फोहोरलाई मोहोरमा परिणत

आर्कषक सामाग्रीहरु बनाउँदै, आम्दानीको श्रोत बढाउँदै

फोहोरबाट विभिन्न सामाग्री बनाउने सिप सिक्दै महिलाहरु

काभ्रे । बनेपाकी उद्यमी सुभासना श्रेष्ठ फोहोरलाई कसरी मोहरमा परिणत गर्न सकिन्छ भन्ने ज्ञान र सिप सबैमा बाँडिरहेकी छिन् ।

सुभासनाको बैभव लक्ष्मी ह्यान्डीक्राफ्ट उद्योग छ । जसले फोहोरलाई मोहोरमा परिणत गरेर आर्कषक सामाग्रीहरु बनाउँदै बेचिरहेको छ । उनले भनिन्,‘फोहोरबाट राम्रो आम्दानी हुन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर फोहोरबाटै बनेपामा महिलाहरुले राम्रो आम्दानी गरिरहेका छन ।’

आम्दानीको श्रोत बन्दै फोहोर

उनको उद्योगमा   प्लास्टिकबाट ढकी बनाउने र कपडाबाट फूल बनाउने गरिन्छ । कम समयमा बनाउन सकिने हुनाले आम्दानी पनि राम्रो भइरहेको सुभासनाले बताइन् । उनका अनुसार, २ दिनमा ३÷४ वटा बनाउन सकिने ढकीको मूल्यको १ सय देखि ५ सय रुपैयाँ सम्म पर्छ ।

के के बनाउँछन त फोहोरबाट ?

घर, अफिस र पसलबाट निस्कने प्लाष्टिक र कागजहरुबाट आर्कषक सामाग्री बनाउन सकिन्छ भन्ने उदाहरण उनीहरुले दिइरहेका छन् ।
काम नलाग्ने भनेर फालिएका पोतेबाट पनि आकर्षक क्रिस्टलको ब्याग र गहना बनाउन सक्ने सिप श्रेष्ठसँग छ । यस्ता ब्याग र गहना उपहारका लागि प्रयोग गर्न सकिन्छ । उनी घरमा नै बसेर आम्दानी गर्न चाहनेले पनि राम्रो आम्दानी लिन सक्ने सुझाव दिन्छिन् । ‘बनाउन खासै गाह्रो छैन एकचोटि हेर्दैमा पनि बनाउन सकिन्छ,’ उनले भनिन्, ‘घरमा नै बसेर राम्रो आम्दानी लिन सकिन्छ ।’ थुप्रै महिलाहरुलाई यस्तो तालिम पनि दिइसकेकी छिन् ।

फोहोर चित्ना नभई आम्दानीको श्रोत

बनेपाकै मिनाक्षी रेग्मीले पनि १२ बर्षदेखि हस्तकलामा सामान बनाउदै आएकी छिन् । १२ वर्ष देखि खेलौना बनाउने काम गर्दै आएकी छिन् । रेग्मीले फोहोर चिन्ता नभइ आम्दानीको बिषय भएको बताइन् । ‘घर, अफिस र पसलबाट निस्केको फोहोर हामी आफैले व्यवस्थित गर्न सक्छौँ,’ उनले भनिन्, ‘घरमा नै बसेर आम्दानी लिन सकिन्छ ।’ रेग्मीका अनुसार,  आईसक्रिमको बट्टा , कोकको बोटल र अरु प्लास्टिकलाई संकलन गरेर फुल राख्ने अनि मन परेको रंग लगाएर आकर्षक बनाउन सकिन्छ । यसरी सजाइएको बट्टा, बोत्तलहरु उपहार दिन सकिन्छ  ।

रेग्मीले कपडा, काठ र सेरामिक पाउडर प्रयोग गरेर कृतिम पुतली बनाउँछिन् । काम नलाग्ने पुराना कपडाहरुबाट आकर्षक पुतली बनाएर १ सय देखि ५ सय सम्म बेच्छिन् । कपडा सिलाइ पसलमा खेर गएका कपडाहरु सस्तो मूल्यमा ल्याई काठको प्रयोग गरि पुतली बनाउने गरिन्छ ।

एकातिर फोहोरको व्यवस्थापन भईरहेको छ भने अर्कातिर आम्दानी र रोजगारीको अवसरहरु जुटिरहेका छन् । छिट्टै नै खेर गएका तरकारीलाई गड्यौला खेती गरि फोहोर व्यस्थापनमा सहयोग गर्ने रेग्मीले योजना सुनाइन् । यसको लागि उनले सरकारी निकाय तथा अन्य सरोकारवालाहरुको सहयोगको अपेक्षा राखेकी छिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंंघ काभ्रेले उद्यम बनाउन विभिन्न खाले तालिम दिइरहेको छ । महासंघको काभ्रे शाखाकी अधिकृत लक्ष्मी श्रेष्ठका अनुसार, १ सय २० उद्यमीले महासंघमा दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका छन् । दर्ता भएका मध्ये महिलाको सङ्ख्या धेरै छ ।

सिप सिकेपछि फोहोरलाई मोहोरमा परिणत गरेर बनाएको आर्कषक सामाग्रीहरु ।

प्रतिकृया दिनुहोस्

ककनीको आ.व. २०७५/०७६ को बजेट ३४ करोड

img

ककनी गाउँपालिकाले ३४ करोड ४३ लाख ४९ हजारको बजेट ल्याएको छ । आइतबार ...

गोसाइकुण्डको गाउँसभा सम्पन्न, पर्यटन वर्ष घोषणा

img

आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम बजेट तर्जुका लागि गोसाइकुण्ड गाउँपालिकाको ...

गोकर्णेश्वरले ल्यायो ९१ करोड ६६ लाखको बजेट

img

गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजित गरेको छ । आइतबार नगरपालिकाको ...

गोदावरीले ७८ करोडको बजेट प्रस्तुत

img

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६मा ७८ करोड २२ लाख १५ हजारको बजेट ...

धनकुटामा प्रदेश राजधानी नभएपछि बजार सुक्दै

img

उद्योग व्यवसाय बन्द गर्दै वसाइसराई तिव्र हुँदै गएपछि दिनप्रतिदिन सुक्दै गएको धनकुटालाई ...

लालपुर्जा पाएपछि गुम्चेतबासी खुशी

img

जोखिमयुक्त बस्तीमा रहेका कालिका गाउँपालिका वडा नं. १ राम्चेको गुम्चेत ओडारमा बस्दै ...

पत्रपत्रिका

सबै