बाम एकताले कांग्रेसलाई केहि असर गर्दैन : पूर्व मन्त्री गुरुङ

महेश मल्ल

न्यूयोर्क । अक्टोबर ९ का दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपालीहरूको महान चाड " दशै-तिहार, नेपाल संम्वत् र छठ पर्व " २०७४ सालको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री माननीय सुर्यमान गुरुङको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा शुभकामना बोल्दै पूर्वमन्त्री गुरुङले बाम एकताबाट कांग्रेसलाई कुनै क्षति नहुने बताउनु भयो । विचारले काँग्रेसलाई सधैं बचाई राख्ने धारणा राखेका ब्यक्त गरेका थिए । ईमानदारसँगले पार्टीको आव्हानमा आफुहरूले क्रान्ति गरेको कुरा सम्झन्दै, काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोगाउन सक्ने धारणा राख्नु भएको थियो ।  पूर्व मन्त्री गुरुङले, काँग्रेसले आफ्नो शक्तिलाई चिन्नुपर्ने धारणा राखेका थिए । प्रवासमा बसेर पनि लोकतन्त्रका निमित्त लागि पर्ने , चिन्ता व्यक्त गर्ने सबैलाई मन्त्री गुरुङले आभार प्रकट गर्दै, अहिले लोकतन्त्र माथि हमला भएकोले सबै लोकतन्त्रबादी शक्तिहरू एक हुनु पर्ने धारणा राखेका थिए ।

विशेष अथितिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र र नेपाली कांग्रेस पर्याय जस्तै भएकोले नेपालमा नेपाली काँग्रेसको अझै ४ सय बर्षसम्म महत्व र आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । अहिलेको पहिलो आवश्यकता कांग्रेसीहरूबीच भावनात्मक एकता हुनुपर्ने विचार राख्दै महासचिव नेम्बाङले कांग्रेसी नेताहरूबीच भावनात्मक एकता भएमा जस्तोसुकै बाम एकताले पनि कांग्रेसलाई जित्न नसक्ने ठोकुवा गर्नुभयो ।  आफुले पनि नेपाली जनसम्पर्क समिति अमेरिकालाई भावनात्मक रूपमा एक बनाउँन लागि कुनै कसुर बाँकी नराख्ने धारणा व्यक्त गरेका थिए । अर्का अतिथि नेजस अमेरिकाका कोषाध्यक्ष विजय थुलुंगले, काँग्रेसमा केही पैसावालाहरू, ब्यापारीहरू हावी हुनाले संगठनका पुराना कार्यकर्ताहरूको मनोबल गिरिरहेको कुरा राख्दै यसबाट संगठनलाई बचाउनुपर्ने कुरा राखेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व उपसभापति मिङ्मार शेर्पा, पत्रकार दिनेशजंग शाह, रिजुड नेपाली समाजका अध्यक्ष रविकिरण कोईराला, कांग्रेस नेता श्याम काजी गुरुङ, एनआरएन अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन, नेपाली खेलकूद संघ अमेरिकाका महासचिव संजीव श्रेष्ठ, जनसम्पर्क समिति न्यूयोर्कका क्रियाशिल सदस्य शीव बाँनीया लगायत थिए भने उपस्थित हुनेहरूमा पत्रकार बिजय पौडेल, छिरिङ तोप्के लामा, अनिल पाण्डे, महेश मल्ल, हरीस चन्द्र हमाल, चुण्डी शेर्पा, मोहन श्रेष्ठ लगायत थिए ।

न्यूयोर्क शहरको स्थानीय थकाली किचन ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य गणेश बिष्टले गरेको सो कार्यक्रमलाई च्याप्टरका उपसभापति अमर तामांङले सन्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाललाई ठोस सहयोगको आवश्यकता

img

प्रधानमन्त्री के.पी. शर्मा ओलीको चीन भ्रमण भरखरै सम्पन्न भएको छ । चीन ...

एमएनओको पाँचौ अधिवेशन इलाममा

img

मंगोल नेशनल अर्गनाइजेशन पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन इलाममा हुने भएको छ । जिल्लाको ...

गृहमन्त्री बादललार्इ ६ वर्ष र वलीलार्इ ४ वर्षको चिठ्ठा

img

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ६ वर्षको चिठ्ठा परेको छ । सोमबार ...

आयोगले दिए नेकपालाई दर्ता प्रमाणपत्र

img

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको ...

प्रतिपक्षलार्इ पनि सँगै लैजान सहमति खोज्दै सरकार

img

सरकारले प्रतिपक्षलाई पनिसँगै लैजानका लागि संसदमा दर्तामा रहेको ‘संसद सञ्चालन नियमावली’ को ...

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न सरकारमा गयौं : उपप्रधानमन्त्री यादव

img

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न आफूहरू सरकारमा सहभागि भएको उपप्रधानमन्त्री उपेन्द्र ...

पत्रपत्रिका

सबै