निर्वाचन आयुक्तको आग्रहः तत्काल अप्रिय निर्णय नगर्नुस

काभ्रे । सरकारलाई निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले तत्काल अप्रिय निर्णय नगर्न आग्रह गरेका छन् ।

काभ्रेको धुलिखेलमा ७७ वटा नै जिल्लाका मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतहरुलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आयोजित निर्वाचन सञ्चालन तथा ब्यवस्थापन प्रशिक्षक कार्यक्रममा बोल्दै आयुक्त यादवले सरकारसँंग सो आग्रह गरेको हो ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिध सभा तथा प्रदेश सभाको निर्वाचन सम्बन्धीको सम्पूर्ण काम अन्तिम चरणमा पुगेकोले सरकारलाई अप्रिय निर्णय नगर्न आग्रह गरेका छन् ।

मंगलबार उनले आगामीे निर्वाचनलाई ब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि मुख्य निर्वाचन र निर्वाचन अधिृकतहरु प्रशिक्षणमा सहभागी भएको बताउँदै त्यसको लागि आबश्यक ऐन र नियमहरुको बारेमा समेत छलफल भईरहेको बताए । ‘यस्तो अवस्थामा नेपाल सरकारले अप्रिय निर्णय नगर्नुहोला, हामी आग्रह गर्न चाहन्छौ, जनताको आग्रह छ, नेपाली जनताको बीचमा काम गरिरहेको अवस्थामा यस्तो अप्रिय निर्णय नगरिदिनुहोला ।’ डा. यादवले भने ।

कल्याणकारी राज्य निर्माण गर्ने नेपाल सरकारको दायित्व भएको र यो निर्वाचन पनि त्यहीसँग सम्बन्धीत रहेकाले त्यस्तो निर्णय नगर्न उनले जोड दिए । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन स्थानीय निकायको निर्वाचन भन्दा फरक रहेकाले उम्मेदवारहरुले शक्ति, पैसा र जनबल प्रयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्ने भएकाले उनले सुरक्षा निकाय र स्थानीय सरकारलाई त्यही अनुसार परिचालन गर्ने बताउनु भयो । सबै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए ।

निर्वाचन आयोगको आयुक्त सुधिर कुमार शाहले निर्वाचन तोकिएकै मिति र समयमा सम्पन्न हुने भएकाले अरु कसैले फिजाएको भ्रममा नपर्न मुख्य निर्वाचन र निर्वाचन अधिृकृतहरुलाई आग्रह गरे । उनले निर्वाचनमा नियम उलंघन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ता भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

आजबाट सञ्चालन भएको दूई दिने प्रशिक्षण कार्यक्रममा ७७ जना मुख्य निर्वाचन अधिृकत र नेपाल सरकारका न्याय सेवाका उप–सचिवस्तरका निर्वाचन अधिृकत गरी १७४ जनाको सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ३ को सचिवमा पूर्वमन्त्री पोखरेल

img

पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल नेकपाका प्रदेश नं. ३ का सचिवको जिम्मेवारी दिएको ...

संविधान विरोधी नेपाल मुक्ति मञ्च

img

हिजो आश्विन ३ गते संविधान दिवस । यो अवसरमा देशभर विशेष कार्यक्रमको ...

गणेशमान जस्तो नेता देशलार्इ खाँचो

img

देशमा क्रान्तिनायक गणेशमान सिंहको जस्तो त्याग, समर्पण, आँट र  क्रान्तिकारीपन अहिले आवाश्यक रहेको जिल्ला नेताहरुले ...

असोजमा दलित पार्टीको राष्ट्रिय भेला

img

नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीलेपछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए ...

शहीदभूमिमा कांग्रेसले बाँडे सदस्यता कार्ड

img

नेपाली कांग्रेस धनकुटाले संगठनलाई क्रियाशील तथा सुदृढीकरण गर्ने उद्देश्यले बिहीबार धनकुटाको शहीदभूमि ...

विधान मस्यौदा समितिलार्इ १५ बुँदे सुझाव तथा मागपत्र हस्तान्तरण

img

नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुँदे माग तथा सुझावपत्र बुझाएको छ ...

पत्रपत्रिका

सबै