अर्थ

लक्ष्मी बैंकको नयाँ शाखा ताप्लेजुङमा

ताप्लेजुङ्ग । ताप्लेजुङमा लक्ष्मी बैंकले नयाँ शाखा संचालनमा ल्याएकोे छ । जिल्लामा बैकंको यो पहिलो शाखा हो ।

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति –बित्तमा पहुँच” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्‍याउने योजना अन्तर्गत यी शाखहरु सञ्चालन गरिएको छ ।

४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा संजाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

दैनिक निर्यातमा कमीपछि प्याजको मुल्य आकासियो

पासाङ घिसिङ,काठमाडौ दोस्रो चरणको निर्वाचन नजिकै गर्दा तरकारी तथा फलफुलको मुल्य घट्ने बढ्ने क्रम जारी छ...

गत वर्षको भन्दा बढ्दैन लोडसेडिङ : निर्देशक घिसिङ

काठमाडौ । उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि...

व्यावसायीहरु विचौलियाहरु मार्फत कर तिर्न बाध्य

दोलखा । विचौलियाहरु मार्फत आफुहरुले कर तिर्न बाध्य भएको दोलखाका व्यावसायीहरुले गुनासो गरेका छन् । आन्तरिक...

माथिल्लो तामाकोसीको ब्रेक थु

दोलखा । दोलखाको विगु गाँउपालिकाको लामाबगरमा रहेको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी  जलविद्युत्त आयोजनामा...

अाम्दानी बढाउनेमा २ वाणिज्य बैंक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको...

एनआईसी एसिया अनलाइन बचत खाता संचालन

काठमाडाैं । ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ...