टुँडिखेलमा तमु ल्होछारको राैनकता (फोटोफिचर)

काठमाडौं । गुरुङ समुदायले शनिबार पुरानो चरा बर्षलार्इ बिदार्इ गरी कुकुर बर्ष (खि) ल्होलार्इ स्वागत गरेका छन् ।  

‘तमु ल्होसार’को अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। यहाँ गुरुङ समुदायको संस्कृति, विभिन्न परिकार लगायत सांस्कृतिक कार्यक्रमको प्रस्तुति भइरहेको छ।

गुरुङ समुदायले गाउँ हुँदै सहर र सहर हुँदै विदेशसम्म धुमधामसाथ तमु ल्होसार मनाउँदै गर्दा यसका सामाजिक, धार्मिक, सांस्कृतिक, वैज्ञानिक महत्त्व अनुरुप आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नुपर्छ र यसमा सबै गुरुङहरूलाई एकै सूत्रमा बाँध्न सक्नुपर्छ ।

गुरुङ समाजका अध्यक्ष रेशम गुरुङका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा पनि ल्होसारको उल्लास छ। यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष शनिबार नै यो उत्सव परेको छ। 

सबैलाई खि ल्होसारको आशिमला  !

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै