मनोरन्जन

तामाङ चलचित्र मायासे लासी-३,को तयारी अन्तिम चरणमा,दुई पोस्टर सार्वजनिक 

तामाङ कथानक चलचित्र मायासे लासी को अपार सफलता पछि तामाङ कथानक चलचित्र "मायासे लासी-३" छिट्टै प्रदर्शनमा आउने भएको छ ।  उक्त चलचित्रको दुई ओटा पोस्टर सार्वजनिक भएको छ ।

सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको चलचित्रलाई ह्याङ्ला को म्हेन्दो मिडिया हाउसले सहकार्य गरेको छ । तामाङ चलचित्र जगतमा अत्यधिक सफल भएको चलचित्र तामाङ कथानक चलचित्र "मायासे लासी"को सिक्वैल  "मायासे लासी -३" को सम्पुर्ण काम अन्तिम चरणमा पुगि सकेको छ । तामाङ कथानक चलचित्र मायासे लासी भाग एक र दुई भन्दा पृथक कथा बस्तुमा निर्मित भएको निर्माण पक्षको भनाई रहेको छ । पारिवारिक कथामा आधारित चलचित्र बनेको र यस चलचित्रमा विशेष गरेर १० वर्षे  जनयुद्धकालको यथार्थ घटनालाई केन्द्र बिन्दु बनाएको हिंसालाई हिंसाले होइन मायाप्रेमले बदलन सकिने विषयलाई उठन गरेको तामाङ चलचित्रका निर्माण पक्षले जनाएका छन् ।

मुस्कान वाईबाको प्रस्तुति रहेको यस तामाङ चलचित्रमा निर्मात्री भगवती मोक्तान सह-निर्मात्री माईली घिसिङ र गणेश लामाले चलचित्र निर्माणमा सहयोगी भुमिका खेलेका छन् ।  डिबि मोक्तानले निर्देशनमा डेव्यू यसै चलचित्रबाट गर्ने समेत थाहा हुन आएका छन् । तेस्तै शंकर महर्जनको द्वन्द निर्देशन रहेको छ,भने प्रकाश मोक्तानको कथा तथा पट्कथामा तयार हुन लागेको तामाङ चलचित्रको कार्यकारी निर्मातामा भने प्रेम लामा मोक्तान रहनु भएको छ । चलचित्रमा केशव अधिकारी र रबि कोइरालाले खिचेका छन् । सुनिल मोक्तानको नृत्य निर्देशन रहने छ । 

सर्जक कुमार स्याङ्बोको शव्दमा तयारी भएको चार गीत चलचित्र समावेश गरिएको छ । विशाल काल्तानको संगीतमा तयार पारिएको गीतलाई सन्तोष लामा र जितु लोप्चन स्वरमा रेकर्ड गराइसकेको उक्त गीतहरु यहि साता ह्याङ्ला को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिने निर्माण पक्षले बताएका छन् । सिन्धुली, काठमाडौ,काभ्रेका विभिन्न रमणीय स्थलहरुमा शुटिङ गरिएको तामाङ चलचित्रमा चर्चित नायक कुमार मोक्तान, नायिका सीता तामाङ  चर्चित खलनायक बिकाश स्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा र चन्द्र लामा लगायतलाई चलचित्रको प्रमुख भुमिकामा देख्न सकिने समेत निर्माण पक्षले पोस्टर सार्वजनिक कार्यक्रममा जनाएका छन् ।

प्रतिकृया दिनुहोस

  चलचित्र ‘पसले’ को शुभमूहर्त 

काठमाडौं । चलचित्र  ‘पसले’ निमाण हुने भएको छ । चलचित्रको राजधानीमा शुभमूहर्त गरियो । एक्शन, रोमान्स...

युनिकको तामाङ भाषाको गीत युट्युबमा सार्वजनिक

सेलो म्युजिक प्रालिको प्रस्तुतिमा युनिक दोङको पहिलो कोसेली “ङामरिन खौ मैच्याङ” बोलको म्युजिक भिडियो सार्वजनिक...

कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा, पूजापाश्चत भैलो शुरू

काठमाडाैं । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा । साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने...

लोप्चनको कोदोको ढिंडोदेखि छुकछुकेसम्म (भिडियो)

काठमाडाैं । तामाङ सेलोमा एकछत्र राज गरेका सिन्धुपाल्चोक बतासेका प्रेम लोप्चन कलाकारिता क्षेत्रमा प्रवेश गरेका...

तामाङ भाषाको मार्मिक गीतको भिडियो सार्वजनिक

काठमाडाैं । तामाङ भाषाको मर्मस्पर्शी गीत "सेमरी दुङाल...." बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । त्रिकोणत्मक...

बन्ने भो चलचित्र ‘पसले’

काठमाडौं । चलचित्र ‘पसले’ निमाण हुने भएको छ । चलचित्रको राजधानीमा मंगलबार शुभमूहर्त गरियो । समसामयिक...