राजनीति

समानुपातिकतर्फको उम्मेदवारमा थिरबहादुर सिफारिस

काठमाडाैं । आगामी मंसिरमा हुने आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव नजिकिदै जाँदा विभिन्न दल आ–आफ्नो उम्मेदवारीहरुलाई मैदानमा उतार्न आतुर परिरहेका छन् ।

देशको विभिन्न भागमा चुनावी चहलपहल सुरु हुने क्रम जारी रहँदा दोलखामा पनि चुनावीमय भैसकेका छन् । चुनावी मैदानमा उतार्ने क्रममा तीन दशक पार्टीका लागि योगदान गरिसकेका थिर बहादुर मोक्तान तामाङलाई दोलखा एमालेले उनको योगदानलाई उच्च मुल्यांकन गर्दै प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र न.२ बाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको छ । साथै तामाङलार्इ लोकतान्त्रिक जनजाति महासंघ प्रदेश नं. ३ र लोकतान्त्रिक तामाङ संघ केन्द्रले समेत सिफारिस गरेका हुन् ।

राजनितिक यात्रा  

इमानदार, लगनशील, सहनशील र राजनीति, बौद्धिक सामाजिक ज्ञान भएका निडर  शैलुङ गाउँपालिका साविक ताम्चेत दुधपोखरीका तामाङ २०४९ र २०५४ मा गरी दुर्इ पटक तत्कालीन गाविसका निर्वाचित अध्यक्ष भइ जनताको सेवा गरिसकेका छन् । उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्- ताम्चेत दुधपोखरीमा तीन दशक अगाडीदेखि नै एमालेको गढ बनाउदै तत्कालीन ७ नं. इलाका हालको सैलुङ गाउँपालिकामा एमालेलाई स्थापित गर्नमा समेत तामाङको ठूलो भूमिका रहेको छ । उनलाई राजनीतिकर्मी बाहेक समाजसेवीको रुपमा पनि चिनिन्छ ।

तामाङले २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएको तत्कालीन भुगोलमा भएका पार्टीका भिलेज एक्टिभ ग्रुपबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनलाई पार्टीले स्थानीय निर्वाचन २०४९ मा ताम्चेत दुधपोखरीबाट चुनावी मैदानमा उतारेको थियो । पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निभाएका निडर तामाङलाई स्थानीयले आत्याधिक मत दिई विजय गराएको थियो । १ हजार भन्दा बढी मत खसेको उक्त बुथमा विपक्ष ढ्वाङ्गमा जम्मा ६० भोट परेको रेकर्ड निर्वाचन अयोगको डाटामा रहेको छ । निरन्तर जनताको सेवामा लागिपरेका २३/२४ बर्षे ठिटोको काम गर्ने शैलीबाट प्रभावित दुधपोखरीका स्थानीयले २०५४ मा तामाङको विरुद्धमा उठेका नेपाली कांग्रेसका उम्मेद्वारको मात्र मत खसेका थिए ।

पार्टीले दिएको विभिन्न जिम्मेवारीलाई निभाउदै जातिय संघसंस्था नेपाल तामाङ घेदुङ जिल्लाका २ पटक अध्यक्ष र केन्द्रिय सदस्य समेत भइसकेका छन् । जनजाति महासंघ जिल्ला अध्यक्ष लगायत  हाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नं. ३ को सचिवालय सदस्य समेत रहेका छन् ।

प्रतिकृया दिनुहोस

तेब्बर मतान्तरले राजपाका नेता चौधरी विजयी

पुर्ण सुहाङ ​​​। कैलाली । कैलाली निर्वाचन क्षेत्र नं.बाट अत्यधिक मतले राजपाका नेता रेशम चौधरी प्रतिनिधिसभाका सदस्यमा विजयी भएका...

कैलाली-१,मा राजपाका रेशम चौधरी झन्डै २१ हजार मतान्तरले विजयी

कैलाली ।  कैलाली निर्वाचन क्षेत्र नं १,बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका उम्मेद्वार तथा पुर्व सांसद...

पुर्व सांसद चौधरीलाई कवि र कलाकारले दिए जित अघि बधाई

पुर्ण सुहाङ। कैलाली । कैलाली क्षेत्र नं.१,मा राजपाका नेेेता प्रतिनिधिसभाका सदस्य उम्मेद्वार रेशम चौधरी तेब्बर मत...

दोलखामा कुन दलको उम्मेद्वारले कति मत पाए तथ्यांक सहित

दोलखा । दोलखा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा २ नगरपालिका ७ गाउँपालिकाहारु छन् । यस जिल्लाबाट ...

तेस्रो प्रयासमा जीत हासिल गर्ने हितबहादुर अाखिर को हुन् ?

काठमाडाैं । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हित बहादुर तामाङ नेपाली राजनीति तथा नुवाकोट...

उदयपुर-१ बाट कांग्रेस नेता डा.खड्का विजयी

अन्जनी अधिकारी । उदयपुर । उदयपुर क्षेत्र नं.१,बाट डा.नारायण खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । डा.खड्काले यो...