साहित्य

कृष्ण विहलको ‘रुप’

एउटै किताबमा दुई उपन्यास बजारमा

काठमाडौ । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो नभएको भए प्रेमको खासै अर्थ हुंदैन । यही प्रेमको अर्थले नै प्रेमलाई महान बनाएको छ ।

यिनै प्रेम गर्ने र प्रेममा संसार विर्सने ती प्रेमीहरुको नाममा ‘रुप’ नामक उपन्यास लोकार्पण भएको छ । २७ बर्षअगाडि ललितपुर वडा नंबर ७ पिन्छेँ टोल निवासी उपन्यासकार कृष्ण विहल महर्जनले लेखेको उपन्यास रुपको विमोचन पश्चात रुपले रुप पाएको हो ।

काठमाडौमा आयोजित एक समारोह वीच उपन्यासकार कृष्ण विहल महर्जनको उपन्यास ‘रुप’को विमोचन भएपछि उपन्यासले आकार र जीवन्तता पाएको हो । नेपाली भाषाका प्रसिद्ध साहित्यकार तथा प्राध्यापक डा.अरुण गुप्तेव्दारा विमोचित उक्त ‘रुप’ नामक उपन्यासमा अर्को उपन्यास मेरो भावना पनि बोनसमा पढ्न पाइन्छ । एउटै पुस्तकमा दुईटा उपन्यास प्रकाशित गर्ने नौलो आयाम थप्ने कार्य उपन्यासकार महर्जनबाट भएको छ ।

२७ बर्ष अगाडि कलेज लाइफको त्यो रहरलाग्दो साहित्यिक जोशमा लेखेको उपन्यास यति धेरै समयको अन्तरालमा प्रकाशित हुदापनि त्यतिकै बेलगाम जोश रहेको र साथमा पर्याप्त होश रहेको भनाई पनि उपन्यासकार महर्जनको रहेको छ ।उपन्यास ढिला प्रकाशित हुनुको पछाडि विविध कारण रहेको बताउने उपन्यासकार महर्जनको उपन्यासमा प्रेम तथा अन्तरजातिय विवाह संवन्धको विहल तथा विद्रोहको आगो रहेको छ । जुन उपन्यासभित्र एकपछि अर्को गरेर घट्ने घटनाक्रमले कौतुहलता तथा थप रहस्यता थप्दै लाने गरेको पाइएको छ । 

रहस्य, रोमाञ्चता तथा कौतुहलताले भरिएको यो उपन्यास लेख्ने क्रममा कयन रात सपनामा उपन्यासकार महर्जनले अन्तरव्दन्द गरेका छन् । सपनामा भएको अनि गरिएको त्यो अन्तरव्दन्दतालाई विपनामा तुरुन्तै नोट गरेर लेखिहाल्ने बानीकै कारणबाट उपन्यास रुपले ‘रुप’ पाएको उपन्यासकार महर्जनको दावी रहेको छ  अर्थात महर्जनको लेखनलाई सपनाले निक्कै नै सहयोग गरेको छ । प्रेम कथामा आधारित उपन्यास ‘रुप’लाई कतिले महर्जनको आत्मकथा भन्ने गरेतापनि त्यो यथार्थ भने होइन । यस उपन्यासमा उपन्यासकार महर्जनको केवल भावना रहेको उनको यथार्थ प्रेमको कुनै मिश्रण नभएको उनी आफैले भनेका छन् ।

सुकरात, शेक्सपियर तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक कृति तथा जीवनीवाट प्रभावित बनेर कवि तथा गीतकार हुंदै उपन्यासकार बनेका महर्जनले कयन कविता तथा गीत लेखेका छन् ।

ती कविता तथा गीतका थेली पनि प्रकाशित हुने क्रममा रहेका छन् । पाँच कृति प्रकाशनको प्रतिक्षामा छन् । वि.सं.२०४४ सालतिर आफैले लेखेको हाँस्य नाटकमा अभिनय समेत गरेका महर्जन साहित्यलाई मनको बह तथा भावना पोख्ने माध्यमका रुपमा अनेकन तरिकाले प्रयोग गर्नमा व्यस्त छन् । यसैमा महर्जन रमाइरहेका छन् । अनि विहल बनेका छन् ।

प्रतिकृया दिनुहोस

तामाङ महिला मुद्दामाथि तामाङ साहित्यको चेतना

(बिना थिङ तामाङ कथाकार हुन् । उनी नेपाली र तामाङ दुबै भाषामा कथा लेख्दै आइरहेकी...

नजरमा ठाडै देखिएको अत्यास लाग्ने उकालो र सैलुङ

“सैलुङ” सँग तामाङ पहिचानको ऐतिहासिक विम्ब लुकेको छ । दोलखा र रामेछाप जिल्लाको सीमानामा अवस्थित...

तामाङ बाल साहित्य सिर्जनामा स्रष्टाहरुको भूमिका 

(अमृत योन्जन–तामाङ तामाङ भाषा–साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँको तामाङ भाषाको बालगीत ‘न्याउ न्याउ...

गजल

- दिलकुमार तामाङ हजारौमाझ फाल हान्दै त्यतै तिर नजर गढ्यो जे गरेनी जसरीनी पाउने उनलाई रहर बढ्यो ।   अड्न सकिन दोबाटोमा न त झुकिए चौबाटो मै गन्तव्यको मूलबाटोमा तिम्रै मात्र शहर पर्यो ।   न त प्रस्ताव गरे मैले न ईन्कारनै गर्यौ तिमले यो मुश्कानको निशानामा तिम्रै...

बोकेर शैलुङ शीरैमा...

ढुङ्गे त माथि आलुबारी दूधपोखरी तल कल्लाबारी । थाकेर आयो यो मेरो ज्यान झण्डै गएन यो मेरो प्राण...

म विद्यार्थी हुँ

म विद्यार्थी हुँ प्रत्येक दिन सार्थक अक्षर पढिरहेछु । आनन्द उल्लास उज्यालोको खोजमा झोलाभित्र भविष्य बोकी ज्ञानको मृगतृष्णा मेट्न महापुरुष उत्पादनशाला पुग्दै प्रध्यापकहरुकै इशारामा निर्धक्क अघि बहिरहेछ म विद्यार्थी....... जाँगरिला, फूर्तिला अध्यापक छन् समय नफाटञ्जेल मनको पाटीमा मद मात्सर्य, अभिमान मेट्दै हार्दिकता र मित्रता कोर्छन हलन्तरुपि दुर्बल शब्दमा रस फुटाउदै अलङ्कार बेर्छन चेतना र बुद्धि ढुंगामा...