प्रदेशसभा निर्वाचन: हेबीवेट नेताका हेबीवेट प्रतिस्पर्धी

एमाले सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । प्रदेश नम्बर ४ को भावी मुख्यमन्त्रीका रूपमा हेरिएका गुरुङ लमजुङको (ख) प्रदेशबाट उम्मेदवार बनेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमालेकै नेता राजेन्द्रप्रसाद पाण्डे पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । पाण्डेलाई ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । यद्यपि, दोलखाबाट पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं पनि प्रदेशसभातर्फ उम्मेदवार बनेकाले अहिले नै एमालेले मुख्यमन्त्रीको उम्मेदवार तय नभएको नेताहरू बताउँछन् ।

माओवादीका शालिकराम जमरकट्टेल पनि धादिङको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।पूर्वसञ्चारमन्त्री शेरधन राई पनि भोजपुरको प्रदेश (ख) बाट उम्मेदवार बनेका छन् । राईलाई एमालेले एक नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

प्रदेश नम्बर ६ को माओवादीबाट मुख्यमन्त्रीका रूपमा अघि सार्न सकिने महेन्द्रबहादुर शाही पनि प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । उनले कालिकोटको (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् । कांग्रेसका पूर्वमन्त्री जीवनबहादुर शाही पनि मुख्यमन्त्रीको प्रतिस्पर्धाकै लागि हुम्लाबाट प्रदेशसभा निर्वाचनमा उत्रिएको कांग्रेसी नेता बताउँछन् ।

प्रतिकृया दिनुहोस्

एनजिओ दबाबमा पछि हट्यो सरकार

img

गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट ...

किरा पाउनै छाड्यो, अब के खाने ?

img

‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर ...

खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद

img

सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक ...

टार्गेटमा १९० डन

img

उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ ...

बोक्सी भगाउन भन्दै तातो पन्यूले बिरामीको गाला डामे पछि…

img

                  अन्धविश्वासको भूमरीमा पर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको ...

हेलो सरकारमा गुनासाका चाङ

img

 प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा चीनदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौता गरिरहँदा मन्त्रिपरिषद्को ...

पत्रपत्रिका

सबै