जि–नेसोगको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

स्वास्थ्य सेवा नपाएर महिलाले अकालमै ज्यान गुमाएपछि राष्ट्रपतिलाई चिन्ता

कभ्रे । जि–नेसोगको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा मंगलवारबाट सुरु भएको छ ।

धुलिखेल अस्पताल र जर्मन नेपाल सोसाईटी अफ अब्सट्रेटिक्स एण्ड गाइनोलोजी (जि–नेसोग) को संयुक्त आयोजनामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी सुरु भएको हो ।  सम्मेलन असोज २४, २५ र २६ गते सम्म अस्पतालमा सञ्चालन हुनेछ ।

स्वास्थ्य सेवा नपाएर महिलाले अकालमै ज्यान गुमाएपछि राष्ट्रपतीलाई चिन्ता राष्ट्रपती विद्यादेवी भण्डारीले महिलाले समयमै स्वास्थ्य सेवा नपाएपछि अकालमै ज्यान गुमाउनु परेपछि चिन्ता व्यक्त गरेकी छिन् ।

मंगलबार काभ्रेको धुलिखेल सामुदायिक अस्पताल र जर्मन नेपाल सोसाईटी अफ अब्सट्रेटिक्स एण्ड गाइनोलोजी (जि–नेसोग) को संयुक्त आयोजनामा महिला प्रजनन सम्वन्धी कार्यशालाको उद्घाटन गदै राष्ट्रपती भण्डारीले यस्तो चिन्ता व्यक्त गरेको हो ।

उनले अझै मुलुकको ग्रामीण भेगमा महिलाहरुले गुणस्तरीय स्वास्थ्य सेवा नपाएर अकालमै ज्यान गुमाउनु परेको बताउँदै परमपरागत र रुढिबादी गलत सोचका कारण स्वास्थ्य चेतनाको अभावमा वर्षेनी कयौ महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको बताइन । ‘अझै पनि दुर्गम र ग्रामीण भेगका महिलाहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्, त्यसैले महिला स्वास्थ्य सेवा, प्रजनन स्वाथ्यमा सुधार र विस्तार गर्न सरकार, समुदाय एवं सम्वन्धीत निकायको ध्यान आकर्षण गर्न चाहन्छु ।’ भण्डारीले भनिन, ‘विशेषगरि दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार हुन नसक्दा विकट भेगका महिलाहरुको स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन ।’ त्यसको लागि नेपाली स्थास्थ्य सेवा क्षेत्रले पु¥याएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

महिलाहरुमा स्वास्थ्य सेवा सम्बन्धी ज्ञानको अभाव

एक अर्का प्रशंगमा राष्टपती भण्डारीले महिलालाई अतिरिक्त कार्यबोध, चुलो चम्का घरायसी धन्दामा केन्द्रीत र आर्थिक स्रोत साधनमा न्युन पहुँचभएका महिलाहरुमा स्वास्थ्य सेवा सम्बन्धी ज्ञानको अभाव कायमै रहेको बताइन ।  उनले भनिन, ‘यसको समस्या समाधानका लागि सम्वन्धीत निकायले सेवा र पहुँच तत्काल पु¥याउन जोड दिनुपर्नेछ ।’

मुस्कान सहित सेवा दिन आग्रह

राष्ट्रपती भण्डारीले प्रजनन्को समयमा स्वास्थयकर्मीहरुले मुस्कान सहितको सेवा दिन आग्रह गर्दै त्यसबाट नवजात शिशु स्वस्थ रहने बताए ।

अन्तर्राष्ट्रिय सम्मेलनमा कुन देशको कत्ति सहभागिता ?

कार्यक्रममा धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख राजेन्द्र कोजुले तीन दिनसम्म चल्ने सम्मेलनमा दश देशका विशेषज्ञहरुको सहभागिता रहेको जानकारी दिए । जसमा नेपाल सहित भारत, अमेरिका, स्वीट्जरल्याण्ड, क्यानाडा, नर्वे, जर्मनी, डेनमार्ग, श्रीलंका र अष्ट्रेलियाका ३७ जना विशेषज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुतीकरण गर्नेछन् ।

के केमा छलफल हुन्छ सम्मेलनमा ?

सम्मेलनमा स्त्री रोग सम्बन्धीका पिसाव चुहिने, पाठेघरको समस्या, आङ खस्ने समस्या, फिजियोथेरापी, र गर्भअवस्थामा देखिने महिलामा देखिने समस्या र समाधानका विषयमा छलफल हुने अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठले जानकारी दिए । डा. आवाका अनुसार विशेषगरी ग्रामीण भेगका महिलाहरुमा देखिने विभिन्न स्त्रीरोग, गर्भवती महिलाको समस्या,रक्तश्राप, आङ्ग झर्ने लगाएत फिजियोथेरापी, वेवी मसाजका, अप्रेसन र उपचार पद्धतीका बारेमा  अनुभवी चिकित्सकहरुको छलफल हुनेछ ।

सम्मेलन असोज २४, २५ र २६ गते सम्म अस्पतालमा सञ्चालन हुनेछ । विभिन्न देशमा भएको उपचार पद्धती, अनुभव, प्रविधकिको प्रयोग लगाएतका विषयमा कसरी सञ्चालन गरेको छ  भन्ने विषयमा आ–आफ्नो अनुभव सहितको कार्यपत्र प्रस्तुत हुनेछ । कार्यक्रममा अनुभवी फिजियोथेरापीप्ट, गाईनोलोजीष्ट मेडिकल सर्जन लगाएतको पहिलो संम्मेलन रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

समावेशी समाज विकासको अधिवेशन सम्पन्न अध्यक्षमा मनुकला

img

समावेशी समाज विकास नेपाल धनकुटाको चौथो अधिवेशन सम्पन्न भएको छ । धनकुटाको ...

धनकुटा घेदुङको शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

img

धनकुटामा तामाङ घेदुङ नगरले शुभकामना आदानप्रदान सम्पन्न भएको छ । घेदुङ नगर कार्यसमिति ...

पूर्व राज्यमन्त्री खड्का अचानक बेहोस, नर्भिकमा भर्ना

img

माओवादी केन्द्रकी नेतृ पूर्वराज्यमन्त्री देवी खड्का अचानक बेहोस भएपछि अस्पताल भर्ना भएकी ...

ब्लड क्यान्सर मदनलाई उपचारको लागि कोरियाबाट ६३ हजार सहयोग

img

भिमेश्वर नगरपालिका ५ का ब्लड क्यान्सर मदन केसी उपचारको लागी कोरियामा रहेका ...

सर्लाहीमा ३६ औं मगर दिवस फागुनमा मनाइने

img

सर्लाहीको हरिवनमा ३६ औं मगर दिवस मनाइने भएको छ। इतिहास, भाषा, संस्कृति, संरक्षण ...

जेष्ठ नागरिकहरुले गरे चरिकोटमा खानेपानीको व्यवस्थापन

img

दोलखा सदरमुकाम चरीकोटमा रहेको सातदोवाटो चोकमा जेष्ठ नागरिकहरुले खानेपानीको व्यस्थापन गरेका छन् ...

पत्रपत्रिका

सबै