प्रत्यक्षतर्फ गुम्बा विकासका सदस्य सचिव गुरूङको अाकांक्षी

काठमाडौ । काठमाडौ क्षेत्र १ बाट नेपाली कांग्रेसको प्रदेश १ मा केन्द्रको लागि महामन्त्री प्रकाशमान सिंहको मात्रै उम्मेदवारी परेका छन् । प्रदेश सभामा क्षेत्र ‘क’ बाट प्रत्येक्षतर्फ मोहन राई, नरेन्द्र कुमार गुरुङ, ऋषि आचार्य, राजु अर्याल, दिपेन्द्र श्रेष्ठ, सुनिल  र प्रबल थापा सिफारिस गरेका  छन् ।

त्यस्तै क्षेत्र ‘ख’ बाट सुरजचन्द्र लामिछाने, कल्याण रिजाल, लिलाश्वरी प्रधान र जीवनचन्द्र कोइराला सिफारिसमा परेका छन् ।

समानुपातिकमा दर्जनौं महिला तथा पुरुषहरूको नाम प्रदेशमा सिफारिस भएका छन् । मोहन राई पुर्व सभासद र खेलकुद क्षेत्रबाट अाएका छन् भने नरेन्द्र कुमार गुरुङ बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिमा बहाल सदस्य सचिवमा कार्यरत छन् । सदस्य सचिव गुरूङ प्रध्यापन क्षेत्र र पार्टीमा लामो समयदेखि विभिन्न निकायमा पार्टीको जिम्मेवारी लगायत प्रशासनिक समेतको लामो जिम्मेवारी वहन गर्दै अाइरहेका छन् । सदस्य सचिव गुरूङले टिकट पाएमा जित्न सक्ने ठुलो सम्भावना पार्टीले बोकेको छ, स्थानीय कार्यकर्ताहरू बताउँछन् ।

काठमाडैं क्षेत्र नं. १ मा बाहिरी जिल्लाहरूबाट अाइ बसोबास गर्ने बाैदिक वर्गका ब्यक्तिहरूको पकट मानिन्छ । निर्वाचनमा प्रकाशमान सिंहले अात्यधिक मतले निर्वाचित भएको हुनाले यसपल्ट पनि नेपाली कांग्रेसबाट केन्द्र र प्रदेश दुबै जित्न सक्ने करिब करिब निश्चित देखिन्छ ।

प्रकाशमान सिंह आफू मन्त्री हुँदाखेरी यस क्षेत्रमा विभिन्न विकास निर्माणको कामहरू गरेको, जनतासँग प्रत्यक्ष रूपमा भेटघाट र सम्पर्कमा रहेको हुनाले यस क्षेत्रमा काङ्ग्रेस बलियो रहेको सिफारिसमा परेका ब्यक्तिहरू स्वीकार्छन् ।

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ३ को सचिवमा पूर्वमन्त्री पोखरेल

img

पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल नेकपाका प्रदेश नं. ३ का सचिवको जिम्मेवारी दिएको ...

संविधान विरोधी नेपाल मुक्ति मञ्च

img

हिजो आश्विन ३ गते संविधान दिवस । यो अवसरमा देशभर विशेष कार्यक्रमको ...

गणेशमान जस्तो नेता देशलार्इ खाँचो

img

देशमा क्रान्तिनायक गणेशमान सिंहको जस्तो त्याग, समर्पण, आँट र  क्रान्तिकारीपन अहिले आवाश्यक रहेको जिल्ला नेताहरुले ...

असोजमा दलित पार्टीको राष्ट्रिय भेला

img

नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीलेपछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए ...

शहीदभूमिमा कांग्रेसले बाँडे सदस्यता कार्ड

img

नेपाली कांग्रेस धनकुटाले संगठनलाई क्रियाशील तथा सुदृढीकरण गर्ने उद्देश्यले बिहीबार धनकुटाको शहीदभूमि ...

विधान मस्यौदा समितिलार्इ १५ बुँदे सुझाव तथा मागपत्र हस्तान्तरण

img

नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुँदे माग तथा सुझावपत्र बुझाएको छ ...

पत्रपत्रिका

सबै