयोगार्थमा नेपाल तामाङ घेदुङ ईश्वरपुर नगर कमिटीको आयोजना फागुन १० गते बिहीबारबाट पाँचदिने ल्होछार कार्यक्रम सुरु भएको हो।

बिहीबार औपचारिक कार्यक्रम गरि ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाको प्रमुख आतिथ्यतामा शान्तिको दिप प्रज्वलन गरी उद्घाटन गरिएको हो। विशिष्ट अतिथिमा नगरपालिकाकी उपमेयर एकावती चौधरी,र नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य अर्जुन योञ्जन,अतिथिहरुमा नगरपालिकाका १५ वडाहरुका वडाध्यक्ष,तामाङ घेदुङका जिल्लाका अध्यक्ष हिराकाजी योञ्जन, जयमान पाख्रिन,प्रमुख सल्लाहकार तथा समाजसेवी गंगालाल थिङ,सदस्य इन्द्र बल,तामाङ गुम्बाका अध्यक्ष तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका पुर्व अध्यक्ष हिराकाजी योञ्जन घेदुङ हरिवन नगर कमिटीका अध्यक्ष शशि बल तामाङ, सचिव तथा तामाङ सञ्चार समूह सर्लाहीका अध्यक्ष राजु लो तामाङ र पेमा छ्योइलिङ गुम्बाका अध्यक्ष शुभलाल बोम्जनको रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि देवकोटाले तराईमा रहेका तामाङहरुले बिर्सिदै गई रहेका भाषा, धर्म, संस्कार,संस्कृतिलाई जोगाइ राख्न यस्तो कार्यक्रमले ठुलो भुमिका खेल्छ भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए । मेयरले तामाङ लगायत सबै जातजातिका पहिचानका लागि आवश्याक सहयोग गर्न सधै नगरपालिका साथमा रहेका समेत जोड्दै सागरनाथलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले गुरु योजना बनाई सकेका समेत प्रस्ट्याएका थिए ।

कार्यक्रममा इश्वरपुरका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए। फागुन १० गते देखि सुरु भएको कार्यक्रम १५ गते सम्म चल्ने कार्यक्रमका संयोजक सुनिल मोक्तानले जानकारी दिए,'भने दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकार लगायत स्थानीय कलाकारको प्रस्तुति हेर्न सकिने र विभिन्न प्रकारका मनोरञ्जन खेलहरु खेल्न सकिने समेत बताएका छन् ।

घेदुङका नगर कमिटीका अध्यक्ष जनकलाल स्याङबाको अध्यक्षतामा भएको कार्यक्रमलाई रुपेश थिङले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी पूरा, मन्त्रीले उद्घाटन गर्ने

img

अन्तर्राष्ट्रिय तामाङ परिषदले मंसिर २८ गतेदेखि पुस १ गतेसम्म हुने चौथो तामाङ ...

गायक शेर्पालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

img

‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक ...

अन्तर्राष्ट्रिय तामाङ सम्मेलन मिरिकमा, प्रगतिशील नेतृत्वको खोजी

img

अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी हुने चौथो महाधिवेशन बारेमा विहीबार पत्रकार सम्मेलन गरी ...

प्नदेश नामाकरणको लागि नेवाः ताम्सालिङको प्रदर्शन

img

नेवाः ताम्सालिङ समन्वय समितिले हेटौडामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गर्ने भएको छ । समितिले ...

मनहरीमा घेदुङको शाखा विस्तार

img

स्थानीय तहमा नेपाल तामाङ घेदुङको शाखा विस्तार क्रममा मनहरी गाउँपालिकामा आइतबार शाखा ...

तामाङ घेदुङ गाउँपालिका स्तरीय कार्यसमिति गठन

img

जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुञ्चेमा नेपाल तामाङ घेदुङको नयाँ कार्यसमिति ...

पत्रपत्रिका

सबै