राजनीति

प्रदेशसभातर्फ समानुपातिकमा सुर्यको अाकांक्षी

काठमाडाैं । देश प्रदेश र संघको चुनावमा होमिएको छ । चुनावी चहलपहल सुरु हुने क्रम जारी रहँदा जिल्ला जिल्लाबाट विभिन्न दलका उम्मेदवारीमा नाम सिफारिस र उथलपुथल चलिरहेका छन् ।

चुनावी मैदानमा उतार्ने क्रममा तीन दशक पार्टीका लागि योगदान गरिसकेका सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका साविक ठुलोधादिङ गाविसका तत्कालीन अध्यक्ष सुर्यबहादुर लामाले पनि निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ बाट समानुपातिकमा नाम दर्ता गरेको छ । लामाको योगदानलार्इ कदर गर्दै सिन्धुपाल्चोकका एमालेले प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको हो ।

यस्तो छन् राजनितिक यात्रा

२०४७ सालदेखि २०५० सम्म पेशागत नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को भक्तपुर जिल्ला अध्यक्ष भएका थिए । नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियनमा पनि अबद्ध भएका थिए ।  राजनीति, कर्मठ र बौद्धिक सामाजिक ज्ञान भएका निडर  लामा साविक ठुलो धादिङबाट २०५४ मा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । २०४७ सालदेखि गाउँ, इलाका, क्षेत्रिय हुँदै जिल्ला कमिटी सदस्य भर्इ राजनितिक यात्रा अगाडि बढाएका हुन् । २ पल्ट जिल्ला कमिटी सचिवालय सदस्य र हाल जिल्ला कमिटीको उपसचिवको जिम्मेवारी सम्हालेका छन् । पार्टीको जिम्मेवार वहन गर्दै संघीय निर्वाचन क्षेत्र नं. १ का प्रादेशिक क्षेत्र नं. १ को संयोजक भर्इ कार्यरत छन् ।

२०५४ को गाविस अध्यक्ष निर्वाचितपाश्चत् सिन्धुपाल्चोकको सुदूर पूर्वमा रहेको विकट गाउँमा विकास निर्माणको केही छनक नै नभएको ठाउँमा विकासका पुर्वाधार शिक्षा, स्वास्थ्य, सडक, विद्युतीकरण, खानेपानी जस्ता अतुलनीय योगदान दिर्इ कामको प्रारम्भिक थालनी गरेका थिए । उनलाई राजनीतिकर्मी बाहेक समाजसेवीको रुपमा पनि परिचित छन् ।

जिल्लागत बसोबासको तथ्याङ्क अनुसार सिन्धुपाल्चोक जिल्ला जनाजातीहरूको बाहुल्यता भएको जिल्ला जसको अधिकारको उठानको लागि नेपाल अदिवासी जनजाति महासंघ गठन गरी सिन्धुपाल्चोकको पहिलो जिल्ला अध्यक्ष समेत भएका थिए।

प्रतिकृया दिनुहोस

१ सय ११ सिटका लागि ८ सय २ को उम्मेदवारी (सूचिसहित)

काठमाडौं। मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दलहरूले...

दोलखामा मनोनयन दर्ता उत्साहजनक, दल र स्वतन्त्र गरी ४० को उम्मेदवारी (सुचीसहित)

दोलखा । दोलखामा आगामी मंसिर १० मा हुने निर्वाचनका उम्मेदवारी दर्ता उत्साहजनक भएको छ । निर्वाचन...

मनोनयन दर्तामा उत्साहजनक सहभागिता : अायोग

काठमाडाैं । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा...

नुवाकोटमा मनोनयन दर्ता उत्साहजनक

नुवाकोट । अागामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट ३ पूर्व मन्त्री...

धोकापछी केसिले पार्टी त्याग, कम्युनिष्टबाट उम्मेदवारी दर्ता

दोलखा । दोलखामा नेकपा एमालेले टिकट वितरणमा अन्याय गरेको र पटक-पटक आफूलाई धोका दिएको भन्दै दोलखाका एमाले...

प्रतिनिधिसभाका एक्लो उम्मेदवार ‘ल्हाक्पा शेर्पा’

काठमाडौं । संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधीसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको...