मोटोपन भद्दा नभई सौन्दर्यको अर्को रुप हो - मोडल सिर्जना महत

| काठमाडाैं

नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l भर्खरै मात्र सम्पन्न भएको सुपर प्लस साइज मोडल २०१८मा सेकेण्ड रनरअप मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुदै मोडलिङमा प्रवेश गरेकी मोडल हुन

काठमाडौँको स्थायी बासिन्दा महत पेशाले नर्स हुन् भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोन) नर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिनआफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरा गर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दी बडीका रूपमा बुझ्नुपर्ने बताउछिन l मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ

सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनरअपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना  मोटोपन कमजोरी नभएर यो सौन्दर्यकै अर्को पाटो भएको दाबी गर्छिन् शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत

आफूमा विश्वास दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्नछेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणा बाड्न चाहने उनि नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालहरुलाई मात्र थाहा भएको विषय हो तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचारप्रसार प्रबर्धनमा प्रयोग गरेको पाइन्छ चलचित्र, म्युजिक भिडियोमा समेत प्रसस्तै देख्न सकिन्छ। त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवायुवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुदै गएको पाइन्छ l

सिर्जना भन्छिन अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समयनुरूप परिवर्तन हुँदै गएको पाइन्छ कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन मोडलिङको प्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको अब फिट हेल्दी शारीरिक सौन्दर्यले प्राथमिकता पाउँदै गएको भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकारप्रकारमा आउँछ यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दा मान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको

सपिङ तथा फोटोग्राफी मन पराउने उनि नयाँयाँ ठाउँ भ्रमण गर्न रुचि राख्छिन l चलचित्र, म्युजिक भिडियो खेल्ने तथा सिने क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै योजना नभएको बताउने उनि फोटोसुट गर्न भने मन पर्ने बताउँछिनसधै हाँसेर बोल्ने मिठो मुस्कान, सुन्दर मुहार बौद्दिक क्षमता भएकी प्रतिभावान मोडल सिर्जना महत आफ्नो मोडलिङलार्इ समाजसेवा मार्फत समाजमा सकारात्मक सोचहरु फैलाउन चाहन्छिन l

प्रतिकृया दिनुहोस्

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

आज देव अवतरण महोत्सव (ल्हाबब दुछेन)

img

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि ...

करातेको उन्नयनमा सरिता

img

नेपाली खेलक्षेत्रमा आफ्नो कलाकौशल प्रस्तुत गरिरहेकी छन् सरिता सापकोटा । महिला भएर ...

पत्रपत्रिका

सबै