पढेर कलाकार बन्ने दृष्टिविहिन दाजुभाइको सपना

तस्बिर: तारादेवी/सैलुङअनलाइन

दोलखा । तामाकोशी गाउँपालिकाका १ भीरकोटाका दृष्टिविहिन दाजुभाइको एउटै सपना पढे्र कलाकार बन्ने । यहाँको माझी बस्तीमा जन्मदै दृष्टिविहिन जन्मेका ११ बर्षीय सुरेन्द्र माझि र ९ बर्षीय राजेन्द्र माझिको सपना हो यो ।  सुरेन्द्र र राजेन्द्र यो गाउँपालिकाको शंकर माझीको दुई छोरा हो ।

विगत ४ वर्षदेखि सदरमुकाम चरीकोटमा रहेको कालिञ्चोक छात्रावासमा  सुरेन्द्र कक्षा ३ र भाइ राजेन्द्र कक्षा १ मा पढिरहेका छन्  । उनीहरु दुवै जनाको एउटै सपना छ, पढेर कलाकार बन्ने । `पढेर के बन्ने´ भनेर सोधेको मेरो प्रश्नमा  सुरेन्द्रले भने -`हाँस्यकलाकार बनेर सबैलाई हसाउँने´ र राजेन्द्रले भने-`म गायक बनेर गीत गाउँने ।´

आर्थिक अवस्था कमजोर भएको माझी परिवारमा जन्मिएका  यी  दुबै दाजुभाइको पढाई राम्रो रहेको कालिञ्चोक छात्रावासका दृष्टिविहिन शिक्षिका एनीमाया भट्टराईले बताइन् । उनले भने -`पढाइ राम्रो छ, दुवै जनाले राम्रो शिक्षा हासिल गर्छन् ।´ 

पढ्न र खानाको व्यवस्था छात्रावासले नै गरी दिए पनि विरामी हुँदा औषधी उपाचार र छात्रावासमा बस्ने कपडा भने परिवारले व्यवस्था गर्नुपर्छ तर उनीहरुको परिवार यो सबै व्यवस्था गर्न सक्दैन्  । उनीहरुको परिवारको मुख्य पेशा भने कै माछा मार्ने हो । बुबा शंकर माझीले भक्कानिदै भने -`माछा मारेर र खेतीपातीबाट करिब ६ महिना पनि मुस्किलले खाना पुग्छ ।´ माझीका परिवारमा ५ जना छोराछोरी छन् । ३ जना छोराछोरी सामान्य रहेको उनीहरु अहिले गाउँकै विद्यालयमा पढिरहेका छन् ।  

 

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै