संघ/प्रदेश

मृगौला रोगीलाई त्रिशुली समाज युएर्इले अर्थिक सहयोग

प्रवास । त्रिशुली समाज युएईले मृगौला रोगी कुमार तामाङलाई आर्थिक सहयोग गरेको छ ।

अाइतबार त्रिशुली समाज युएईका प्रतिनिधिहरुले काठमाडौं निबासी त्रिशुली समाजका भुतपुर्व सल्लाहकारद्वय भिम तामाङ, सोम तामाङ र सिङ्गराज तामाङ मार्फत नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर १ का बर्ष २८ को मृगौला रोगी तामाङलाई युएईबाट प्राप्त नगद नेपाली रु ६५,००० ( पैसाठी हजार )सहयोग रकम हस्तान्तरण गरेको छ ।

कुमार बिगत केही महिनादेखि मृगौला रोगले ग्रसित भएर आर्थिक अभावले गर्दा ठोस उपचार नभईरहेकोले अहिले बिश्वको जुनसुकै कुनाबाट अर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ भने कतिपय ठाँउमा कुमार बचाउ अभियान समेत भैरहेको छ ।

यसैलाई मनन गरि सेवा नै धर्म हो भन्ने मुल मर्मलाई मध्यनजर राख्दै त्रिशुली समाज युएईले एक महिना अगाडि 'कुमार तामाङ बचाऔ अभियान' सुरु गरेको त्रिशुली समाज युएईले जानकारी गराए । समाजका अध्यक्ष सम्पर बहादुर तामाङको नेतृत्वमा सुरु भएको अभियानमा विभिन्न सहयोगी महान मनहरुबाट आर्थिक सहयोग प्राप्त भएका थिए  ।

यसका साथै सम्पुर्ण सहयोगी मनहरुप्रती त्रिशुली समाज युएईले हार्दिक आभार प्रकट गर्दै पीडित  कुमार तामाङ लगायत सहयोगी मनहरु सम्पुर्णमा सुख शान्ति,समृद्धि तथा सु-स्वस्थ लाभको कामना समेत आफ्नो अधिकारीक समाजिक संजाल मार्फत व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

दोलखामा समानुपातिकमा एमाले पहिलो, माअोवादी तेस्रो

दोलखा । दोलखामा समानुपातिक तर्फको मतगणना सकिएका छन् । प्रत्यक्षतर्फको मतगणना सकिएको २ दिनपछि समानुपातिक मतगणना...

दलित अधिकार उल्लंघनका घटनाहरुमा सबै जिम्मेवार हुनुपर्ने

काठमाडौं । दलित मानव अधिकार उल्लंघनका घटनाहरुमा पिडितहरुको न्याय र यसबारे सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने...

बाममय काभ्रे, कांग्रेसको शून्य सिट

धुलिखेल । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा काभ्रे जिल्लाको २ वटा क्षेत्रमा प्रतिनिधिसभा...

हेभी मतान्तरमा केपी ओलीले जित निकाल्न सफल

एमालेका अध्यक्ष केपी ओली हेवी मतान्तरले विजयी भएका छन् । ओलीले ५७ हजार १ सय...

दक्षिण ललितपुर प्रदेश सभामा लालकुमारी पुन विजयी

ललितपुर । ललितपुर क्षेत्र नं. १ (क) का प्रदेश उम्मेदार लालकुमारी पुन (शुसिला) विजयी भएकी...

नुवाकोटबाट राधिका तामाङ निर्वाचित

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा राधिका तामाङ विजयी भएकी...