प्रदेशसभाका लागि रोचनाको उम्मेदवारी

दोलखा बैतैश्वर गाउँपालिका-१,साविक गैरीमुदी-३,का जुझारु युवा नेतृ रोचना उप्रेती प्रदेशसभा निर्वाचनका लागि दोलखा क्षेत्र न.१ बाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका लागी सिफारिस भएकी छिन् ।

उप्रेती दोलखाकी उदयमान नेतृ हुन । उनको राजनीतिक पृष्ठभुमि प्रजातन्त्रका संस्थापक  कांग्रेससंग नजिक छन् । उप्रेती राजनीतिक पृष्ठभुमिबाट हुर्केकी हुनाले उनले राजनीतिलाई नजिकबाट बुझेकी छिन् । दोलखाको झुलेमा रहेका अमर उच्च माध्यमिक विद्यालयका नेविसंघ इकाई अध्यक्षबाट राजनीतिमा होमेकी उनी पार्टीका विभिन्न भातृ संगठनमा आफ्नो कार्यकुशलता देखाउदै २०७० देखि ७३ सम्म गैरिमुदी नागरिक मञ्चकी संयोजक भएकी थिइन् ।

स्नातकोत्तरमा अध्ययनरत उप्रेती तरुण दलको महाधिवेशन प्रतिनिधि (केन्द्रिय पार्षद) का साथै नेपाल ल क्याम्पसका महिला नेतृ समेत हुन ।

 पारिवारिक राजनीतिक पृष्ठभुमि

उनकी हजुरबुबा कृष्ण गोपाल उप्रेती कांग्रेसले राणा शासनका विरुद्ध छेडेको आन्दोलनका एक योद्धा थिए। उनले २०१५ का तत्कालीन आम निर्वाचनमा सांसदको उम्मेदवारी दिदै कांग्रेसमा आफ्नो पकड मजबुत बनाएको थियो । राजा महेन्द्रले २०१७ मा पञ्चायती व्यवस्था लागू भए पश्चात् कृष्ण राजाको नजरमा पर्न सफल हुदै उनले प्रधानपञ्चा ३,कार्यकाल चलाएको थियो । आफू राज्यको नुन खाँदै प्रजातन्त्र पुनःस्थापनाका लागि भुमिगत रुपमा सहयोग गर्दै आएको प्रधानपञ्चाले २०२७,सालमा भएको पञ्चायती विरुद्धको विद्यार्थी आन्दोलनलाई पनि सहयोग गरेको थियो । 

प्रजातन्त्र पुनःस्थापनमा निल प्रसाद उप्रेतीको ठूलो योगदान रहेका थियो । उनका बुबा कृष्ण गोपाल तत्कालीन प्रधानपञ्चा भएपनि उनी भने पञ्चायतीका विरुद्धमा विभिन्न आन्दोलनमा सरिक हुन्थे त्यसै क्रममा निललाई पञ्चायतीहरु देशनिकाला गरेका थिए,उनले भने आफू देशनिकाला गरेपनि प्रवासमा भातृ संगठन बिस्तार गर्दै पुन नेपाल आई २०२७,को विद्यार्थी आन्दोलनलाई अग्रगामी भुमिका समेत खेल्दै आन्दोलन उत्कर्षमा पुग्न लाग्दा पञ्चायतीहरुले झण्डै साँढे पाँच बर्ष भद्ररगोल, नख्खु हुदै सेन्ट्र्ल जेल सम्म सरुवा गरेको तेहि क्रम प्रजातान्त्रिक पार्टीका सम्बाहकहरु विपि कोइराला,गणेशमान सिङ,गिरिजा प्रसाद कोइराला,कृष्ण प्रसाद भट्टराई,मार्शल जुलुम शाक्य,शेर बहादुर देउवा,रामचन्द्र पौडेल,शिव बहादुर खड्का,भिम बाहादुर लामा लगायत संगै पञ्चायती विरुद्धका आन्दोलनहरुमा सक्रिय रहदा पुन जेल परेको थियो । पुन जेल जीवन बिताउदा कांग्रेसका नेता ध्यानगोविन्दा,बल बहादुर राई,रामशरण महत,चिरञ्जीवी बाग्ले लगायत संग प्रजातन्त्रका सम्बाहक बिच जीवन विताउदै पार्टीका विभिन्न कार्यक्षेत्रमा आफ्नो योगदान दिदै आएका निल प्रसाद उप्रेती उदयमान नेतृकी रोचनाकी बुबा नेपाली कांग्रेसमाका योद्धा हुन् ।

निल प्रसादले दोलखा जिल्ला लगायत विभिन्न ठाउँमा संगठन बिस्तारमा अहम् भुमिका खेल्दै आएका,उनले जेल मै आइए पास गरेको जेल जीवनबाट मुक्त भैसके पश्चात् त्रिभुवन विश्व विद्यालयबाट शिक्षा तर्फ स्नातक गरेका हुन । उनै निलले संगै जेल परेका नेताहरु शेर बहादुर देउवा,नेता रामचन्द्र पौडेल,अर्जुन नर्सिङ केसी,मार्शल जुलुम शाक्य,शिव बहादुर खड्का,योगपुरुषहरु स्व: विपि कोइराला गणेशमान सिङ,गिरिजाप्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई लगायत थियो ।

प्रतिकृया दिनुहोस्

एमएनओको पाँचौ अधिवेशन इलाममा

img

मंगोल नेशनल अर्गनाइजेशन पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन इलाममा हुने भएको छ । जिल्लाको ...

गृहमन्त्री बादललार्इ ६ वर्ष र वलीलार्इ ४ वर्षको चिठ्ठा

img

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ६ वर्षको चिठ्ठा परेको छ । सोमबार ...

आयोगले दिए नेकपालाई दर्ता प्रमाणपत्र

img

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको ...

प्रतिपक्षलार्इ पनि सँगै लैजान सहमति खोज्दै सरकार

img

सरकारले प्रतिपक्षलाई पनिसँगै लैजानका लागि संसदमा दर्तामा रहेको ‘संसद सञ्चालन नियमावली’ को ...

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न सरकारमा गयौं : उपप्रधानमन्त्री यादव

img

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न आफूहरू सरकारमा सहभागि भएको उपप्रधानमन्त्री उपेन्द्र ...

जिल्ला स्तरीय तरुण प्रतिक्षण सम्पन्न

img

राष्ट्रिय लोकतन्त्र समाजवाद र तरुण एकता भन्ने सन्देश बोकी आइतबार एकदिने तरुण ...

पत्रपत्रिका

सबै