मुहार फेर्दै भुकम्पले थलिएकी शारदा

काभ्रे । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि आईरहेका पराकम्पनका कारण पुर्ण रूपले खण्डहर बनेको काभ्रे जिल्लाकै ऐतिहासिक एवम् कोशीपारी क्षेत्रकै अग्रणी विद्यालय हो काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वाडा नं ७ फलाँटेमा रहेको शारदा मा.वि. ।

भुम्लु गाउँपालिका वडा नं ७ फलाँटेमा २००८ सालमा स्थापित शारदा मा.वि.ले सहयोगी हातहरूकासाथ र सहयोगमा भुकम्पले थलिएको शारदा मा.वि.ले मुहार फेरिरहेको छ । श्रीलङ्काका मंगल धर्मचक्र बाैद्ध धर्मगुरू यातिवाराना विमलाको सहयोगमा प्रशोधित खानेपानी, युरेनल सिस्टमसहितको शौचालय  र ३ कोठे भवन निर्माण भएसँगै शारदाको मुहार फेरिन थालेको प्राचार्य गुणरत्न उप्रेतीले बताए ।

भुकम्पले खण्डहर बनेको विद्यालयको भग्नावशेष पन्छाउन त के ? भएका साधन र श्रोतको सदुपयोग गरी टहरा निर्माण गर्न कसैले अाँटसमेत नगरेको अवस्थामा नेकपा माओवादी केन्द्रको टोलीले भग्नावशेष पन्छाउन र विद्यालयमा भएको साधन र श्रोतको प्रयोग गरी टहरा निर्माण गरेर देखायो । भुकम्पले थलिएको शारदाले नेकपा माओवादी केन्द्रलाई धन्यवाद बाहेक केही दिन नसकेको बताउँछन् – प्राचार्य  उप्रेती । उनी थप्छन् – यसको मुख्य श्रेय नेकपा माओवादी केन्द्र, भुम्लु गाउँपालिका संयोजक प्रेम बहादुर भुजेललाई जान्छ । उक्त टोलीमा दिनानाथ शर्मा, सुर्यमान दोङ, लिलामणि पोखरेल, शम्भुलाल श्रेष्ठ र शशी श्रेष्ठ लगायतका  माओवादी नेताहरूको सहभागिता थियो ।

सोही टहरामा विद्यार्थी भाइबहिनी अध्ययन गरिरहेको दृश्यले कसको मन नछोला र ?  तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोगमा बनेको भुइतले पक्की भवनमा बेल्जियमका नागरिक माइक डिककले दयनीय दृश्यकै कारण तला थप्न सहयोग गरिन् । विद्यार्थी भाइबहिनीलाई चाँडै उक्त भवनमा सारेर पठनपाठन गर्ने विद्यालय प्रशासनको सोच रहेको लेखापाल उषा बल तामाङ बताइन् ।

सोही विद्यालयका विज्ञान शिक्षक सुर्यनारायण माझी भन्छन् - विव्यसका अध्यक्ष काशीराम खरेलको सभापतित्वमा विद्यालयकै प्राङ्गणमा भएको एक कार्यक्रममा नमस्ते काठमाडौ, जापानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले २ लाख  सहयोगको घोषणा गरेको थियो तर उक्त रकम अहिलेसम्म प्राप्त भइ सकेको छैन । उनी थप्छन् – वहाँले थप सहयोगको लागि समेत पहल गर्ने बताउनु भएको थियो तर सहयोग उपलव्ध हुन सकेको छैन ।

कक्षा १२ सम्म अध्ययन अध्यापन हुने यस विद्यालयमा जिल्ला अायोजजना कार्यान्वयन इकाइ काभ्रेले ६ कोठे पक्की भवन निर्माण गरिरहेको र उक्त भवन यही पुस मसान्तभित्र विद्यालयलाई हस्तान्तरण गरिसक्ने योजना रहेको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब २ सय ५० जना विद्यार्थी भाइबहिनी अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै