खेल

उद्घाटन खेलमा आयोजक नवलपुर ए विजयी

नवलपुर । नवलपुर युनाइटेड क्लब ए ले भिमटार युवा क्लबलाई ८–१ ले हराउदै पहिलो जित निकालेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको पहिलो जिल्लास्तरीय फुटबल प्रतियोगिताको उद्घाटनमा आयोजक गाउँपालिका अध्यक्ष वंशलाल तामाङले उद्घाटनबाट सुरू भएको थियो ।  इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा भएको खेलमा आयोजकले भिमटारलाई आधा दर्जन भन्दा बढी गोल गरी विजयी हात पारेको हो ।

नवलपुरका लागि कृष्ण भण्डारीले ४ गोल, अजय तामाङले २ गोल र सुजन माझीले २ गोल गरेका थिए । आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार १४ समूह सहभागी रहेको प्रतियोगिता नकाअउट्मा खेल खेलाइदैछ ।  भोलि भिमेश्वरी इन्द्रावतीविरुद्ध गोर्खाली गाइज र नवलपुर युनाइटेड(सि) विरुद्ध ओम नमोबुद्ध क्लब र चौतारा स्पोर्टिङ विरुद्ध नवलपूर युवा क्लब खेल्नेछ ।

फाइनल भने लक्ष्मीपूजाको दिन कात्तिक ३ गते हुने अयोजकले बताउनु भयो ।  खेलमा प्रथम हुनेलाइ १ लाख ५१ हजार रुपैयाँ नगद मेडल, कप र प्रमाणपत्र, दोस्रोलाई १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमलाइ ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र रहेको छ ।

यो जिल्लामै पहिलोपटक सर्वाधिक राशिको प्रतियोगिता भएको अयोजकको दाबी रहेको छ । जिल्लामा भएका खेलाडीहरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामाको भनाई छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार, बेस्ट किपरलाई १० हजार र बेस्ट डिफेन्डरलाई १० हजार प्रदान गरिने छ । क्लबले यसअघि पनि लोसारको अवसर पारि प्रथम क्षेत्रीय डब्लुटिएफ टुर्नामेन्ट आयोजना गरेको थियो । क्लबले त्यसभन्दा अघि दसैंको अवसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

साथै उद्घाटन म इन्द्रावती -४,५ का वडाध्यक्ष जगतमान ताल्चाभडेल ,दुर्गा बहादुर तामाङ (च्याङबा) गाउँपालिका उपाध्यक्ष मिरा लामा अधिकारी लामाको उपस्थितिमा क्लबका अध्यक्ष चीन लामा को सभापतित्व सम्पन्न भएको थियो

प्रतिकृया दिनुहोस

राष्ट्रिय च्याम्पियन श्यान्टु र नवितालाई उपाधि

काठमाडौं । राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल...

कम्बोडियामा राहुललाई स्वर्ण

कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले...

नेपाल क्वाटरफाइनलमा

नेपाली भेट्रान टेबलटेनिस टोली ११ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको...

मित्र युवा उप डोजो सञ्चालनमा

काठमाडौं। क्षेत्रपाटी, ठमेलमा रहेको सूर्य माविमा मित्र युवा क्योकुसिन कराते उप डोजो सञ्चालनमा आएको छ...

विवेक मुँआ थाई वारियर कप च्याम्पियन

काठमाडौ । नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियन भएका छन् ।...

क्योकुसिन टोली भारत जाने

काठमाडौ । दोश्रो खुला आमन्त्रण फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहति ७ सदस्यीय नेपाल...