बन्दुक समाउने हातहरु झाडु समात्दै (फोटो फिचर)

काभ्रे । शान्ति सुरक्षाका लागि खटिने अनि अपराधीहरुको खोजीमा हातमा बन्दुक बोकेर आफ्नो दैनिक नित्यकर्ममा लागिरहने प्रहरीहरु बुधबार भने बनेपा स्थित चण्डेश्वरी मन्दिर प्राङ्गणमा हातमा झाडु बोकी फोहोर खोज्न व्यस्त देखिन्थे ।

प्रहरीहरु फोहोर टिप्दै झाडु लगाउँदै थिए । सो दृश्य देख्दा मन्दिरमा आएका भक्तजनहरु समेत दङ्ग देखिन्थे । ६२ औं  प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय बनेपाको आयोजनामा नगर सरसफाई कार्यक्रममा प्रहरीहरु खटिरहेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाका निमित्त कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक भक्तबहादुर श्रेष्ठ तथा प्रहरी नायव निरीक्षक गौरीशंकर झाको नेतृत्वमा चण्डेश्वरी मन्दिर को वरपर सरसफाई गरिएको हो । हरेक वर्ष मनाउँदै आएको प्रहरी दिवसको उपलक्ष्यमा काभ्रे प्रहरीले जिल्लामा रहेको मठ मन्दिर, सडक र अन्य ठाउँमा सरसफाई गर्दै आएको छ । यस पटक प्रहरी दिवसको उपलक्ष्यमा हामीले चण्डेश्वरी मन्दिर सरसफाईमा लागेको नायब निरिक्षक श्रेष्ठले बताए ।

यसै अवसर पारी जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरिने भएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

वाईबा समाजको भेला तथा प्रशिक्षण सम्पन्न

img

वाईबा तामाङ समाज नेपालको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । काठमाडौको गंगाबुस्थित ...

मकवानपुरमा समाजवादी युवा फोरम गठन,अध्यक्षमा थिङ

img

मकवानपुरमा समाजवादी युवा फोरमको जिल्ला समिति गठन भएको छ । असार ९ गते ...

‘आधासत्य’ को लोकार्पण

img

नेपाली साहित्य श्रीवृद्धिको कार्यमा सहयात्री दर्पण नेपाल कोसेढुंगा साविक हुने धारणा सामान्य ...

नृत्य प्रतियोगितामा कौशलकी रिजु भइन् प्रथम

img

अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा कौशल बोर्डिङ स्कुलकी रिजु घिमिरे प्रथम ...

म्यागङ गाउँपालिका युवा क्लबको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ

img

नुवाकोटको म्यागङ गाउँपालिका युवा क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रवार ...

‘एसईई’ नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

img

चैतमा भएको 'एसईई' परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले ...

पत्रपत्रिका

सबै