समाचार

निर्वाचन पर्यवेक्षणका लागि दोलखामा संघसंस्थाले चासो लिएनन्

दोलखा गत असोज ८ गते निर्वाचन आयोगले प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन पर्यर्वेक्षणका लागी १५ दिने सुचना जारी गरेको भएपनि दोलखाका कुनै पनि संघ संस्थाले निवेदन दर्ता नगराएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

निर्वाचन आयोगले असोज ८ गते देखी २३ गते सम्मका लागी १५ दिने सुचना गोरखापत्र मार्फत पर्यर्वेक्षण गर्न चाहने संघ,संस्था र व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि निर्वाचन पर्यवेक्षण निर्देशिका २०७४ बमोजिम कागजातहरू सहित अनुसूची–२ को ढाँचामा निवेदन दिन अनुरोध गरिए पनि जिल्लामा एउटा पनि निवेदन दर्ता नभएको निर्वाचन कार्यालय दोलखाका कर्मचारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले हिजो देखी २९ गते सम्मका दोस्रो पटक सुचना जारी गरेकाले  पर्यर्वेक्षण गर्न चाहने संघ,संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको उद्देश्य सुशासन, लोकतन्त्र, निर्वाचन र शान्ति  प्रवद्र्धनसंग सम्बन्धित भएका संस्थाको विधानको उद्देश्यको प्रतिलिपि, संघसंस्था नविकरण भएको निस्साको प्रतिलिपि, संघसंस्थाको विधानकोे प्रतिलिपि, संघसंस्थाको कार्यक्रम एवं लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, संस्थाका कार्य समितिका पदाधिकारीहरूको नामावली, विगतमा गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भएसोको प्रमाण, पर्यवेक्षण सम्बन्धमा संघ,संस्थाले तयार पारेको ब्रोशर,पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भएसो समेत, संघ÷संस्थाले तयार गरेको पर्यवेक्षक परिचालन सम्वन्धी नीति २०७४ बमोजिम तपसिलमा उल्लिखित कागजातहरू सहित अनुसूची–२ को ढाँचामा जिल्ला निर्वाचन कार्यालयम निवेदन सकिने वताईएको छ । साथै  http://observer.election.gov.np/ बााट निवेदनको नमूना डाउनलोड गर्न सकिने छ । विद्युतीय माध्यमको प्रयोग गरी निवेदन दिन चाहने संघ÷संस्थाले पनि निवेदन सकिने बताएका छन् । 

प्रतिकृया दिनुहोस

दुखेको घाउमा मल्हम लगाउने प्रयास : रमेशकुमार महत

नुवाकोट । दुखेको घाउमा मल्हम लगाअौं भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै आज आगलागी भएर पीडित बनेका...

सेफ महासंघमा ११ सदस्यीय गठन

काठमाडौं । नेपाल सेफ महासंघ शनिबार काठमण्डौमा पनि विस्तार गरिएको छ । नेपाल सेफ महासंघको अध्यक्ष...

तामाङ डाजाङको १७० औं साहित्यिक श्रृंखला सम्पन्न

काठमाडाैं । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न...

सिन्धुपाल्चाेकमा वाम गठबन्धनकाे अग्रत कायमै

सिन्धुपाल्चाेक । पहिलाे चरणमा निर्वाचन भएकाे सिन्धुपाल्चाेकमा मतगणना जारी छ । हिजाे बेलुका देखि शुरूभएकाे...

झुण्डिएर आत्माहत्या

मकवानपुर ।  मनहरि गाउँपालिका वडा नं ६ खैरघारीकी सञ्चमाया तामाङले झुण्डिएर आत्माहत्या गरेकी छन् । ५२...

सिन्धुपाल्चोक २ मा पशुपतिशमशेरकाे अग्रता

सिन्धुपाल्चोक । पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकम २मा पनि  मतगणना सुरू भएकाे छ ।  सिन्धुपाल्चोक क्षेत्र...