पुर्णिमाको हिरोज चैत २३ बाट प्रदर्शनमा

नेपाली कथानक चलचित्र ‘हिरोज’ चैत्र २३ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । लक्ष्मी लामा (पुर्णिमा लामा) को प्रस्तुति रहेको चलचित्र जयलक्ष्मी फिल्मसको ब्यानरमा निर्मान भएको हो।

एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा, पुर्णिमा लामा, मुकेश ढकाल, जयकिसान बस्नेत, दिलकृष्ण श्रेष्ठ,  सहिन प्रजापति, दिनेश डिसी, शेखर लामा र संजोग राणा मुख्य भुमिकामा देख्न सकिनेछ ।

राजनीतिक विकृति, महिला हिंसा, बेरोजगारी विषयलाई समेटिएको चलचित्रलाई शिब ढकाल र रामशरण उप्रेतीले छाँयाङ्कन गरेका छन् । कमल राई, कविराज गहतराज र रामजी लामीछानेको नृत्य निर्देशन रहेको चलचित्रमा द्वन्द निर्देशन भने शंकर महर्जनको रहेको छ।

युवराज लामा निर्माता रहेको "हिरोज" नयाँ वर्षलाई लक्षित गरी रीलिज गर्न लागिएको निर्माण पक्षले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

‘कालो शहर’ फस्ट लुक 

img

माता सुर्मादेवी प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘कालो शहर’ देशव्यापी रुपमा ...

चलचित्र ‘गोपी’को पोस्टर रिलिज

img

विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म ‘गोपी’को पोस्टर बुधबार रिलिज भएको छ ...

`कलकते काइयो´ गायक अविनाशको सेलो र्‍याप

img

चर्चित गीत `कलकते काइयो´का गायक अभिनाश घिसिङले नयाँ सांगीतिक कोसेली स्वरुप सेलो ...

टेक तामाङको `नजिक यति.....´ लोकप्रियताको शिखरतर्फ

img

गहन प्रणय भावमा लेखिएको र सुमधुर सुगम संगीतको शैलीमा संगीतवद्ध भएर केही ...

किन रुदैं थिइन् नायिका कसिस ?

img

मिशन मधेशकी नायिका कसिस दाहाल लहान ९ मा रुदै थिइन् । उनलाई ...

रग्बीले रंगाए टुँडिखेल (तस्विर)

img

नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल ...

पत्रपत्रिका

सबै