राजनीति

वाम गठबन्धनको तरंग

तस्विरःगुगल

बदलिएको विश्व परिस्थिति र नेपाली जनताको राजनीतिक चेतना र आकांक्षालाई सम्बोधन गर्ने खालको वस्तुवादी सुस्पष्ट नीति, दृष्टिकोण र कार्यक्रमसहित अगाडि बढ्नुको विकल्प छैन । राष्ट्रिय पूँजीको पर्याप्त विकास नभैकन आर्थिक विकास र समृद्धि फोस्रो गफ बाहेक केही हुने छैन । यी सबै जिम्मेवारी वहन गर्न सक्ने तागत अहिले घोषणा भएजस्तै व्यवहारमा पनि उत्रिएमा पक्कै पनि वामशक्तिले राख्न सक्छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति, नेपालबीच चुनावी सहकार्य र एकीकरणको औपचारिक घोषणाले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । ठूला कम्युनिष्ट पार्टीहरूबीच चुनावी तालमेल मात्र नभएर एउटै पार्टीको झन्डामुनि रहेर अघि बढ्ने सहमतिलाई आ–आफ्नै तरिकाले व्याख्या विश्लेषण गर्ने क्रम तीव्र छ । एकाएक बदलिएको राजनीतिक परिदृष्यले सबैको ध्यानाकर्षण गरेको छ । खासगरी वाम शक्तिहरू एक ठाउँमा उभिँदा आगामी नेपाली राजनीति कसरी अगाडि बढ्छ, यसले अल्पकालीन दीर्घकालीन के कस्तो प्रभाव पार्न सक्ला, यो एकता कति बलियो र दिगो हुनसक्छ भन्ने विषयमा टिकाटिप्पणी केन्द्रीत छ ।

`वामशक्तिहरूको धु्रवीकरणले  नेपालको लोकतन्त्र धरापमा पार्न सक्छ, यो नेपाल र नेपालीका लागि अनिष्टको संकेत हो, महान् अवसरवादीको नांगो गठजोड हो, त्यसैले टिक्ने कुनै आधार छैन ।’

वाम शक्तिको यो एकता प्रक्रियाले कम्युनिष्ट खेमामा उत्साह र उल्लास छाएको छ । प्रगतिशील, देशभक्त, राष्ट्रवादी समूहमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ । कम्युनिष्ट शक्तिहरू  विभिन्न समूहमा छरपस्ट अवस्थामा रहँदा दिक्क भएकाहरूले खुलेरै स्वागत गरेका छन् । उनीहरूले नयाँ आशा, नयाँ उमंग पलाएको अनुभूति गरेका छन् । मुलुक राजनीतिक स्थिरताको दिशामा अघि बढेको संकेतका रूपमा बुझेका छन् । तर आफूलाई लोकतान्त्रिक खेमा भनेर चिनाउन चाहनेहरूको कित्तामा भने खैलाबैला मच्चिएको छ । हुन पनि तालमेल र एकता प्रक्रिया विधिवत् रूपमा आरम्भ भएको जानकारी दिन आयोजना गरिएको घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने जस्तै यो परिघटना निरन्तरतामा अर्को क्रमभंगता हो र यसले दक्षिणपन्थी शक्तिहरूलाई ४२० भोल्टकै करेन्टको झट्का दिएको छ । झट्काको कम्पन बालुवाटार, सानेपा, बुढानीलकण्ठमा मात्रै नभएर दिल्लीसम्म पुगेको छ । ती कित्ताहरूमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो वर्चस्व जोगाउनै हम्मेहम्मे पर्ने भयले आतंक छाएको छ । उनीहरूले वाम एकताको अहिलेको परिघटनालाई स्वाभाविक मान्न सकिरहेका छैनन् । प्राकृतिक रूपमा स्वीकार्न अनकनाइरहेका छन् । ‘वामशक्तिहरूको धु्रवीकरणले  नेपालको लोकतन्त्र धरापमा पार्न सक्छ, यो नेपाल र नेपालीका लागि अनिष्टको संकेत हो, महान् अवसरवादीको नांगो गठजोड हो, त्यसैले टिक्ने कुनै आधार छैन ।’ यस्तै यस्तै तिक्ताहरू व्यक्त गरिरहेका छन् ।

त्यसो त नेपालका सबै कम्युुनिष्ट पार्टीहरूबीच एकता र सहकार्यको प्रयास यही पहिलोपटक होइन । यसअघि पनि पटकपटक एकताको प्रयास हुँदै आएकै हो । नेकपा एमाले र माओवादी केन्द्रबीच पनि एकताका लागि भित्रिरूपमा दबाब परिरहेको खबर बेलाबेला सञ्चार माध्यममा सार्वजनिक हुने गरेकै हो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले खुलासा गर्दै भने, ‘शान्तिप्रक्रियामा आएकै बेला २०६४ तिर पनि वृहत एकताको पहल भएको थियो । छलफल भएको थियो । तर त्यतिखेर परिस्थिति परिपक्व नभएकोले एकता प्रयासले मूर्तरूप लिन सकेन । अहिले १० वर्षपछि परिस्थिति चाहेजसरी विकसित र परिपक्व भएको छ । यसैले हामी एकताका लागि तयार भएका छौं ।’ दाहालले भनेजस्तै परिस्थितिले अहिले मूलधारमा रहेका दुई कम्युनिष्ट शक्तिलाई एकै विन्दुमा खडा गरि दिएको छ । यसले नेपालको राजनीतिलाई नयाँ तर अपेक्षा गरिएको सकारात्मक मोडमा पुर्याएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनु नै विभाजनका लागि हो भन्ने अर्थमा लिने परिस्थिति थियो । एकीकृत र सशक्त कम्युनिष्ट आन्दोलनको विकास नेपालमा हुनै पाएन । अनेक कारणले फुटको नियतिबाट गुज्रँदै आएकोले अलगथलग नै अस्तित्वमा रहँदै आयो । टुटफुटको कठिन गोरेटाहरू पार गर्दै नेपाली राजनीतिमा कम्युनिष्टहरू यहाँसम्म आइपुगेका हुन् । यसैले कम्युनिष्ट नेताहरूले ‘जुट्नभन्दा टुट्न र टुटाउन सिपालु’ को संज्ञा पाउँदै आएका छन् ।

२००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी झन्डै ६९ वर्षको अवधिमा ६९ वटाभन्दा बढी नै अस्तित्वमा आए । विभाजनको महारोगबाट पीडित कम्युनिष्ट आन्दोलनले आफ्नो मौलिक मूल्य, मान्य र दृष्टिकोणअनुसार देश र जनताको पक्षमा काम गर्न सक्ने हैसियतको विकास नै गर्न सकेन । आफूलाई सर्वहारा वर्गको हिमायती, परिवर्तनकामी, सबैखालका शोषण उत्पीडनरहित समतामूलक समाज निर्माणका पक्षपाती दाबी गर्ने कम्युनिष्ट पार्टीहरूले एकले अर्कोलाई भुत्ते सावित गर्ने र आफूलाई श्रेष्ठ ठान्ने होडबाजीमा लागेरै समय गुजारे । दस्तावेजहरूमा गैरवामपन्थी, दक्षिणपन्थी शक्तिहरूलाई प्रधान शत्रु र वामपन्थी, प्रगतिशील विचारधारा बोक्ने शक्तिहरू गौण शत्रुको रूपमा उल्लेख गरे पनि व्यवहारमा त्यस खालको चरित्र प्रदर्शन गर्न निरन्तर चुके ।

जुनसुकै कारणले भएपनि कम्युनिष्ट पार्टीहरू अलग अलग ध्रुवमा उभिँदा एकीकृत वामशक्ति निर्माण हुन पाएन । यसको मनग्य फाइदा नेपाली कांग्रेसले उठाउने मौका पाए । संसदमा वाम शक्तिहरूको स्पष्ट बहुमत हुँदाहुँदै संसदीय गणितको फाइदा उठाउँदै कांग्रेसजस्तो पूँजीपति वर्गको संरक्षणमा मरिमेट्ने, मुलुक र शोषित पीडित जनताका लागि खासै कुनै मुद्दा नभएको पार्टीले पटकपटक सरकारमा हैकम जमाएको दृष्य टुलुटुलु हेरेर बस्नुपर्ने स्थिति बनिरह्यो । यसले जनताको सच्चा प्रतिनिधिहरू सत्ताबाहिर रहने स्थिति मात्रै बनेन, मुलुकको विकास, समृद्धि, सामाजिक न्यायको व्यवस्थापनजस्ता महŒवपूर्ण कामसमेत ओझेलमा प¥यो । परिणामस्वरुप मुलुकमा आर्थिक विकासका उदाहरणीय कुनै गतिविधि हुन पाएन । कांग्रेसको उदारीकरण र निजीकरणको नीतिले भएका सम्भावना र अवसरहरूसमेत स्वाह पारेको दृष्टान्त सबै सामु प्रस्ट छ ।  

स्थानीय तहको चुनावको नतिजाले अबको संसदीय चुनावमा एमाले पहिलो स्थानमा आउने तस्वीर प्रस्ट देखाइसकेको थियो । कांगेसलाई दोस्रो र माओवादी केन्द्रलाई तेस्रो स्थान प्राप्त हुने आँकलन सजिलै गर्न सकिने परिस्थिति छ । तर जसले जस्तो दाबी गरेपनि यथास्थितिमा निर्वाचनमा जाँदा संसदमा कुनै पनि दललाई प्रस्ट बहुमत हासिल हुने सम्भावना देखिँदैन । यस्तो अवस्थामा फेरि पनि ‘हङ पार्लियामेन्ट’ बन्ने, मिलीजुली सरकार गठन गर्नुपर्ने, त्यस्तो सरकार गठन गर्न नैतिक अनैतिक, प्राकृतिक अप्राकृतिक सबै खालका गठबन्धनमा लाग्नुपर्ने, त्यस्तो गठबन्धनले पनि निरन्तरता नपाउँदा केही महिनामै सरकार ढल्ने र फेरि सरकार गठनको अन्तहीन खेलमा जुट्नुपर्ने परिस्थिति आउने प्रस्टै थियो । यसले गर्दा मुलुकमा राजनीतिक स्थिरता नहुने र अहिलेसम्म प्राप्त ऐतिहासक उपलब्धि र परिवर्तनका मुद्दाहरू समेत ओझेलमा पर्ने, त्यस्तो अवस्था आउनु नेपाल र नेपालीकै लागि सबैभन्दा गम्भीर दुर्घटना सावित हुने आँकलन सम्भवतः एमाले र माओवादी केन्द्रका नेताहरूले गरेको देखिन्छ । यही आँकलनले पनि वैचारिक हिसाबले समेत नजिक वाम शक्तिहरू नयाँ समीकरण बनाउँदै पार्टी एकीकरणका लागि मानसिक रूपमा तयार भएका हुन् ।

नेपाली नागरिक अब टालटुले प्रगति र विकासबाट सन्तुष्ट हुने अवस्थामा छैनन् । सामन्तवादको केन्द्रविन्दु राजतन्त्रलाई पराजित गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ, राज्यको पुनःसंरचना गरिएको छ, युगौपछि जनताका प्रतिनिधिहरूले राष्ट्रको मूल कानुन संविधान आफै बनाएका छन् । यी सामान्य परिवर्तन होइनन् । जनताको आफ्नो बलमा सम्पन्न भएको ऐतिहासिक क्रान्ति हो यो । यसैले नागरिक राजनीतिक परिवर्तनकै स्तरको विकास र परिवर्तनको अनुभूति गर्ने चाहना पालेर बसेका छन् । मुलुकमा राजनीतिक क्रान्तिको युग समाप्त भइसकेको र अब विकास र समृद्धिको यात्रा नै निर्विकल्प प्राथमिकता हो भनेर नेताहरूले नै पटकपटक दोहो¥याइरहेका छन् । संविधानमा उल्लिखित गणतन्त्र, लोकतन्त्र, संघीयता, समाजवाद उन्मुख, समावेशिता, सामाजिक न्याय र धार्मिक स्वतन्त्रता जस्ता सैद्धान्तिक आधारस्तम्भको मर्म र भावनाअनुसार मुलुकलाई डोहो¥याउनुपर्ने दायित्व पनि छ । कुनै पनि अवस्थामा समृद्धिको यात्रालाई दु्रतगतिमा अगाडि बढाउने खुबी नेताहरूले प्रदर्शन गर्नैपर्छ । मुलुकको स्वाधीनताको रक्षा गर्दै र सबल राष्ट्रिय अर्थतन्त्रको आधार खडा गर्न राष्ट्रिय पूँजीको विकास गर्ने मार्गमा लाग्नुपर्ने दायित्व पनि छ । वाम कम्युनिष्ट शक्तिहरू जहिले पनि अलगथलग रहेर यी राष्ट्रिय कार्यभार पूरा हुने सम्भावना देखिँदैन । माक्र्सवाद, लेनिनवाद र माओवादको पराम्परागत गीत गाएर मात्रै मुलुकको समृद्धि सम्भव छैन । बदलिएको विश्व परिस्थिति र नेपाली जनताको राजनीतिक चेतना र आकांक्षालाई सम्बोधन गर्ने खालको वस्तुवादी सुस्पष्ट नीति, दृष्टिकोण र कार्यक्रमसहित अगाडि बढ्नुको विकल्प छैन । राष्ट्रिय पूँजीको पर्याप्त विकास नभैकन आर्थिक विकास र समृद्धि फोस्रो गफ बाहेक केही हुने छैन । यी सबै जिम्मेवारी वहन गर्न सक्ने तागत अहिले घोषणा भएजस्तै व्यवहारमा पनि उत्रिएमा पक्कै पनि वामशक्तिले राख्न सक्छ ।
मूलधारमा रहेकै वाम शक्तिहरूबीचको यस सहकार्यले अवश्य पनि नेपाली राजनीतिलाई नयाँ दिशामा लग्ने पक्का छ । जसरी तालमेल र पार्टी एकतासम्मको प्रक्रिया अगाडि बढेको छ, त्यही गतिमा यसलाई कुनै पनि हालतमा सफल हुन नदिने खेलहरू पनि हुनसक्छ । अनेक भेषमा दुतहरू खटाइन सक्छन् । अनेक आश्वासनहरू बाँडिन सक्छन् । कुनै पनि दबाब र प्रभावको घेराबाट मुक्त भएर अहिलेको सहमतिलाई अन्तिम निष्कर्षमा पु¥याउने चुनौती वाम नेताहरू सामु आएको छ ।

यसलाई भोलि व्यवहारमा कसरी उतार्छन् त्यो महŒवपूर्ण हो । बजारमा भइरहेको नकारात्मक टिप्पणी जस्तै निर्वाचन प्रयोजनलाई मात्र केन्द्रमा राखेर यी सबै प्रपन्च गरिएको हो भने त्यसले कुनै अर्थ राख्दैन । यसैले मुलुक र देशबासीको भविष्यका लागि ठूला वामघटकहरूको यो मिलन स्थायी बनोस्, छिट्टै एकाकारमा रुपान्तरण होस् भन्ने आम आग्रह छ । यसो हुन सकेमा नेपालको कम्युनिष्ट पार्टी राष्ट्रिय शक्तिका रूपमा उभिने बलियो आधार त खडा हुने छ नै । विश्व कम्युनिष्ट आन्दोलनलाई समेत समाजवादको नयाँ नेपाली मोडल प्रस्तुत गर्न सक्ने हैसियत निर्माण हुनेछ । अन्ततः थलिएको विश्व कम्युनिष्ट आन्दोलनले समेत नयाँ ऊर्जा र उचाई प्राप्त गर्ने छ ।

प्रतिकृया दिनुहोस

बाममय काभ्रेमा कांग्रेसको शून्य सिट

धुलिखेल । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा काभ्रे जिल्लाको २ वटा क्षेत्रमा प्रतिनिधिसभा...

दोलखामा कुन दलको उम्मेद्वारले कति मत पाए तथ्यांक सहित

दोलखा । दोलखा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको भने २ नगरपालिका र ७ गाउँपालिकाहारु...

तेस्रो प्रयासमा जीत हासिल गर्ने हितबहादुर अाखिर को हुन् ?

काठमाडाैं । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हित बहादुर तामाङ नेपाली राजनीति तथा नुवाकोट...

उदयपुर-१ बाट कांग्रेस नेता डा.खड्का विजयी

अन्जनी अधिकारी । उदयपुर । उदयपुर क्षेत्र नं.१,बाट डा.नारायण खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । डा.खड्काले यो...

बारामा काँग्रेसका नेता तथा पुर्व मन्त्री उमाकान्त चौधरी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व...

नुवाकोट गठबन्धनको कब्जामा,काँग्रेसलाई झटका

नेपाली कांग्रेसको गढ मानिने नुवाकोट जिल्लामा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सबै क्षेत्रमा बाम गठबन्धनले...