हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड हुने

काठमाडाैं । ``सृजनाको मुल्यांकन श्रष्टाको सम्मान ! नेपाली संगीतको प्रबर्द्धन हाम्रो अभियान !!´´ भन्ने उद्देश्यले हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ ।

रातोपुलस्थित रक हाउस क्याफेमा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । हिमालयन इन्टरटेनमेन्ट ग्रुपको अध्यक्ष सुवास पाख्रिनको सभाध्यक्षमा सम्पन्न भेटघाटमा अतिथिहरु चलचित्र विकास बोर्डका सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, साधना कला केन्द्रका प्रोपाइटर एवं नेपाल सांगीतिक संघका अध्यक्ष  मिलन मोक्तान, लोकदोहोरी प्रतिष्ठान वागमतीका सल्लाहकार गायिका इन्दिरा गोले, बरिस्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुवास मोक्तान,  नृत्य प्रशिक्षक बुद्ध लामा, गायिकाद्वय सरला राई र मीना राई लगायतले अवार्ड आयोजना भएकोमा शुभकामना व्यक्त गरे ।

अवार्ड बिशेष कार्यक्रम मंसिर अन्तिममा नेपालको छनौट पश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा गरिने कार्यक्रम निर्देशक सविन घिसिङले जानकारी गराए ।

२०७२ सालदेखि २०७४ असोज मसान्तसम्मको सार्वजनिक भएका गीत संगीत बुझाउनुपर्नेछ । हिमालयन अन्तरास्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ विभिन्न १८ विधामा प्रदान गरिनेछ ।

अायोजकले अ अफ्नो विधामा उत्कृष्टता हुँदै मलेसियामा गर्इ अवार्ड तथा विविध पुरस्कारहरुबाट सम्मानित हुने सु-अवसरको सदुपयोग गर्न समेत पत्रकार सम्मेलनमा अायोजकले बताए ।

 प्रतिस्पर्धाका बिधाहरु:-

१.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन पुरुष

२.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन महिला

३.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन पुरुष

४.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन महिला

५.बर्ष सर्वाेत्कृष्ठ " लोकगीत गायन नवप्रबेसी पुरुष

६.बर्ष सर्वाेत्कृष्ठ " लोकगीत गायन नवप्रबेसी महिला

७.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन पुरुष

८.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन महिला

९.बर्ष सर्वाेत्कृष्ठ नेपाली संगीतकार पुरुष/महिला

१०.बर्ष सर्वाेत्कृष्ठ नेपाली तामाङसेलोगीत गायन पुरुष

११.बर्ष सर्वाेत्कृष्ठ " तामाङ सेलो गीत गायन महिला

1२.बर्ष सर्वाेत्कृष्ठ " तामाङ म्हेन्दोमायागीत गायन पुरुष

1३.बर्ष सर्वाेत्कृष्ठ " तामाङ म्हेन्दोमायागीतगायन महिला

1४.बर्ष सर्वाेत्कृष्ठ अभिनेता " म्युजिक भिडियो पुरुष

1५.बर्ष सर्वाेत्कृष्ठ अभिनेत्री " म्युजिक भिडियो महिला

१६." अभिनेता " तामाङ म्युजिक भिडियो पुरुष

१७."अभिनेत्री " तामाङ म्युजिक भिडियो महिला

१८. बर्ष सर्वाेत्कृष्ठ नेपाली गीत रचना महिला / पुरुष

प्रतिकृया दिनुहोस्

सडक नाटक हुँदै ठूलो पर्दामा न्यौपाने

img

सडक नाटक, मोडलिङग हुँदै चलचित्रको पर्दामा देखिने भएका छन् जीवन न्यौपाने । ...

सन्ध्याको `मिर्मिरे´ बजारमा

img

गायिका सन्ध्या जोशीको `मिर्मिरे´बोलको गीत सार्वजनिक भएको छ। युट्युबाट भिडियो सहित सार्वजनिक ...

डेब्यु गर्दै नायक शाश्वत श्रेष्ठ

img

नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक ...

भिडियो हुँदै चलचित्रमा सुमित्रा

img

एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा देखिएता पनि सही सदुपयोग हुन नसक्दा ...

सैराको ‘बाहिर माया’ सार्वजनिक

img

‘बाहिर माया देखाएर....’ बोलको भिडियो सार्वजनिक भएको छ । सैरा मगरको शब्द, ...

स्तरीय चलचित्रको पक्षमा गौतम

img

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने ...

पत्रपत्रिका

सबै