इलाम धोन्द्रे गुफाको चिनारी

एल.बि.तामाङ मोक्तान । माइनगरपालिका-५ इलाम हाङखिम टोल धोन्द्रे गुफा माइ नपा वडा न.५,को शिर्ष स्थान हाङ्खिम,सानो बर्दु बस्तीको बीच भागमा अबस्थित रहेको छ । यस् गुफाको अनुमानित लम्बाई ३००मि.चौडाई २०मि. मुख रहेको छ । यस् गुफा भित्री भाग शिलामा गाईको थुन, सर्प, त्रिसुल साथै अन्य विभिन्न किसिमका बस्तुहरुको आकृति रहेका छन् ।

गुफा वरिपरि आकर्षक ठुला-ठुला चट्टान साथै यस क्षेत्रबाट  भारत, झापा, इलाम लगायतका अति रमणीय ठाउँ एवं झुल्के घामको दृश्य समेत अवलोकन गर्न सकिन्छ । शिव चरण कमल बिन्दु धामका धर्म गुरु अमर दिल समालले जानकारी दिए अनुसार त्यहाँ काली सिंह देबीको देबिस्थान साथै यसै ठाउँबाट चितानन्द गुरुले ज्ञान् हासिल गर्नु भएकालेे यस ठाउँको उचित संरक्षण गर्नु अावश्यक रहेको बताए । यस ठाउँ संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको देखिन्छ । यस्ता महत्त्वपूर्ण ठाउँको उचित संरक्षण तथा प्रचारप्रसार गर्न सके राम्रो पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

यसै उदेश्यका साथ यहाका स्थानीय बासिन्दा, युवाहरू एकजुट भई समिति गठन गरि गुफाको संरक्षण तथा प्रचारप्रसारको काममा अग्रसर भएको माइनगरपालिका का युवा नेता एबम समितिका अध्यक्ष एलबी तामाङले बताएका छन्। यस धोन्द्रे गुफा संरक्षण तथा प्रबर्द्धनका लागि जनप्रतिनिधि माइ नपा ५,का वडा अध्यक्ष गम्बिर ब.तामाङ मोक्तानको पहलमा नगर स्तरबाट थोरै भए पनि पहिलो  पटक आर्थिक बजेट बिनियोजन गराउनु भएको छ । यो बिनियोजित रकमबाट यश क्षेत्रको संरक्षण र प्रचारप्रसारमा ठुलो  सहयोग मिल्ने अपेक्षा गरिएको छ । साथसाथै आगामी आर्थिक बर्ष यस ठाउँमा झुल्के घाम दृश्य अवलोकनका लागि भ्यु टावर  निर्माणका लगि वडा,नगर ,केन्द्र स्तरमा पहल गरिने त्यस् वडाका वडा अध्यक्षले बताउनु भयो । 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

img

उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब ...

आरआरएन दोलखाको पाँचदिने भ्रमण सम्पन्न

img

आरआरएन दोलखाद्वारा गरिएको पाँच दिने कृषि अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ...

विकासशील राष्ट्रमा स्तरोन्नति नहुने इच्छा

img

नेपालीहरूको प्रति व्यक्ति आयमा थप सुधार भएपछि मात्र नेपालले अतिकम विकसित राष्ट्रको ...

चिया उद्योग व्यवसायीको समस्या सुरक्षाबारे गोष्ठी

img

केन्द्रीय चिया सहकारी संघको आयोजनामा शनिबार हिलेमा एक दिने चिया क्षेत्रमा व्यवसायजन्य ...

आइएमईले थपे २ शाखा र एक उपशाखा

img

आइएमई जनरल इन्स्योरेन्सले दुई वटा शाखा र एउटा उपशाखा सञ्चालनमा ल्याएको छ ...

दोलखाबासीलार्इ खुशीको खबर, माथिल्लो तामाकोशीको आइपिओ चैतमा जारी

img

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख ...

पत्रपत्रिका

सबै