शैलुङ रिगसुम गोन्पो सेवा समाज

| काठमाडौं

१. परिचय

शैलुङ रिगसुम गोन्पो सेवा समाज गैरनाफामूलक सामाजिक संस्था हो । बौद्ध दर्शन, परम्परा र बौद्ध शिक्षाको प्रवद्र्धन गर्दै धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्थल र सम्पदाहरुको पहिचान गरी त्यसको निर्माण/पुनर्निर्माण, संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्यले वि.स. २०७१ सालमा यस संस्थाको स्थापना भएको हो । संस्थाले दोलखा र रामेछाप जिल्लाको सिमानामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल शैलुङ डाँडामा शैलुङ ज्याङछ्युप छ्योर्तेन (बोधिचैत्य) निर्माणबाट आफ्नो कार्य थालनी गरेको छ । यो महान पुण्य कार्यमा सम्पूर्ण बौद्धजनहरुको साथ सहयोग र सहभागिताको सेवा समाज अपेक्षा गर्दछ ।

 

२. संस्थाको उदेश्यहरु

  •  बाैद्ध दर्शन, परम्परा र बौद्ध शिक्षाको प्रवद्र्धन, संरक्षण तथा सम्वद्र्धन गर्ने ।
  • धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्थल र सम्पदाहरुको पहिचान गरी त्यसको निर्माण/पुनर्निर्माण, संरक्षण तथा सम्वद्र्धन गर्ने ।
  • धार्मिक पर्यटनको विकास तथा प्रवद्र्धन गरी आय आर्जनमा वृद्धि गर्ने ।
  •  बौद्ध आध्यात्मिक दर्शनको माध्यमबाट प्रकृति र पर्यावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने ।
  • विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी सामाजिक विकासको कार्यहरु सञ्चालन गर्ने ।

३. कार्यसमिति

 

सम्पर्क

शैलुङ रिगसुम गोन्पो सेवा समाज

बौद्ध– ६, काठमाडौं

फोन : ०१–४४७७८४५

इमेल : sailungrigsum@gmail.com

 

४. कार्यक्रम/परियोजना

(क) शैलुङ ज्याङछ्युब छ्योर्तेन निर्माण आयोजना

शैलुङ क्षेत्रको एकीकृत विकासका लागि धार्मिक पर्यटनको माध्यमबाट योगदान पुर्याउने उदेश्यले शैलुङ ज्याङछ्युब छ्योर्तेन (बोधीचैत्य) निर्माण परियोजना अघि सारिएको हो । शैलुङ रिगसुम गोन्पो सेवा समाजका संरक्षक श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिन्पोछेज्यू २०७० सालमा शैलुङ भ्रमणमा जानुहुँदा उहाँले यस क्षेत्रको महत्वलाई बोध गर्नुभई एउटा चैत्यको आवश्यकता महशुस गर्नु भयो । गुरु नाम्गेल रिन्पोछेज्यूको सदिक्षा र दोलखा–रामेछाप जिल्लाका स्थानीयवासीहरुको पहलकदमीमा स्थानीय स्रोत र साधन परिचालन गरी छ्योर्तेन निर्माणको परियोजना प्रारम्भ गरिएको हो ।  छ्योर्तेनको २०७२ चैत्र २० मा गुरुकै बाहुलीबाट शिलान्यास सम्पन्न भई हाल छ्योर्तेन निर्माण कार्य जारी रहेको छ ।

(ख) ज्याङछ्युब छ्यार्तेनको महत्व बारे रिन्पोछेको भनाई

स्वयम् भगवान बुद्धले आफ्नो महापरिनिर्वाण पश्चात आफ्नो अस्थिधातु राखी स्तुप निर्माण गर्न भनी सारिपुत्र तथा उपाशक उपाशिकालाई आदेश दिएका थिए । फलस्वरुप तथागत बुद्ध महापरिनिर्वाण हुनुभएपछि आठ राज्यमा तथागत बुद्धको अस्थिधातु बिभाजन गरी आठवटा चैत्य निर्माण भएको थियो । तत्पश्चात चैत्य निर्माणले गति पाएको देखिन्छ । यी आठ अष्ठचैत्यहरुमध्ये ज्याङछ्युब छ्योर्तेन (सम्वोधी चैत्य) सबैभन्दा महत्वपूर्ण चैत्य हो । बोधगयामा भगवान शाक्यमुनि बुद्धले सम्यक् सम्बोधि लाभ गरेको स्मरणमा मगध नरेश बिम्विसारले पहिलो पटक यस प्रकारको चैत्य निर्माण गर्नु भएको इतिहास रहेको छ ।

‘बोधि’को अर्थ बुद्ध ज्ञान र ‘चैत्य’को अर्थ चित्त अर्थात् बुद्ध चित्तको प्रतिक रुपलाई लिन सकिन्छ । यसको निर्माण गरी प्राणप्रतिष्ठा (राब्ने) भएपछि यस भेग लगायत चारैतिर सुख, शान्ति र समृद्धि छाउने भएकोले यस चैत्यको निर्माण शुरु भएको हो । यस्तो पुण्य कार्यमा सहभागि हुनुभएमा यस लोकका साथै परलोक दुवैमा सम्पूर्ण मित्र सुख प्राप्त हुने र अन्ततः मोक्षमार्गमा पुग्न सकिने कुरा प्रमाणिक बुद्धबचन, सुत्र र तन्त्रमा समेत उल्लेख छ । चैत्यको प्राण प्रतिष्ठा पश्चात दर्शन गर्नाले, नाम मात्र सुन्नाले, स्मरण गर्नाले, शरिरले स्पर्श गर्नाले साथै पवित्र चैत्य रहेको स्थानको हावाको स्पर्षले मात्र पनि समस्त सत्वप्राणीहरु दुर्गति (नर्क, प्रेत र पशु) को जन्मबाट मुक्त हुने बौद्ध सुत्र र तन्त्रमा उल्लेख छ । यसर्थ यस्तो महत्वपूर्ण पुण्य कार्यमा यहाँहरुको सबै प्रकारको सहयोग प्रार्थनीय छ ।

प्रतिकृया दिनुहोस्

सहयोग तथा सम्मान

शैलुङ ज्याङछ्युप छ्योर्तेन निर्माणका सहयोगदाताहरु क्र.सं. नाम ठेगाना सम्पर्क सहयाेग रकम १ श्रदेय टुल्कु लाेसाङ नाम्गेल रिम्पाेछे बाैद्ध–, काठमाडाै.   ४,००,००० २ नाम्ग्याल रिम्पाेछे फाउण्डेसन नेपाल बाैद्ध–, काठमाडाै. ४४७७८४५ ३,८३,००० ३ सेरप शेर्पा  डडुवा, ७ रामेछाप  ९८४१२८४०५६ २,२५,००० ४ कर्म याङ्गेल लामा  फस्कु ५ दाेलखा  ९८४१७८६४३६ २,००,००० ५ बिरमान लामा (फ्याफुल्ला निर्माण सेवा) ठूलाेपाखार सिपा. ९८५१०६३४१४ २,००,००० ६ उर्गेन शेर्पा डडुवा ७ रामेछाप ९८४७२६७५४४ १,५०,००० ७ बिनाेद ...

गतिविधि

सैलुङ रिगसुमको बार्षिकोत्सव सम्पन्न शैलुङ ज्याङछ्युव छ्योर्तेनको जानकारी सैलुङअनलाइमा  झ्याङछुव छयोर्तेन निर्माणका लागि प्रवासबाट ७२ हजार सहयोग शैलुङमा निर्माणाधीन छ्योर्तेनलाई कल्याण गुठीको सहयोग शैलुङमा निर्माणाधिन छ्योर्तेनको लागि दोरम्बाले १५ लाख बजेट विनियोजित दावा छिरिङले गरे ...

पत्रपत्रिका

सबै