अर्थ

पहिलो सहकारी स्थापना गरेका दोलखा आर्थिकमा उन्नति

दोलखा । नेपालमा उदाहरणीय र नमुना काम गरेका सहकारीहरु हेर्ने/भन्ने वित्तिकै दोलखा जिल्लाको नाम अग्रपंक्तिमा आउँछ । देशविदेशका सहकारीकर्मीहरुको भ्रमणका लागि पहिलो रोजाई पनि दोलखा नै पर्ने गरेको छ ।

दोलखामा सहकारी अभियान सहकारी ऐन अघि नै सुरु भएको छ । बचत समूहबाट सहकारी अभियान सुरु भएको थियो सहकारीकर्मी डिवी बस्नेतको अगुवाईमा । बैंकबाट ऋण नपाएपछि रन्थनिएका बस्नेत पैसाको जोहोका लागि अरु उपायमा लागे फलस्वरुप जन्मियो, फेन्डसिप बचत समूह । २०४८ सालमा १६ जना साथीहरु मिलेर दैनिक एक/एक रुपैयाँ बचत गरी सुरु गरेको समूहलाई नै ०४९ सालमा फेन्डसिप बचत तथा ऋण सहकारीका रुपमा दर्ता गरेको संस्था हाल ५० करोडभन्दा बढी कारोबार गरिरहेको छ ।

दोलखामा रहेका ५सय २३ वटा सहकारी संस्थाहरुले गत आर्थिक वर्ष २०७३/०७४ मा ५ अरब ९० करोड, ६७ लाख, ६१ हजार ३सय रुपैयाँ करोबार गरेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ । सहकारीको उर्भर भुमी भने चिनिएका दोलखामा हाल वचत तथा ऋण सहकारी संस्था १ सय ९८, कृषि सहकारी संस्था १सय ९९,विद्युत ७, यात्रायात ३८, उपभोक्ता ३७,चिया कफि सम्वन्धी ४, स्वास्थ्य ४,तरकारी तथा फलफुल ६, सञ्चार२, कोसीले घर मौरीपालक १, दुग्ध उत्पादक १० पर्यटन ७, जिल्ला सहारी संघ१, कृषि सहकारी १, जिल्ल बचत संघ १, बहुउदेश्य १,दुग्ध उत्पादक,१ र उपाभोत्ता सहकारी संघ १ गरी जिल्लामा रहेका ५सय २३ वटा सहकारी संस्थाले गत आर्थिक वर्ष २०७३/०७४मा ५ अरब९० करोड, ६७ लाख, ६१ हजार ३सय रुपैयाँ करोबार गरेको जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक वलराम केसीले जानकारी दिनुभयो । केसीका अनुसार हाल सहकारीहरुले महिलाहरु १सय ९५ र पुरुष २ सय ५१ जना गरी प्रत्यक्ष ४ सय ४६ जनलाई रोजगारी दिएको छन् भने हजारौलाई रोजगारी अवसर पनि दिएका छन् । त्यसैगरी जिल्लामा ९४ हजार ८ सय ५३ जना महिला र ८६ हजार ८ सय ८६ जना पुरुष सेयर सदस्य रहेका छन् । साथै  पुरुष  सञ्चालक समितिमा २ हजार ८सय र ७  र महिला सञ्चालक १ हजार ७ सय ६७ रहेको पाईएको छ ।

दोलखामा यस अघि पनि एसिया ऋण महासंघबाट अन्तर्राष्ट्रिय सरोकार शिल्भर ब्राण्ड वर्ष जनसचेतन बचत तथा ऋण सहकारी संस्था पाएको छ भने जिल्ला कै हाम्रो जनकल्याण बचत तथ ऋण सहकारी संस्था मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले पनि अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरेका छन् । जिल्लाको सबै स्थानीय तहका वडाहरुमा  सहकारी संस्थाहरु रहेको वताईएको छ । हाल जिल्लामा थुप्रै   सहकारीहरुले आप्नै घर सेवा दिदै आएका छन् भने अधिकाम्स सहकारी संस्थाहरुले बैकले  दिने सेवा समेत दिदै आएका छन् । जिल्लाका  कृषि सहकारी संघ संस्थाहरुले  समेत धेरै कुषकहरुलाई व्यावसायिक वन्नको लागी अनुदानमा रकम दिदै आएको जिल्ला कृषि सहकारी संघ दोलखाको भनाई रहेको छ । सहकारी डिभिजन कार्यालय दोलखामा दर्ता भएका सहकारीहरुको अनुपातमा नेफ्स्कूनमा ८२ प्रतिशत र जिल्ला बचत संघमा दर्ता भएका साकोसको अनुपातमा नेफ्स्कूनमा ८२ प्रतिशत सदस्य रहेका छन् । दोलखा जिल्लामा रहेको कूल सहकारीको बचत निक्षेपको अवस्थालाई हेर्दा नेफ्स्कूनमा आबद्ध साकोसको बचत निक्षेप ८१ प्रतिशत छ ।दोलखा जिल्लामा आवद्ध सबै प्रकृतिका सहकारी मध्ये कारोबार तुलनात्मक रुपमा बढी छ । जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाको कुल सम्पत्तीमध्ये नेफ्स्कूनमा आबद्ध साकोसहरुको कुल सम्पत्ती ९४ प्रतिशत भन्दापनि बढी छ ।

प्रतिकृया दिनुहोस

धनकुटामा अलैंचीका लागि बीज बैंक स्थापना

धनकुटा । अनुसन्धान र प्रविधि विकासका निकाय तथा किसानहरुको सहकार्यमा धनकुटामा अलैंचीको बीज बैंक स्थापना गरिएको...

धनकुटामा सयपत्री फुल नफुल्दा किसान चिन्तित

धनकुटा । वर्षेनी तिहार लक्षित सयपत्री फुलको व्यवसायिक खेती गर्दै आइरहेका धनकुटाका किसान सयपत्री फुल नफुल्दा...

धनकुटामा बाँसद्वारा निर्मित सामाग्रीको निर्यात बढ्यो

धनकुटा । तिहार र छठका लागि आवश्यक बाँसबाट निर्मित सामान बनाउन धनकुटाका व्यवसायीहरुलाई भ्याइ नभ्याइ भएको...

दलहन बालीमा किरा लाग्ने समस्या

सागुरीगढी । धनकुटाको सागुरीगढी गाउँपालिका ८ महाभारतका स्थानीय किसानले लगाएको दलहन वालीमा रोग प्रकोप देखिएपछि...

कर्जा दुरूपयोग गर्नेलार्इ कसूर

काठमाडाैं । व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट कर्जा लिएर उक्त कर्जाको दुरुपयोग गर्ने व्यक्तिलाई बैंकिङ...

बुधबार सेयर बजार केही उकालो

बुधबार सेयर बजार ९.१७ अंकले बढेर १५६८.३५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन्...