समाचार

म्यादी प्रहरीमा ९८ हजारलाई रोजगारी खुल्यो, आजैबाट आवेदन गर्न सकिने

भर्ना हुन चाहने व्यक्ति नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले दुरूस्त हुनुपर्ने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यलयका अनुसार अजैबाट देशभरका ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना हुन आवेदन गर्न सकिने छ ।

आवेदन परेका निवेदनहरूबाट म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म हुने सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्ने प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन चाहने व्यक्ति नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले दुरूस्त हुनुपर्ने  छ । म्यादी प्रहरीमा भर्ना हुन साधारण लेखपढ भए पनि हुने । निर्वाचन सकिएपछि म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

प्रतिकृया दिनुहोस

दुखेको घाउमा मल्हम लगाउने प्रयास : रमेशकुमार महत

नुवाकोट । दुखेको घाउमा मल्हम लगाअौं भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै आज आगलागी भएर पीडित बनेका...

सेफ महासंघमा ११ सदस्यीय गठन

काठमाडौं । नेपाल सेफ महासंघ शनिबार काठमण्डौमा पनि विस्तार गरिएको छ । नेपाल सेफ महासंघको अध्यक्ष...

तामाङ डाजाङको १७० औं साहित्यिक श्रृंखला सम्पन्न

काठमाडाैं । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) सम्पन्न...

सिन्धुपाल्चाेकमा वाम गठबन्धनकाे अग्रत कायमै

सिन्धुपाल्चाेक । पहिलाे चरणमा निर्वाचन भएकाे सिन्धुपाल्चाेकमा मतगणना जारी छ । हिजाे बेलुका देखि शुरूभएकाे...

झुण्डिएर आत्माहत्या

मकवानपुर ।  मनहरि गाउँपालिका वडा नं ६ खैरघारीकी सञ्चमाया तामाङले झुण्डिएर आत्माहत्या गरेकी छन् । ५२...

सिन्धुपाल्चोक २ मा पशुपतिशमशेरकाे अग्रता

सिन्धुपाल्चोक । पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकम २मा पनि  मतगणना सुरू भएकाे छ ।  सिन्धुपाल्चोक क्षेत्र...