प्रतिनिधिसभाका एक्लो उम्मेदवार ‘ल्हाक्पा शेर्पा’

काठमाडौं । संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधीसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । सोलुखुम्बुबाट संघीय समाजवादी फोरम नेपालले ल्हाक्पा शेर्पालाई उम्मेदवार बनाएको हो । 

मूलुकभर पहिलो चरणमा ३२ जिल्लामा संघ र प्रदेशसभाको निर्वाचन गर्न आज (कार्तिक ५ गते) मनोनयन दर्ता गरिएको छ । दोस्रो चरणमा ४५ जिल्लाको मनोनयन दर्ता भने कार्तिक १६ गते तोकिएको निर्वाचन आयोगद्धारा जनाएको छ । पहिलो चरणको लागि मुलुकभरबाट १ जना मात्रै शेर्पा उम्मेदवारले संघमा उम्मेदवारी दर्ता गराएका छन् । संघीय समाजवादी फोरमका वैकल्पीक केन्द्रीय सदस्य ल्हाक्पा शेर्पाले सोलुखुम्बुबाट प्रतिनिधीसभाको लागि उम्मेदवारी दर्ता गरेको जनाएको छ । शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पा एक्ला उम्मेदवार हुन् । सोलुखुम्बुमा उनले वाम गठवन्धनबाट हेमकुमार राई (सुरविर) र कांग्रेसका बलबहादुर केसीसँग भिड्दै छन् । 

उम्मेदवारी दर्तापछि कुरा गर्दै उम्मेदवार शेर्पाले सिंगो शेर्पाहरुको तर्फबाट आफूले उम्मेदवारी दर्ता गरेको बताए । ‘म मात्रै त्यस्तो भाग्यमानी व्यक्ति परेँ । ३२ जिल्लाबाट म एक्लो शेर्पा उम्मेदवार बन्ने अवसर प्राप्त गरेको छु ।’ उनले थपे ‘जतिसुकै समावेशी र समानुपातिक सिद्धान्त सम्वन्धि कुरा गरेपनि अरुले शेर्पालाई स्थान दिनै चाहेन ।’ संघीय समाजवादी फोरम मात्रै त्यस्तो पार्टी हो जहाँ जातीय पहिचानको आधारमा स्वायत्त प्रदेश स्थापना गर्ने विधनता व्यवस्था गरी अघि बढेकोले आफूले टिकट पाएको उनले दाबी गरे । 

सम्पूर्ण शेर्पाहरुको आशा र भरोसाको केन्द्रविन्दुको रुपमा आफू रहेको र सोलुखुम्बुका मतदाताले सम्पूर्ण शेर्पाहरुको तर्फबाट एक जना शेर्पालाई केन्द्रमा निर्वाचित गराएर पठाउने दायित्व बोकेको र त्यो दायित्व पूरा गर्नेमा आफू विश्वास्त रहेको उनले विश्वास व्यक्त गरे । 
शेर्पा समुदायको ऐतिहासिक पहिचान, भाषा, धर्म, संस्कृतीको विकास र निरन्तरताको लागि पनि संघमा शेर्पाको प्रतिनिधित्व हुनु जरुरी रहेको उल्लेख गर्दै शेर्पाले भने ‘अन्यबाट हाम्रो जातीय र वर्गिय मुक्ती संभव देखिएन । अब सबै पहिचानवादीहरुले आफूलाई नविर्सि मतदान गर्ने र निर्णय लिने बेला आएको छ ।’

ठूला भनिएका पार्टीहरुले शेर्पाहरुलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै शेर्पाले दुःख समेत व्यक्त गरे । अब समय चिन्ने बेला आएको छ । ‘सबैले मलाई सिंगो शेर्पाको प्रतिनिधीको रुपमा उभ्याउन सफल हुनुहुनेछ भन्ने लागेको छ’ उनले भने । 

सोलुखुम्बुमा शेर्पा सहित नेपाली कांग्रेसले बलबहादुर केसी, बाम गठवन्धनबाट माओवादीका हेमकुमार राई, नयाँ शक्तिबाट सुनिल खड्का लगायतले संघको लागि उम्मेदवारी दर्ता गराएका छन् । वैचारिक र सैद्धान्तिक रुपमा समेत प्रष्ट र तार्किक भएकाले शेर्पालाई जिताउनुको विकल्प टिप्पणी राजनीतिक वृत्तमा हुने गरेको छ ।

नेपालको २२  वटा जिल्लामा करीव ५ लाख शेर्पाहरु वसोवास गर्छन् । सरकारी तथ्याङ्कमा भने करिव १ लाख १२ हजार मात्रै शेर्पाको जनसंख्या देखाइएको छ । बहुसंख्याक शेर्पाहरु वसोवास गर्ने क्षेत्रबाट समेत राजनीतिक दलहरुले शेर्पा उम्मेदवारी पाएका छैनन् । 

 

प्रतिकृया दिनुहोस

हाम्रो पार्टी इतिहासमै ठुलो र जनअनुमोदित छ : अध्यक्ष प्रचण्ड

img

हामीले गरेका साझा घोषणामा नेपाली जनताको दुइ तिहाई जनमत अभिब्यक्त भएको छ ...

राष्ट्रपति पुर्वग्राही ढंगले चलेको छ : प्रवक्ता शर्मा

img

प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले राष्ट्रियसभामा सरकारले गरेको सिफारिसप्रति असन्तुष्टी जनाइएको छ ...

पार्टी एकता सफल, पार्टीको नाम “नेपाल कम्युनिष्ठ पार्टी”

img

नेकपा एमाले र माओवादीबीच ७ बुँदे सहमतिसहित पार्टी एकता भएको छ । सोमबार ...

पार्टी एकताको पत्रमा हस्ताक्षर,दल दर्ताका लागि भोलि जाने

img

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । ...

४१ औं प्रधानमन्त्री केपी ओली, भद्रगोलदेखि सिंहदरबारसम्म

img

खड्गप्रसाद (केपी) शर्मा ओली आज बिहिबारबाट संघीय प्रणालीअनुसर नेपालको ४१ औं प्रधानमन्त्री ...

केपी ओली ४१ औं प्रधानमन्त्री, सपथ ४ बजे

img

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति ...

पत्रपत्रिका

सबै