संघीय नेपाल

नेपाल सम्बत् ११३८ भव्यताकासाथ मनाइने

चित्तरञ्जन नेपालीको संयोजकत्वमा ५३ सदस्यीय समिति गठन

  काठमाडौं । चन्द्रमास अनुसार गणना हुने नेपालको मौलिक, नेपाल सम्बत् ११३८ को स्वागत गर्न सरकारका पूर्व सचिव एवं साहित्यकार चित्तरञ्जन नेपालीको संयोजकत्वमा ५३ सदस्यीय समिति गठन गरिएको छ ।

विहीबार राजधानीमा आयोजना गरिएको सरोकारवालाको वैठकले — समिति गठनसँगै, यस वर्ष नेपाल सम्बत्को शुरुवात् “नेपाल सम्बत्, सवैको सम्बत् — राज्यले नै प्रयोग गर्नुपर्छ, नेपाल सम्बत्” नाराका साथ विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । 

आगामी कार्तिक ३ गते नेपाल सम्बत् ११३८ शुरु हुँदैछ । यस दिन विहान काठमाडौमा प्रभात फेरीसहित प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मुल कार्यक्रम गर्ने तय भएको छ । 

नेपाल सम्बत् नेवार समुदायको मात्र होइन, नेपालको मौलिक भएकोले यसलाई गैर नेवारले पनि अपनत्व ग्रहण गर्नुपर्छ, यसकालागि विगत बर्षदेखि गैर नेवारलाई पनि समितिमा राखेर जिम्मेबारी दिने गरिएको छ । त्यसै अनुरुप यस बर्ष महानगरको स्थानीय चुनावका प्रत्यासी राजुराज जोशी, कांग्रेसका नेता राजन केसी र एमाले नेता कृष्ण अर्याललाई समितिमा राखिएको छ द। 

त्यस्तै सम्बत्को गरिमा बढाउन तथा यसको भव्य सफलताकालागि आर्थिक, महिला परिचालन, सल्लाहकारलगायतका विभिन्न उपसमिति गठन गरिएका छन् । अन्य समितिहरुमा स्थानीय सामाजिक एवं जातीय संघ संस्था परिचालन, बाजागाजा परिचालन, सञ्चारलगायतका समिति छन् । 

नेपाल सम्बत् र पहिचानका उतारचढाव

वि. सं. ९३६ साल कार्तिक ३ गते शुरु भएको मानिएको नेपाल सम्बत्का विषयमा वि. सं. २०३५ सालसम्म खासै चर्चा भएन । नेपाल मण्डलका सामाजिक अगुवा शंखधर साख्वाले प्रकोपपछि ऋणमा डुबेका किसानहरुलाई ऋण मोचन गरेर त्यसैको खुशीयालीमा यो सम्बत् मनाउन थालिएको भनाइ छ । 

वि. सं. २०३६ सालबाट नेपाल सम्बत्का अवसरमा विभिन्न कार्यक्रम गरी नयाँ बर्ष शुरुवात्का रुपमा मनाउन थालिएको पाइन्छ । नेपाल सम्बत्लाई वि. सं. २०६४ सालमा सरकारले राष्ट्रिय सम्बत्का रुपमा मान्यता दिएको हो । 

सम्बत् शुरुवात् गर्ने शंखधर साख्वालाई वि. सं. २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरिएको हो ।  

साख्वा र नेपाल सम्बत्को सम्बन्ध 
शंखधर साख्वाले नदी किनाराबाट उठाएको बालुवा सुन भएको थियो भन्ने कथनसँग केही फरक मत छन् । कहीँ उठाएको बालुवा घरमा पुर्‍याएको ४ दिनपछि सुन भयो भन्ने पाइन्छ भने, कहीँ राजाले साख्वालाई काम गर्न लगाएका थिए, उनी व्यापारी थिए, उनी किसान थिए भन्ने भनाइ, कथनमा पाइएका फरक मत हुन् । यस प्रकारका भनाइमा — उनले सुन प्राप्त गर्ने स्थान तथा विधिमा फरक पाइए पनि प्राप्त सुनबाट ऋणमा डुवेका किसानलाई ऋण मोचन गरिदिएको भनाइमा भने एकरुपता पाइन्छ । यसरी प्राप्त सुनबाट किसानहरु ऋणमुक्त भइसकेपछिको खुशीयालीमा नेपाल सम्बत् शुरु गरिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

तिहारको चौथो दिन बजार सुनसान

राजेश रुम्बा तामाङ । चितवन । चितवन आज गोबर्धन पुजा अर्थात् तिहार (पञ्चक) को चौथो दिन...

चितवनमा तिहार सामग्री बिक्री बढ्दो

राजेश रुम्बा । चितवन । चितवन जिल्लाका विभिन्न बजारमा तिहारमा प्रयोग हुने सामग्रीको बिक्री बढेको छ...

बैरिया बुढीकुलो सडक कालोपत्रे विवरणको सार्वजनीक

राजेश रुम्बा । चितवन । रत्ननगर–१० मा रहेको बैरियादेखी बुढीकुलोसम्मको ७०० मिटर बाटो सडक कालेपत्रे निर्माण...

म्यादी प्रहरीमा सप्तरीमा १० हजार आवेदन

सप्तरी । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी...

खेलकुद तथा स्टेशनरी सामग्री वितरण

सप्तरी । सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको...

किसानलाई अन्नबाली भित्र्याउने चटारो (फोटो फिचर)

काभ्रे । बिहान चिसोको पर्वाह नगरी सदरमुकाम धुलिखेल आसपासमा रहेको खेतमा धान काट्न पुगेकी धुलिखेल–३...