पहिलो विश्व शेर्पा सम्मेलन भव्य रुपमा सुरु

काठमाडौं । शेर्पा समूदायको हितमा आयोजित पहिलो ऐतिहासिक विश्व शेर्पा सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्रीले छ्युमी बालेर र बौद्ध धर्मगूरुहरुबाट धर्मिक मन्त्रोचरण गरेपछि सुरु भएको थियो ।

राजधानीको होटल ¥याडिसनमा आइतबार सुरु भएको सम्मेलनमा प्रधानमन्त्री देउवाले विश्वको गौरवशाली इतिहास बोकेका शेर्पा समूदायको यो सम्मेलनमार्फत शेर्पाहरुको विश्व साझा मञ्च तयार हुनेमा आफु विश्वस्त रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रधानमन्त्री देउवाले शेर्पाहरुले सगरमाथामा आरोहण गरी शेर्पाहरुले नेपाललाई विश्वमाझ चिनाएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

सम्मेलन उद्घाटन समारोहमा सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा विश्वभर छरिएका शेर्पा एकै ठाउँमा भेला हुनु अत्यत्न जरुरी भएको बेलामै यस्तो सम्मेलन हुनु खुसीको विषय भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाद्वारा विश्व शेर्पा संघ तथर्द समितिको प्रचार प्रचार समितिद्वारा प्रकाशित स्मारिका ‘प्रथम विश्व शेर्पा सम्मेलन–२०१७’ विमोचन गर्नुभएको थियो ।

उक्त अवसरमा तोलका टुल्कु रिम्पोचे, सेन्दा टुल्कु रिम्पोचे, आचार्य नुर्ब शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पा, याङ्किला शेर्पा, आङछिरिङ शेर्पा, पूर्व सभासद् जिपछिरिङ लामा शेर्पा, वाङ्छे शेर्पा, आङदावा शेर्पालगायतका शेर्पा समूदायका विभिन्न विषयका विज्ञहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको दोस्रो दिन विभिन्न विषयका विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरी छलफल गरियो । काठमाडौंको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा बिहान ७ बजेबाट बेलुकी ७ बजेसम्म भएको छलफलमा करिब २२ मुलुकका करिब पाँच सय शेर्पा प्रतिनिधिहरुको उपस्थिति थियो ।

ग्लोबल शेर्पा एसोसिएसन तथर्द समितिको संयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा, राजनीतिक, लगानी, धर्म, मितव्यायीता, सञ्चार, लगानी, पर्वतारोहण, वातावरण, महिला सशक्तीकरण, युवा, विद्यार्थीलगायत विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि विभिन्न दश समूहमा छलफल गरिएको थियो । प्रत्येक समूहमा ३० बढी प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा बौद्ध धर्मसम्बन्धी आचार्य नुर्बु शेर्पा, राजनीतिसम्बन्धी पूर्व सांसद वाङछे शेर्पा, भाषासम्बन्धी डा लाक्पा नोर्बु शेर्पा, लगानीसम्बन्धी इन्जिनियर गोरे शेर्पा, मितव्यायितामा आङलेमी शेर्पा, शिक्षामा डा ल्हाक्पा शेर्पा, पर्वतारोहण तथा वातावरणमा पत्रकार आङछिरिङ शेर्पा, संस्कृतिमा सेर्कु शेर्पा, युवामा ल्हाक्पा शेर्पा, पत्रकारितमा निमलक्की शेर्पा, विद्यार्थीमा निमसाङ्गे शेर्पा, महिलामा पासाङ डोमा शेर्पालगायतका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रम शेर्पा संघका महासचिव ङवाङ सोनाम शेर्पाले सञ्चालन गर्नुभएको थियो ।  तेस्रो दिन मंगलबार शेर्पा सेवा केन्द्रमा सोमबार प्रस्तुत गरिएका कार्यपत्रमाथि वृहत छलफल गरी निचोड निकालिनेछ र विश्व शेर्पा संघको मस्यौदा विधानमाथि छलफल गरी घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्

सडक मर्मतमा जनप्रतिनिधिसहित स्थानीय

img

काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृत्तिलाई गतिलो जवाफ दिएका ...

टीकाभैरब-घुसेल सडक शिलान्यास

img

गोदावरी नगरपालिका–९ टीकाभैरबदेखि बागमती गाउँपालिका–१ घुसेलसम्मको बाटो आज गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन ...

गोदावरीमा अनलाइन सेवा शुरु

img

गोदावरी नगरपालिकाभित्रका १४ वटा वडा तथा नगरपालिका कार्यालयबाट अनलाइन सेवा शुरु भए ...

गोदावरीको घोषणा : आधारभूत तहको शिक्षा सुनिश्चित

img

कोही पनि विद्यालय जाने उमेर समूहका बालवालिकाहरू विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक ...

धनकुटा बालमैत्री नगर हुने

img

उचित फोहर ब्यावस्थापन तथा देशकै सफा शहरको रुपमा नेपाल सरकारबाट पुरस्कृत भैसकेको ...

भीमेश्वरले विद्यालय बाहिर बालबालिका नरहेको घोषणा

img

दोलखाको भीमेश्वर नगरपालिकालाई शुक्रबार आज एक कार्यक्रममाविच बालबालिका विद्यालय बाहिर नरहेको घोषणा ...

पत्रपत्रिका

सबै