प्रमिला–देबेशको ‘सोल्टीज्यू’मा तक्मेबुढा र रेखा (भिडियोसहित)

काठमाडौं । हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेत्री तथा मोडल रेखा फागोसँग देखिएका छन् । ‘सोल्टीज्यू...’ बोल गीतको सार्वजनिक भिडियोमा ‘तक्मेबुढा’ रेखाको सोल्टीका रुपमा देखिएका हुन् ।

पछिल्लो समय ‘मायाले संसार चल्दैन हौ’ थेगोलाई स्थापित गरेका ‘तक्मेबुढा’ सार्वजनिक भिडियोमा भने रेखाको मायामा चुर्लुम्मै डुबेका छन् ।

चर्चित गीतकार राम रेप्चुङ राईको शब्दरचना रहेको ‘सोल्टीज्यू...’ पुर्वेली लोकआधुनिक गीत हो । यस गीतलाई ‘नेपाल आईडल’ टप–७ प्रमिला राई र नेपाली तारा सिजन–३ को फस्ट रनरअप देबेश राईले गाएका हुन् । पुर्वी नेपालको रहन–सहन र कलासंस्कृति उजागर गर्ने ‘सोल्टीज्यू...’ बोलको यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् ।

गीतको मर्म तथा भावशैलीअनुसार भिडियोमा ‘तक्मेबुढा’ र रेखाको केमेष्ट्री गज्जबको देखिएको छ । तेह्रथुमे ढाका बुटिक ललितपुरकी डिजाइनर निरु आङबुङले तयार गरेको ढाका पहिरनमा तक्मेबुढा र अभिनेत्री रेखा साँच्चीकै खुलेका छन् ।
 
भिडियोमा तक्मेबुढा र रेखालाई ‘सोल्टी–सोल्टिनी’का रुपमा प्रस्तुत छन् । सोल्टी–सोल्टिनी पुर्वमा तरुनी–तन्नेरीबीच चलनचल्तीको शब्दचारण हो । गीतकार रेप्चुङलाई त्यही भाका र भावनालाई यस गीतका उतारेका छन् ।  

एकदमै थारैमात्र म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका तक्मेबुढाले भने, ‘जस्तोसुकै म्युजिक भिडियोमा म अभिनय गर्दिनँ । यो गीत मलाई मन परेकै अभिनय गरेको हुँ ।’ किरात यायोख्खा जापानको प्रस्तुती रहेको यस गीतको संगीत तथा एरेञ्ज देबेश राईले नै गरेका हुन् । गीतको शब्दभाव अनुसार देबेशको संगीत तारिफ योग्य छ । यस भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्ने निर्माणपक्षको आशा छ ।

प्रतिकृया दिनुहोस्

`मलाई गोरी नभन´ सार्वजनिक(भिडियो)

img

गायिकाद्वय किशु गुरुङ र निलिमा साम्पाङ राईले आधुनिक गीत लिएर आएकी छिन् ...

कवि देवकी गायनतिर, 'यम्बुको शहर' युट्युबमा सार्वजनिक

img

कवि देवकी अभिलाषी सेलो गीत लिएर दर्शकमाझ प्रस्तुत भएकी छिन्। हालै उनले ...

पोखरामा दोखाङ शो हुने

img

तामाङ कथानक चलचित्र दोखाङ असोज ६ गते पोखराको बिन्दबासिनी हलमा प्रदर्शन हुने ...

ढिकिच्याउ खेल्दै सन्दिप र सहिमा (भिडियो)

img

चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप ...

नेशनल बक्स अफिस अवार्डको नोमिनेसन सार्वजनिक (पूर्णविवरण)

img

थाइल्याण्डमा यही असोज १३ गते हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो ...

मिलनलाई मिस्टर ह्यान्डसम नेपालको ताज

img

युवाहरुको सौन्दर्य प्रतियोगिता मिस्टर ह्यान्डसम नेपालको पहिलो शृङ्खलाका बिजेता मिलन रेग्मी भएका ...

पत्रपत्रिका

सबै