‘गीतसङ्गीत मनोरञ्जन मात्र होइन’ : शर्मिला थिङ

कलाक्षेत्रको उर्वर भूमिको रुपमा परिचित काभ्रेको साविक गाविस देवीटार– ९ र हाल धुलिखेल नगरपालिका– १ मा बुबा प्रेमबहादुर थिङ र आमा माइली तामाङको कोखबाट वि.सं. २०५० सालमा जन्मिएकी शर्मिला थिङ गायिकाको रुपमा आफूलाई चिनाउँदै छिन् । अध्ययनसँगै गीतसङ्गीतमा लागेकी थिङ सानै उमेरदेखि गीतसङ्गीतमा रुची राख्थिन् । थिङले हालै ‘क्यार्सेला चिते नाम्साग्याम’ बोलको गीत र सोको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

ध्यमवर्गिय परिवारमा जन्मिएका थिङको कलाकारिता क्षेत्रको यात्रा एक वर्ष अघिदेखि शुरु भएको हो । सेतीदेवी माध्यामिक विद्यालयबाट २०६७ सालमा एसएलसी उतिर्ण गरी काभ्रे बहुमुखी क्याम्पसमा अध्ययन गरेकी उनले अध्ययनसँगै आफ्नो कलाकारितालाई अघि बढाउँदै छिन् । रेडियो जक्कीको रुपमा समेत सक्रिय रहेकी थिङले विगत दुई वर्षदेखि जिल्लाकै रेडियो सेफर्ड ८८.४ मा कार्यक्रम संचालिकाको भूमिकामा छिन् । उनी तामाङ भाषाको कार्यक्रम ‘सेम्ला काइरान’ र नेपाली भाषाको ‘सेफर्ड आवर’ कार्यक्रम मार्फत् हजारौं श्रोताहरुको मन मुटुमा बस्न सफल छिन् । कलाकारिताको सुरुवाति दिन विभिन्न दुःख, कष्ट र संघर्षमै बितेको बताउँने उनको पहिलो गीत रेकर्डिङ असफल भएको र दोस्रो पटकको प्रयास भने सफल भएको बताईन् । स्वास्थ्य विषयमा सिएमए समेत उत्तीर्ण उनले बिरामीहरुको सेवा गर्ने उद्धेश्यले गाउँमै मेडिकल पनि सञ्चालन गरिरहेकी छिन् ।

गीतसङ्गीत मनोरञ्जन मात्र होइन

कताकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती, विकृतिलगायत विविध विषयमा भएको कुराकानीको क्रममा उनीले भने, ‘गतिसङ्गीतले मनोरञ्जन मात्रै होईन आनन्द पनि तुल्याउँछ । मेरो सौखको विषय हो कलाकारिता । रेडियोमा अरुको गीत सुन्दा मलाई पनि गीत गाउन पाए हुन्थ्यो । मेरो पनि नाम कलाकारितामा जोडिए हुन्थ्यो भन्ने लाग्थ्योे ।  कलाकारिता क्षेत्रमा लाग्नु मेरो सानैदेखि रुची नै भन्दा हुन्छ । गीतसङ्गीतले मान्छेलाई मनोरञ्जन मात्रै होईन आनन्द पनि तुल्याउँछ । निकै नै खुशी लागेको छ । गीतसङ्गीतमा आफूलाई पनि चिनाउन पाएको छु । अझै राम्रा राम्रा गीतहरु गाउने रहर छ यो मेरोे आफ्नै प्रस्तुतीमा आफैले गाएको गीत हो । त्यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरेको छु ।’ 

मायालुसँग तीन वर्षपछि भेट 

पुरानो दुई प्रेमीप्रेमीका बीच जात्रामा भेट हुँदा मायाँ पिरतीकै गीतमा समाबेस गरिएको छ, ‘केर्सेला चित्ते नाम्सा... ’ (उताको चित्ते गाउँमा) । सेलो भाकाको यो गीतको भिमिडयो हालै सार्वजनिक भएको छ । गीत र भिडियोमा छुटेको आफ्नो मायालुसँग तीन वर्षपछि भेट भएको दृश्य समेटिएको छ । यसै साता अन्जना क्रिएसनले सार्वजनिक गरेको भिडियोमा राज तामाङ र आयिसा वाइबाले अभिनय गरेका छन् । वाङ्छु राज वाइबाको शब्दमा रहेको गीतलाई संगीत बैरागी मोक्तानले भरेका छन् भने स्वर गायिका म शर्मिला थिङले दिएका छन् । अमिर दोङले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन विक्रम मोक्तानले गरेको छ । पहिलो पटकको गीत बजारमा आउन नसके पनि गीतसङ्गीतमा रुचि रहेको मेरो यो भिडियो सोचे जस्तो बनेको छ । गीत तथा भिडियो मायाप्रिती गाँस्ने युवायुवतीहरुको भावनालाई मध्यनजर गरी तयार गरिएको हो । म साथी संगी र आफन्तको प्रेरणाले गर्दा म यो क्षेत्रमा प्रवेश गरेको हुँ ।

गीतसंङ्गीत स्वास्थ्यका लागि फाइदा 

‘म सिएमए अध्ययन गरी स्वास्थ क्षेत्रमा लागिरहेको मान्छेले गीत पनि गाएँ ।’ कुराकानीको क्रममा उनले भनिन्, ‘मान्छेले आट्यो भने नहुने र गर्न नसकीने काम केही छैन । मान्छेमा सबभन्दा चाहिने भनेको इच्छा शक्ति हो । गीतसङ्गीतले पनि स्वास्थ्यको लागि फाइदा गर्ने भएको कारणले गर्दा पनि यो क्षेत्रमा लागेँ ।’ 

नर्स बन्ने सपना अधुरै
जिन्दगीमा हरेक मान्छेका हरेक खालका सोचविचारहरु आउँछन् । ममा पनि नआएको होइन । भनाई नै छ ‘देखेको पुरा हुँदैन लेखेको मात्रै पुरा हुन्छ’ । मेरो जीवनमा पनि यो भनाई सत्य सावित भयो । मेरा इच्छा र चाहना सफल नर्स बनेर बिरामीको सेवा गर्ने थियो तर त्यो मेरा सपना अधुरै रह्यो । खर्च गरेर सिएमए पढेँ, सोचे जस्तो गर्न सकिएन । तर, अझै हरेस भने खाएको छैन । मेरा ती सपना एक दिन अवश्य पुरा हुने छ भन्नेमा म ढुक्क छु ।

संघर्ष र धैर्य गर्न सक्नु पर्छ

प्रकृतिले मानिसलाई सबै चिज दिएको हुन्छ । क्षमता अनि प्रतिभा अनि सबै सबै । यो मान्छेका लागि प्राकृतिक उपहार हो । यसलाई निखार्न अभ्यार र निरन्तरता जरुरी हुन्छ । म आफू कहिले पनि हार्दिन जो कसैले हार्नु हुन्न । सफलताको लागि संघर्ष गर्न सक्नु पर्छ । आफ्नो अठोटमा टिकीरहन सक्नु पर्छ । यसो भएमा एक दिन आफ्नो सपना पनि पुरा गर्न सकिन्छ । जिन्दगी संघर्ष हो । संघर्ष बिना हरेक कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिदैन । हरेस खानु हुँदैन संघर्ष र धैर्य गर्न सिक्नुपर्छ र गर्न आवश्यक छ  । 

समाजलाई परिवर्तनको माध्याम

गीतसङ्गीत मनोरन्जनको माध्यम हो । अर्काेतिर गीतसङ्गीतको माध्यमबाट समाजलाई परिवर्तनको दिशामा अघि बढाउन सकिन्छ । समाजका हरेक प्रकारका घटनाहरुलाई यसैको माध्यम मार्फत् जनता सामु पु¥याउने काम पनि गर्न सकिन्छ । कलाकारिता क्षेत्र एउटा यस्तो कुरा हो हरेक प्रकारको व्यक्तिले आ–आफनो ढंगले हेर्न सकिने र अध्ययन गर्न सकिने मनोरञ्जनको साथै धेरै शिक्षा पनि लिन सकिन्छ ।

कुरा काट्ने ठाँउ दिनु हुँदैन

सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । आफूले सही दिशामा सही पाइला चाल्नु पर्छ । समाजमा सकारात्मक सन्देश फैलिने खालको गीतसङ्गीतलाई अङगाल्नु पर्छ । अरुले कुरा काट्ने ठाँउ दिनु हुँदैन । खासै अभिनय गरेको छैन मैले गाउँने मात्रै हो ।

बिहे गर्ने बेला भैसकेछ 

‘तिमी आँट म पुर्याउछु’ भन्ने उखान जस्तै आफू सहि मन्ले आँट लिएर अघि बड्नु पर्छ अवस्य पनि जुन सुकै क्षेत्रमा रहन सकिन्छ । चुनौतीहरु अवश्य हुन्छन् । मन्छेहरु त यो त पागल भएछ भन्नेदेखि लिएर बिहे गर्ने बेला भैसकेछ भन्नेहरु पनि हुन्छन् । अरु पनि धेरै समस्याहरु आउँछन् । अर्काे कुरा कलाकार बन्नका लागि ठूलो चुनौती र समस्या भनेकै आफूमा कलाकारीता देखाउने क्षमता छ कि छैन ? क्षमता भएका धेरै व्यक्तिहरु पनि अवसर नपाएर पछि पर्नु पर्ने अवस्था छ । त्यसैले कला मात्रै भएर हुँदैन उसँग पैसा छैन भने ती चुनौतीहरु पार गर्न धेरै गाह्रो हुन्छ । जहिलेसम्म कलाको महत्व बुझ्दैनन् त्यसबेलासम्म यस्ता समस्याहरु आइरहन्छन् । 

समाज र आफ्नै स्वरदेखि डर

एउटा सफल कलाकार बनेर देखाउँछु भन्ने सोचले म कलाकारिता क्षेत्रमा लागेको हो । अहिलेसम्म आइपुग्दा केही हदसम्म यो सोच पुरा भएको जस्तो पनि लाग्छ ।  हुन म त भर्खर सुरुवात हो । कतै आफ्नो शब्द समाजमा नसुवाउने पो हुन्छ कि अनि स्वर त आफ्नो क्षमता अनुसारको हो कतै नमिल्ने पो छ कि भन्ने डर हुन्छ ।

प्रेम प्रस्ताव आए स्वीकार्छु

यो क्षेत्रमा प्रेम प्रस्ताव गर्नेहरु थुप्रै हुन्छन् । गीत गाउनेदेखि लिएर स्रोत फ्यानहरुसम्म हुन्छन् । बैरागी मोक्तानले त बिहे नै गरौ भन्ने प्रस्ताव पनि गर्नु भयो । आयो भने स्वीकार्छु तर गितमा मात्रै । तर मान्छेहरुले सेक्स प्रस्ताव पनि आउँछ भन्छन् तर मलाई चाहिँ अहिलेसम्म यस्तो प्रस्ताव आएको छैन नआओस् पनि ।

सोच र विचारमा फरक फरक

कुनै पनि क्षेत्रमा राम्रा मान्छे मात्र हुदैन नराम्रा पनि हुन्छन् । कलाकारीता क्षेत्रमा पनि त्यही हो । हरेक मान्छेको सोच र विचारमा फरक फरक हुने नै भए, देखिएको पनि छ । कलाकरीता क्षेत्रमा पनि विकृतिहरु नभएको होइन । मैले अहिलेसम्म भोग्नु परेको छैन सुनेको चाहि छु । तर, धेरै राम्रा मान्छेहरु पनि छन् । अब हामी कलाकारले म राम्रो छ अरु नराम्रो छ भन्न मिल्दैन । यसलाई छान्ने काम दर्शक र स्रोतहरुको हो । विकृति र विसंगतीहरु छन् भने त्यसलाई सुधार्नु पर्यो । सच्याउने अवसर पनि दिन जरुरी छ । कलाकारीता क्षेत्रलाई हरेक मान्छेको सोच, विचार र मूल्याङकन गर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो ।

भविष्य क्षमता र संघर्षमा भर 

अहिलेको अवस्था हेर्ने हो भने कलाकारको लागि कुनै नीति नियम नभएको हुनाले यो क्षेत्रमै भविष्य छ जस्तो लाग्दैन । कलाकारको पनि क्षमता विकासमा भर पर्ने कुरा हो । कि बोल्नेको बिग्छ कि क्षमताले बिग्छ भनेझै संर्घष गर्नुपर्छ जस्तो लाग्छ । निराशा हुनु हुँदैन जिन्दगी संघर्षमय बिताउन सक्नु पर्छ । गीत रेकर्डिङ गरेर डिजिटलको जमनामा चल्नै गाह्रो हुन्छ । चलाउनलाई धेरै कठिनाई छ । 
(प्रस्तुती : राजकुमार गोले तामाङ/काभ्रे)

प्रतिकृया दिनुहोस्

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

आज देव अवतरण महोत्सव (ल्हाबब दुछेन)

img

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि ...

करातेको उन्नयनमा सरिता

img

नेपाली खेलक्षेत्रमा आफ्नो कलाकौशल प्रस्तुत गरिरहेकी छन् सरिता सापकोटा । महिला भएर ...

पत्रपत्रिका

सबै