कलाकारहरुको भ्यालेन्टाइन डे, कसको कहाँ ?

| काठमाडाैं

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ, जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

नेपालसहित विश्वभर भोली फागुन २ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ ।  विशेष गरी युवायुवतीलगायत विभिन्न कलाकारहरुले पनि यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । तामाङ समुदायका नायिका, मोडल तथा संगीतकारहरुले यसरी मनाउँदै छ भ्यालेन्टाइन डे ।

नायिका पूर्णिमा लामा

ब्याइफ्रेण्ड पनि छैन । त्यसैले ब्यस्तता त्यस्तै छ । साथीभाईसँग रमाइलो गर्ने योजना रहेको छ । मिस लिटिलको कार्यक्रममा जर्जको भूमिकामा जाने योजना छ ।

गायिका देशु गोले

भोजपुरका गायिका गोले भ्यालेन्टाइन डे युकेमा रहेका श्रीमानसँगै मनाउने तयारी रहेको छ । श्रीमानसँगै रेष्टुरेण्टमा जाने मिठोमिठो खानेसँगै मायाको चिनो, मनको मिठो माया साट्ने योजना रहेको बताइन्  ।  

गायक तथा संगीतकार रोशन फ्युवा

गायक तथा संगीतकार फ्युबाले भ्यालेन्टाइन डे लाई मिसन बनाएर नयाँ गीत युट्युबमा रिलिज गर्ने तयार भएको बताए । साथसाथै साथीभाई भेटघाट गरी यो दिवस मनाउने तयारी रहेको बताए ।

नायिका सुष्मा थिङ तामाङ

भर्खरै तामाङ चलचित्रमा डेब्यु गरेकी नायिका थिङ कामको ब्यस्तताले गर्दा भ्यालेन्टाइन डे मनाउनेमा फुर्सद नै नभएको बताइन् । उनी अहिले फिल्मको सुटिङमा काठमाडौं बाहिर ब्यस्त छिन् ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै