बेरोजगार हुनुहुन्छ ? चिन्ता नगर्नुहोस, सरकारले बनायो जागरि खोज्ने ठाउँ

बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? चिन्ता नलिनुहोस, अव तपाईलाई सरकारले नै जागिर खोज्ने उपाय सिकाइ दिएको छ । बेरोजगारलाई जागिर र उद्योगलाई कामदार उपलब्ध गराउने उद्देश्यले सरकारले एउटा अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सरकारीस्तरबाट रोजगारी खाज्नका लागि पहिलो पटक यो साइट सञ्चालनमा ल्याइएको हो ।

जब खोज डट गभ डट एनपी वेब ठेगानामा गएर जागिरको विबरण खोज्ने तथा आवेदन दिन सकिने छ । निजी क्षेत्रमा जागिरको अवसर खोज्ने बिभिन्न साइट भएपनि सरकारी पहलमै शुरु भएको यो साइट पहिलो हो ।

पढेलेखेका नेपालीहरु अवसर नभएको भन्दै बिदेश पलायन भैरहेको समयमा सरकारी तवरवाट आएको यो साइट उपयोगी बन्न सक्छ । अन्य निजी क्षेत्रवाट सन्चालित साइट भन्दा सरकारी साइटलाई बिश्वासिलो मान्ने गरिन्छ ।साइटमा उद्योग र प्रतिष्ठानहरुलाई आवश्यक कामदारको संख्या, कामको बिबरण, सेवा सुविधा र सर्तहरु राखिएको हुन्छ ।

यसैगरी कामदारको पनि शैक्षिक योग्यता, अनुभवको विवरण पनि राखिएको हुन्छ । प्रविधिको यो फड्को सँगै अब पढाई सकेपछि जुक्ता फाटुञ्जेल जागिर खोज्नु पर्दैन । यो साइट सन्चालनमा आएपछि पछिल्लो समय इमेल मार्फत बैयक्तिक बिवरण पठाउने झन्झट पनि हट्ने बिश्वास गरिएको छ ।

सरकारी काम हो, निरन्तरता पाउला कि नपाउला ? यो प्रश्न सबैका मनमा छ किनभने नेपालमा हाकिम परिवर्तन हुना साथ कार्यक्रम र प्राथमिकता पनि परिवर्तन हुने पुरानै रोग छ । तरपनि बेरोजगार युवाले ब्यग्रतापूर्वक हेर्ने यो साइट निरन्तर रुपमा चले धेरै युवाहरु लाभान्वित हुन सक्छन ।  याे समाचार मेराे लगानी डटकमबाट । 

प्रतिकृया दिनुहोस

विकासशील राष्ट्रमा स्तरोन्नति नहुने इच्छा

img

नेपालीहरूको प्रति व्यक्ति आयमा थप सुधार भएपछि मात्र नेपालले अतिकम विकसित राष्ट्रको ...

चिया उद्योग व्यवसायीको समस्या सुरक्षाबारे गोष्ठी

img

केन्द्रीय चिया सहकारी संघको आयोजनामा शनिबार हिलेमा एक दिने चिया क्षेत्रमा व्यवसायजन्य ...

आइएमईले थपे २ शाखा र एक उपशाखा

img

आइएमई जनरल इन्स्योरेन्सले दुई वटा शाखा र एउटा उपशाखा सञ्चालनमा ल्याएको छ ...

दोलखाबासीलार्इ खुशीको खबर, माथिल्लो तामाकोशीको आइपिओ चैतमा जारी

img

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख ...

खाता भएको बैंकमा मात्रै पैसा जम्मा गर्ने बाध्यता हटाए : राष्ट्र बैक

img

जुनसुकै बैंकमा खाता भए पनि आफ्नो पैसा जम्मा गर्न त्यही बैंकको शाखामा ...

शैलुङ गाउँपालिकाद्वारा कृषकलाई गाई वितरण

img

दोलखा । शैलुङ गाउँपालिका वडा नम्वर ५ का कृषकलाई दुग्ध उत्पादनका लागि ...

पत्रपत्रिका

सबै