बहराइनमा शैक्षिक सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न

सोनाम दोङ मानम । नमस्ते इन्टरटेनमेन्ट बहराइन को आयोजनामा यहि अक्टोबर ६ तारिख शुक्रबार बहराइनको अद्लिया  स्थित बाङसाङ थाइ रेस्टुरेन्टको सभा हलमा "शिक्षा का लागि एक साझ" भन्ने मुल नारा लिएर गरिएको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

निर्धारित समय भन्दा अलि ढिला संचालन भएको उक्त कार्यक्रममा सभापतित्व नमस्ते इन्टरटेन्मेन्ट बहराइनका सल्लाहकार श्री निमा शेर्पा ज्यु ले गर्नु भएको थियो भने नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्य र एनआरएनए बहराइनका उपाध्यक्ष नारायण उप्रेती,जनजाती महासंघ बहराइनका अध्यक्ष ज्ञानेन्द्र तमु,प्रवासी नेपाली मंचका अध्यक्ष सालिग्राम पन्तको विशेष अतिथि लगायत  बहराइनमा कृयाशिल विभिन्न संघ संस्थाहरुको प्रतिनिधि हरुको आतिथ्यका बिच कार्यक्रम सम्पन्न भएको थियो।

दर्शक दिर्घले खचाखच भरिएको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आकर्षण मङ्गोलियन हर्ट का सदाबहार गायक राजु लामा थियो भने बहराइनको कलाकारिता क्षेत्रमा चम्केका कलाकारहरु बुद्ध मोक्तान,अनु राना मगर,मिनाक्क्षी लामा,रिया राइ,श्रेया गुरुङ,सुमन लामा,पुर्न लामा,मिलन बल,लाक्पा शेर्पा,पुजा लामा र पुजा भुसाल का साथै सागर राइ र प्रतिक सिवा लगायतका कलाकारहरुको दमकेदार प्रस्तुति पनि रहेको थियो।



एकीकृत सिर्जनशील समाज नेपाल जुनु पुन आमाकी तिन दर्जन बालबालिकाहरुको शिक्षाका निमित्त आयोजना गरिएको उक्त कार्यक्रम  निकै रोचक र रमाइलो भएको उपस्थित दर्शकहरुले सैलुङ अनलाइनका संवाददाता संगको कुराकानीमा बताएको छ । कार्यक्रम ढिलो गरि सञ्चालन भएको भएता पनि अल्छी लाग्ने अवस्था कहि कतै पनि सिर्जना नभएको दर्शक श्रोता हरुको जिकिर छ,  ।

नमस्ते इन्टरटेन्मेन्टले नाम झै भरपुर इन्टरटेन (मनोरंजन) दिएकोमा यतिखेर बहराइनबासी आम दर्शकहरुको मुख मुखमा नमस्ते इन्टरटेन्मेन्ट कै चर्चा परिचर्चा चलि रहेको छ।

कार्यक्रम आयोजक टीमका सोनम दोङ र अनिल योन्जन ले संचालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

जेद्दामा नकाउट पुरुष भलिबल प्रतियोगिता हुने

img

साउदीको जेद्दामा खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गैर आवासीय ...

कोख भाडामा लिएर १६ सन्तानको जन्म

img

वैकक । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना ...

मलेसियामा तामाङहरुले ग्याल्वो ल्होछार धुमधामसँग मनाए

img

पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रमको सहयोगार्थ ...

मलेसियामा ल्होछार साँस्कृतिक धमाका सम्पन्न

img

मलेसियामा ल्होछार साँस्कृतिक धमाका-३ सम्पन्न भएका छन् । बौद्ध धर्मावलम्बीहरुको महान राष्ट्रिय चाँड  ...

बिरामीको सहयोगार्थ जापानमा कृ को बिशेष शो हुने

img

गत साताबाट नेपालभर रिलिज भएको नेपाली चलचित्र कृ जापानको ओकिनावामा मृगौला बिरामीको ...

मलेसियामा रहेका चार तामाङ कलाकारले पाए अन्तराष्ट्रिय अवार्ड

img

हिमालयन इन्टरटेन्मेन्ट ग्रुप प्रालि नेपालले अायोजित “हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड २०१७” को ...

पत्रपत्रिका

सबै