विचार/ब्लग

भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री

सम्पदा क्षेत्रको भग्नावशेषबाट उत्पादित निर्माणजन्य फोहोर राखिएको टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोरमा मल्लकालीन सामाग्री भेटिएका छन् । गत भाद्र महिनाबाट फोहोरबाट पुरातात्विक फोहोर छान्ने कामबाट यस्ता बस्तुहरु प्राप्त भएका हुन् । यसरी प्राप्त भएका सामाग्रीहरु राष्ट्रिय संग्रहालय छाउनीमा राखिने भएको छ ।

कामको थालनी

गएको भाद्र ५ गते काठमाडौं महानगरका प्रमुख र उपप्रमुखसहित पुरातत्व विभाग र नेपाली सेनाका अधिकारीवीच महानगरकै सभा कक्षमा सम्पन्न बैठकले यस क्षेत्रमा थुपारिएको फोहोर हटाएर जङ्गलका रुपमा परिणत भएको टुँडिखेलको छेउलाई पैदल मार्गका रुपमा विकास गर्ने निर्णय गरेको थियो । यसरी हटाइने फोहोर सम्पदा क्षेत्रका सम्पदाबाट निस्किएको हुनाले, पुरातात्विक सामाग्री थिए कि थिएनन् भन्ने विषयमा कुनै पनि बेला खोजी हुन सक्छ । त्यसैले यस विषयमा गम्भीर भएका काम गर्नुपर्छ त्यस दिनको वैठकमा केन्द्रीय विषयका रुपमा छलफल गरिएको थियो । त्यसै बैठकबाट फोहोरबाट पुरातात्विक सामाग्री छानेर अन्य फोहारलाई टुँडिखेलकै छेउमा पैदल मार्ग बनाउन प्रयोग गर्ने निर्णय गरिएको थियो ।

कहाँको भग्नावशेष थियो टुँडिखेलमा ?

२०७२ सालको भूकम्पको कम्पनले भत्किएका — सुन्धाराको धरहरा, हुनमान ढोका परिसरका काष्ठमण्डप, माजु देग, त्रैलोक्य मोहनलगायतका मठ मन्दिरका भग्नावशेषबाट निस्किएको फोहोर पूर्व पश्चिम फैलाएर थुपारिएको थियो । गएको दुई बर्षसम्म काँडे तारले घेरेर सुरक्षित राखिएको फोहोरमा विरुवा उम्रिएर सानोतिनो जङ्गल भएको, यसले सहरी सुन्दरतामा समस्या सृजना गरेको तथा यसका आडमा आपराधिक घटना हुन सक्ने पूर्वानुमान गरिएको थियो ।

पुरातात्विक सामाग्री छनौटका आधार

भूकम्पका समयमा भौतिक संरचना हटाएर मानवीय सुरक्षा कायम गराउने काम प्राथमिकतामा थियो । त्यस समयमा कुन सामाग्रीको के महत्व छ भन्ने विषयमा ध्यान दिने अवस्था थिएन । त्यसै कारण धमाधम सम्पदा क्षेत्रबाट भग्नावशेष उठाएर टुँडिखेल ल्याउँदै थुपार्दै गरियो ।

अहिले पुरातात्विक बस्तु छुट्याउँदा धातु, ढुङ्गा तथा काठको कलात्मकता तथा कुँदिएका मूर्ति, कुँदिएका ढुङ्गा, अभिलेख लेखिएका इँटा, सांस्कृति सम्पदामा प्रयोग भएका काठलगायतका पक्षलाई ध्यान दिइएको पुरातत्व अधिकृत प्रकाश खड्काको भनाइ छ ।

यस्ता सामाग्री छुट्याउँदा नेपाली सेनाले फोहोरबाट बस्तु निकाल्ने र पुरातत्व अधिकृतले बस्तुको पहिचान गर्ने काम गरेका थिए ।

टुँडिखेलको भग्नावशेषबाट पुरातात्विक सामाग्री छुट्याउँदै सरोकारवाला निकायका अधिकारीहरु । २०७२ सालको भूकम्पमा भत्किएको सुन्धाराको धरहरा तथा बसन्तपुर र आसपासका क्षेत्रका सम्पदाको भग्नावशेषबाट पुरातात्विक सामाग्री छुट्याउने कामको अगुवाई काठमाडौं महानगरले गरिरहेको छ भने यसको समन्वयमा नेपाली सेना र पुरातत्व विभाग छन् ।

के के भेटिए भग्नावशेषमा

भग्नावशेषमा भेटिएका काष्ठ सामाग्रीहरु बसन्तपुर क्षेत्र वरपरका हुन् । यहाँ मन्दिरको भित्री भागमा प्रषेग हुने काठका सानासाना टुक्रा र चुकुलहरु भेटिएका छन् । तीमध्ये एउटा काठको जोर्नी काष्टमण्डपको हो भन्ने अनुमान गरिएको छ, त्यसको एकिन हुन बाँकी छ, पुरातत्व अधिकृत खड्काको भनाइ छ ।  

त्यहाँ भेटिएको ५९ ×१५ × ८ सेन्टिमिटरको टुँडालमा गङ्गाको आकृति कुँदिएको छ । त्यस्तै ४४ × २० × ८ सेन्टिमिटरको काष्ठ फलक पाईएको छ । यस फलकमा झल्लर बुट्टा, कमलको फूल र फूलका चिन्ह छन् ।

भग्नावशेषबाट एउटै आकृति र शैलीका ३ बटा थामहरु पनि भेटिएका छन् । यसमध्ये एउटा राम्रो अवस्थामा अर्को सामान्य अवस्थामा र अर्को जीर्ण अवस्थामा छ । राम्रो अवस्थामा भएको थामको नाप २ मिटर ८ सेन्टिमिटर लम्बाई छ भने २१ × २१ सेन्टिमिटर मोटाइ छ । त्यस्तै सामान्य अवस्थामा भएको थामको नाप २ मिटर १० सेन्टिमिटर लम्बाई छ भने २१ ×२१ सेन्टिमिटर मोटाइ छ । जीर्ण अवस्थामा भएको थामको नाप २ मिटर लम्बाई छ भने २१ × २१ सेन्टिमिटर मोटाइ छ ।

भग्नावशेषमा पाइएको घोडा रुपी, १ मिटर ९ सेन्टिमिटर ×  १५ ×९ सेन्टिमिटरको मन्दिरको छानाको कुनामा प्रयोग हुने को सरव अर्थात् सलमा पाइएको छ ।

त्यस्तै ढोकाभन्दा माथि र छानाभन्दा तल प्रयोग हुने चुकुलसहितको कीर्तिमुख अर्थात् ध्वलिख्वाः पनि भग्नावशेषमा पाइएको छ । यसको नाप   ३३ ×१२× ११ सेन्टिमिटरको छ । त्यस्तै  ३२ ×५ × ५ र ४९ × ८× ८ सेन्टिमिटरका दुई वटा थाँचा पनि पाइएका छन् । कलश, केरा गौचा, ग्याउचा आदिको कलात्मक बुट्टा कुँदेको यस प्रकारको सामाग्रीले तत्कालीन सम्पदा क्षेत्रको कला बुझ्न सकिने महानगरको सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठ बताउनु हुन्छ ।

त्यस क्षेत्रमा पाइएका अन्य पुरातात्विक सामाग्रीमा झ्यालमा प्रयोग ५ वटा र ढोकामा प्रयोग हुने १५ वटा कलात्मक बस्तु छन् ।

प्रस्तर कलातर्फ मल्लकालनी प्रस्तर थाम, टुँडिखेल प्रवेशद्वारमा राखिएका आधुनिक सिंह जोडी, आधुनिक गणेश मूर्ति रहेका छन् भने ढलोटका घण्ट, मल्लकालीन फ्य गः र ग छन् ।

यति सामाग्री भएका ठाउँमा अरु पनि त होलान् नि? सुक्ष्म भग्नावशेषलाई नहेरी माटो सम्याइएको छ, पुरातात्विक बस्तु नासिने सम्भावना भएन? प्रश्नमा प्रतिक्रिया दिँदै सामान व्यवस्थापन गर्न गएका पुरातत्व अधिकृत प्रकाश खड्काले — नासिने खतरा र भेटिने सम्भावना दुवै रहेको बताउनु भयो ।

यो काम महानगरको अगुवाईमा नेपाली सेना र पुरातत्व विभागको समन्वयमा भइरहेको हो । 

प्रतिकृया दिनुहोस

निर्बाचन, तामाङ र ताम्सालिङ

भर्खरै प्रदेश र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न भयो । यतिबेला देशैभरबाट मत परिणामहरु धमाधम आइरहेका...

नेपाली कवितामा तामाङ साहित्यकारको योगदान 

१. विषय प्रवेश कविता भनेको भावनात्मक यथार्थताको अनुपम संयोजनयुक्त कलात्मक सिर्जना हो । जहाँ भावनाले रङ...

महामहिम दलाई लामाको विचारले उब्जाएका अवधारणा

फेसबुकमा हालै महामहिम दलाई लामाले "बुद्ध भारतीय हुन्" भन्ने सिद्ध गर्न गरेका प्रयासले नेपालीहरूलाई तरङ्गित...

जनजातिले किन निर्बाचनमा आत्मघाती गोल गर्छन् ?

विषय प्रवेश नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचिकरण गरेको छ । त्यस अघि ६१ जातिलाई...

तामाङ नाम, तामाङ जातीको पहिचान हुन सक्छ ? प्रयोग एक !

परिचयको लागि मनुवाले आफु भन्दा ठुलाहरु मार्फत या जाती सस्कार अनुसार एउटा नाम पाउछ ।...

ठुला दल तामाङ समुदायप्रति राजनीतिक पूर्वाग्रही किन ?

एकल जातीय तामाङ बाहुल्य जिल्ला रामेछाप, नुवाकोट, दोलखा, सिन्धुली, धादिंग, सिन्धुपाल्चोक, मकवानपुरमा तामाङ समुदाय  प्रति ...