युनियनको धम्की– ट्रेड युनियन खारेज गरे बाँकी राख्दैनौं

काठमाडौं । प्रमुख राजनीतिक दलनिकट चारवटा ट्रेड युनियनका पदाधिकारीले ट्रेड युनियनलाई खारेज गरिए प्रशासकलाई पनि आफूहरूले बाँकी नराख्ने धम्की दिएका छन् ।

उनीहरूले आफूहरूको ट्रेड युनियन खारेज भए प्रशासन क्षेत्र नै तहसनहस हुने गरी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । निजामतीमा हाल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट चारवटा राष्ट्रिय मान्यता ट्रेड युनियन छन् ।
सामान्य प्रशासन मन्त्रालयले राजनीतिक दलनिकट ट्रेड युनियनलाई खारेज गर्ने गरी संघीय निजामती सेवा ऐनको विधेयक पारित गराउने तयारी गरेपछि राजनाीतिक दल सम्बद्ध ती ट्रेड युनियन सरकार र उच्च प्रशासकसँग रुष्ट छन् ।

सामान्य प्रशासन मन्त्रालयले गर्न लागेको नयाँ व्यवस्थाअनुसार कर्मचारीबाट प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा व्यक्ति छनोट हुने र एउटा मात्रै आधिकारिक ट्रेड युनियन गठन गर्ने प्रावधान राख्न खोजिएको छ । अहिले भने राजनीतिक दलनिकट ट्रेड युनियनबाटै आधिकारिक ट्रेड युनियन चुनिने प्रावधान छ ।

ट्रेड युनियनहरूले विभिन्न दलसम्बद्ध ट्रेड युनियन खारेज हुने गरी संघीय निजामती सेवा ऐन पारित गरिए आफ्ना सदस्यका रूपमा रहेका देशभरका ६० हजारभन्दा बढी कर्मचारीलाई एकै पटक सडकमा ल्याएर कडा आन्दोलनमा उतार्ने चेतावनी दिएका छन् । सामान्य प्रशासन मन्त्रालयका सहसचिव, उपसचिवलगायत पदाधिकारीसँगको भेटमा ट्रेड युनियनका केही पदाधिकारीले ट्रेड युनियनलाई समाप्त गर्ने गरी कानुन ल्याए आफूहरूले पनि प्रशासकलाई बाँकी नराख्नेसमेत बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

२०७४ असोज २६ गते ६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

img

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता ...

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

img

उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको ...

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

img

नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । ...

दसैँको मुखैमा बढायो गाडी भाडा

img

गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि ...

फेरी २० वर्षे पुराना गाडी चलाउन चलखेल

img

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका ...

दैनिक दुई हत्या, तीन बलात्कार

img

०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो ।  आव ०७३, ...

पत्रपत्रिका

सबै