विचार/ब्लग

अादिवासीवादमा अाधारित तामाङ विधिशास्त्र

तामाङको आफ्नै परम्परागत न्यायप्रणाली छ ।

मिसेल फुकोका मत अनुसार भाषाको अध्ययन व्याकरण तथा शब्दावलीका नियमको विश्लेषणका निम्ति मात्रै नगरेर सामाजिक तथा सांस्कृतिक अभ्यासहरुलाई केलाउनका निम्ति पनि गर्नुपर्छ । भाषाको सामाजिक अभ्यासको पक्षलाई फुकोले सङ्कथन अर्थात् डिस्कोर्स (Disscourse) भनेका छन् । उनको विचारमा सङ्कथनका तीनवटा पक्षहरू छन् : शक्ति, सत्य र चित्रण वा प्रतिनिधित्व (Representation) (सञ्जीव उप्रेती, सिद्धान्तका कुरा : दोस्रो, २०६८ साउन; काठमाडौं, पृ. ३७) ।

उल्लेखित कुरा (तथ्य)मा सकारात्मक अभिमत जाहेर गर्दै; लेख्छु कि- वास्तवमा भाषा अझै भनौं शब्दको अध्ययन भनेको त्यसको नियमको विश्लेषण मात्रैले पूर्ण हुँदैन । शब्दको सामाजिक तथा सांस्कृति पक्षको अध्ययन बिना शब्दमाथि कहिल्यै न्याय गर्नै सकिन्न । यहाँ सामाजिक सांस्कृति भन्नाले ऐतिहासिकता, वर्गीयता, क्षेत्रीयता, विषय वा विधागतता, धार्मिकता र नश्लीयता लगायत समाविष्ट भएका हुन्छन् ।

 तामाङको आफ्नै परम्परागत न्यायप्रणाली छ । त्यसको मुख्य आधार भनेको आदिवासीवाद (Indigenism) हो । यसले हिन्दूविधिशास्त्रको विकल्प दिनेछ ।

यसप्रकार एउटै बस्तु पनि ठाउँ, परिवेश, समाज, संस्कार, विश्वास, मान्यता, दर्शन र विधा अनुसार फरक हुन्छन् । यो पक्षलाई बुझ्न नसकेसम्म अध्ययन अधूरै रहन्छ । उदाहरणको लागि अस्यङ, मामा र अङ्कललार्इ लिन सकिन्छ । भौतिक रुपमा निश्चित नाता पर्ने व्यक्ति मात्रै जस्तो देखिन्छ । जे भने पनि एउटै जस्तो लाग्न सक्छ । यद्यपि, यो भनेको अपूर्ण अध्ययन हो । साङ्केतिकताको क्रममा अपूर्णता पनि हो । यो भ्रमको मुख्य कारण अस्यङ, मामा र अङ्कल भनेको आमाको दाजुभाइ मात्रै हो भन्ने सतही बुझाई हो ।

सङ्कथन निर्माणको लागि यस्तो अध्ययनले काम गर्दैन । सङ्कथनको लागि त अस्यङ, मामा र अङ्कल शब्द (नाता)को सामाजिक, सांस्कृतिक, क्षेत्रीय साथै नश्लीय अर्थ पहिल्याउन आवश्यक हुन्छ । यसप्रकार हेर्दा अस्यङ भन्नेले तिनका छोराछोरीसित विवाह गर्न सक्छन् । समाजले स्वीकृति दिएको हुन्छ । मामा भन्नेको समाज नै अर्कै हो । त्यसैले नश्लीयता, सामाजिक, सांस्कृतिक पक्ष, ऐतिहासिकता साथै विश्वास पद्धति नै फरक छ ।

नेपाली परिप्रेक्ष्यमा आदिवासी बाहेकका अन्यले तर्सनु वा झर्कनु पर्दैन । सबैको समान हैसियत र अधिकारको सुनिश्चितता नै आदिवासीवादमा आधारित आदिवासी विधिशास्त्र (तामाङ विधिशास्त्र) हो । 

यही तथ्यलाई बुझ्न नसक्ने वा स्वीकार गर्दा केही अप्ठेरो पर्ला वा आउला कि भन्ने डर लिने हो अध्ययन पूर्ण हुँदैन । अपूर्ण अध्ययनले सङ्कथन बन्दैन । सङ्कथन निर्माण गर्न नसक्नेले वास्तविकता (सत्य)लाई चिन्न सक्तैन । तथ्य (विषय)लाई चित्रण वा प्रदर्शन वा प्रतिनिधित्व गराउन सक्तैन । प्रतिनिधित्व वा चित्रण गर्न नसकेपछि सत्य चिन्न र स्थापित गराउन सक्ने कुरै हुँदैन । सत्य विहीन अवस्थामा शक्ति आउँदैन । शक्ति बिना कुनै पनि समाज स्वतन्त्र हुने कल्पना गर्नै सकिन्न ।

यसरी प्रस्तुत् हुनुको कारण नलुकाई भन्नुपर्दा- म्हेनिङ र दशैँ एउटै होइन । अहिले पनि तामाङ समाजमा दशैँ र म्हेनिङ एउटै भन्ने गलत बुझाई पूर्णतः हटिसकेको छैन । जुन दिन पूर्णतः फरक रहेछन् भन्ने तथ्य बुझ्नेछौं; त्यो दिन एउटा सत्य (म्हेनिङ) स्थापित हुनेछ । तामाङ भनेको को हो र को होइन रहेछ भन्ने स्पष्ट हुनेछ । त्यसैका लागि म्हेनिङ पुस्तकले वास्तविकतालाई चित्रण र प्रतिनिधित्व गराउने प्रयास मात्रै गरेको छ । यसप्रकार म्हेनिङलाई स्थापित गराएपछि बल्ल तामाङले गज्जब शक्ति प्राप्त गर्नेछ ।

करीब साढे दुर्इ शताब्दीदेखि पढाउँदै, झुक्याउँदै र स्थापित गराउँदै ल्याएको झूठको पर्दा च्यातिनेछ । यहाँनेर त्यो झूठ भनेको सम्पूर्ण नेपालीको महान् पर्व विजयादशमी/बडादशैँ हो । अब त्यो महान् पर्वको आधारहरू स्पष्ट हुनेछन् । महान् देखिएको विजयादशमीको घुम्टो उघारिनेछ । त्यसभित्र तामाङको म्हेनिङ, मगरको डस्याक्के, थारुको सखिया र नेवारको मोःनी देखिनेछन् । तिनै तामाङ, मगर, थारु र नेवारको मौलिक पर्वलार्इ माथिबाट विजयादशमीको खोल ओडाएका भन्ने छर्लङ्ग हुनेछ ।

अन्ततः महान् पर्व बडादशैँबाट तामाङ, मगर, थारु र नेवारले आ-आफ्नो भाग फिर्ता लिएपछि बडादशैँ हिन्दूको मात्रै हुनेछ । यसपछि बडादशैँको हविगत के होला या नहोला ? तपाईँ आफैँ सोच्नोस् ! बडादशैँ कमजोर भएपछि ल्होछारले अर्को धम्माकेदार प्रहार गर्ने शक्ति प्राप्त गर्नेछ । वास्तवमा ल्होछारलाई समाप्त पार्न ल्याएको माघेसङ्क्रान्ति आक्रमणकारी शक्तिविहीन हुनेछ । चैतेदशैँ (रामनवमी)को विकल्प तामाङको सेरकेमले दिनेछ । दुगुङ्ह्यमा बुद्धत्वको चर्चा परिचर्चा व्यापक हुनेछ । जनै पूर्णिमालाई तामाङको गोनेङ्ह्यले टक्कर दिनेछ । अरू पर्वहरु भनेका त राज्यसत्ताले स्थापित गर्दै आएको हैकमवादका विरुद्ध प्रहार गर्नेक्रममा खर्च गर्नु नपरेको थप चाड हुनेछन् ।

यतिखेर एउटा अर्को तथ्यलाई पनि भुल्नु हुँदैन । तामाङको आफ्नै परम्परागत न्यायप्रणाली छ । त्यसको मुख्य आधार भनेको आदिवासीवाद (Indigenism) हो । यसले हिन्दूविधिशास्त्रको विकल्प दिनेछ । यद्यपि, आदिवासीवाद भनेको आदिवासी भनिएका वा त्यो नश्लका लागि मात्रै कुरा गर्ने चिज होइन । यसको हृदय विशाल छ । यसले त सबै मानिसलाई बराबर ठान्छ । जातपातको व्यवस्था गरेको छैन । त्यसैले ऊँच र नीच छैन ।

जानअञ्जानमा प्राणी हत्या हुन्छन् । त्यसरी मारिएका प्राणीको उद्धार पनि अपरिहार्य मानिएको छ । हरेक प्राणीका पनि मानिसकै बराबर अधिकारको सुनिश्चितता गरेको हुन्छ । वनस्पतिको उपभोग बिना कल्पना गर्न नसकिने दैनिकी छ । तैपनि दुगुङ्ह्यको तीनदेखि सात दिनसम्म वनस्पतिको हत्या गर्न दिँदैन । घाँस काट्ने र झार उखेल्ने अधिकार समेत मानिसबाट फिर्ता लिन्छ । ढुङ्गा, माटो, खोला, पहाड, हिमाल रुखपात, कीराफट्याङ्ग्रा साथै प्रकृति र प्राकृतिक स्रोत साधनको समेत अधिकारको पक्षमा वकालत गर्ने एक मात्रै विधिशास्त्र भनेको आदिवासीवाद वा आदिवासी विधिशास्त्र हो । त्यसको ऐतिहासिकता स्पष्ट रहेको छ । हालसम्म पनि प्रचलनमा भेटिएका छन् ।

हो; यही नै आदिवासीवाद हो । त्यसैले नेपाली परिप्रेक्ष्यमा आदिवासी बाहेकका अन्यले तर्सनु वा झर्कनु पर्दैन । सबैको समान हैसियत र अधिकारको सुनिश्चितता नै आदिवासीवादमा आधारित आदिवासी विधिशास्त्र (तामाङ विधिशास्त्र) हो । कुनै पनि समुदायलाई शोषण र दमन हैन सद्भाव र समभाव स्थापना गर्नु तामाङ विधिशास्त्रको मुख्य उद्धेश्य हो । त्यसैले कोही फुर्कन वा डराउनु पर्दैन भन्ने अनुरोधका साथ विदा हुन्छु । धन्यवाद !!!

प्रतिकृया दिनुहोस

हराउँदै देउसी भैलोको मौलिकता

दाङ । तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी,...

रङ्गीबिरङ्गी फुल, सप्तरङ्गी टीका, हर्षोल्लाससाथ तिहार सम्पन्न

काठमाडौं । यमपञ्चक अर्थात तिहारको पाँचौंँ एवम् अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...

रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफको कथन जस्तै छ होला त जापान ?

कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन...

भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री

सम्पदा क्षेत्रको भग्नावशेषबाट उत्पादित निर्माणजन्य फोहोर राखिएको टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोरमा मल्लकालीन सामाग्री भेटिएका...

एमाले, माओवादी र नयाँ शक्तिबीच एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?

- अमरदीप मोक्तान  २०७४ असोज १७ गते मंगलबार साँझ काठमाडौस्थित राष्ट्रिय सभागृहको हलामा खचाखच भरिए एमाले,माओवादी केन्द्र...

किसान बन्ने सपना थियो निजामती भएछु : राम बहादुर तामाङ

सानैदेखि किसान बन्ने रहर थियो मेरो तर जिवनका अनेक मोडहरु पार गर्दै जाँदा नयाँ सोच...