बाख्रापालनबाट बार्षिक ३ लाख अाम्दानी

धनकुटा  ।  धनकुटा सागुरि गढी वडा नम्बर ८ का स्थानीय कृषक व्यवसायिक रुपमा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

करिब १६ वर्षसम्म विदेशमा बसेर फर्किनु भएका सागुरिगढी–८ का पथर सिहं राइले अहिले स्थानीय खरि तथा जमुनापारि जातका माउ बाख्रा, खसि बोका सहित गरि जम्मा ८० ओटाबाट वार्षिक ३ लाखसम्मको अाम्दानि लिईदै आइरहेको छ । कृषक राईले पशुपालन सम्बन्धि कुनै किसिमका तालिमहरु नलिएता पनि आफ्नै बारीमा घाँसको प्रसस्त भएकोले थप खनिउ, टागि, बडार जस्ता जातका डाले घाँसबारीमा लगाएर परम्परागत रुपमै बाख्रपालन गरी रहेको बताउनु भयो ।

वडा कार्यलयले पशु विकासका लागि  पशु चिकित्सकको व्यवस्था गरेकोले रोगी तथा बाख्रामा लगाउनुपर्ने  भ्याक्सिनहरु गाउँमै पाईने भएपछि झन् बाख्रापालनको लागि किसानलाई सहज भएको छ । आगामी दिनमा उन्नत बयर जातका करिब ३ सयसम्म माउ बाख्रा पाल्ने योजना रहेको  राईले बताए । त्यस्तै राईले  आफ्नै देशमा व्यवसायिक रुपमा राम्रोसँग काम गर्न सके आफ्नै देशमा राम्रोसँग कमाई गर्न सकिने बाटोहरु प्रसस्त रहेको सुनाए । सरकारको तर्फबाट पनि बाख्रापालन व्यवसायमा अनुदानको व्यवस्था भयो भने व्यसायिकरुपमा बाख्रापालन गर्न चाहने किसानलाई सहज र राम्रो हुन बताए । 

प्रतिकृया दिनुहोस्

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र उठेका प्रश्नहरू

img

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाउँबाट ...

नवज्योतिको नवाै साधारणासभा सम्पन्न

img

नवज्योति बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको नवाै वार्षिक साधरणसभा ...

टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

img

ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन ...

स्याउ उत्पादन घटेपछि कृषक चिन्ता

img

जिल्लाको माथिल्लो भेगमा वर्षेनी स्याउको उत्पादन घटेपछि कृषकहरुमाझ चिन्ता बढेको छ । वरिष्ठ ...

ज्योतिको एघारौं साधारणसभा सम्पन्न

img

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ साधारणसभा विहीबार राजधानीमा सम्पन्न भयो । ...

नाका खुलेसँगै राजस्वमा वृद्धि

img

रसुवा अन्तर्राष्ट्रिय नाका रसुवागढी लगायत पहिरो गएर अवरुद्ध भएको राजमार्ग खुल्ला भएपछि ...

पत्रपत्रिका

सबै