अर्थ

नयाँ हिमाल आरोहण

तोक्सार हिमाल आरोहणपछि तस्वीर खिचाउँदै । तस्वीर : निमा लामा

गोरखा । हालै आरोहणको अनुमति लिइएको गोरखाको नयाँ हिमाल सफलतापुर्वक आरोहण भएको छ । यही बर्ष पहिचान गरिएको चुमनुब्री ७ छेकम्पारको  ६ हजार १ सय मिटर अग्लो  छोसुङ हिमाल(तोक्सार पिक) सफल आरोहण गरिएको चुमकल्याण समितिका अध्यक्ष निमा लामाले जनाए ।

नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति गोरखा तथा चुमकल्याण समितिको सहयोगमा गत भदौ १५ गते तीनजना आरोहीले नयाँ हिमालको सफल आरोहण गरेका हुन् । गोरखा लाप्राकका इमान गुरुङ, लाप्राककै समीर गुरुङ र लम्जुङका नारायण ठकुरीले तोक्सारचुली आरोहण गरेको लामाले जानकारी दिए । आरोहण टोलीमा पाँच जना सहभागी थिए ।

८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्नुअघि छ हजार मिटर अग्लो हिमाल चड्नु पर्ने प्राबधान छ । त्यसैले आगामि दिनमा तोक्सार हिमाल आरोहण गर्नेको संख्या बढ्ने चुमकल्याण समितिका अध्यक्ष लामाले विश्वास ब्यक्त गरे ।

तोक्सार मनास्लु क्षेत्रमा पर्ने हिमाल हो । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणमा आउनेलाई अभ्यास गर्न तोक्सार उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

धनकुटामा अलैंचीका लागि बीज बैंक स्थापना

धनकुटा । अनुसन्धान र प्रविधि विकासका निकाय तथा किसानहरुको सहकार्यमा धनकुटामा अलैंचीको बीज बैंक स्थापना गरिएको...

धनकुटामा सयपत्री फुल नफुल्दा किसान चिन्तित

धनकुटा । वर्षेनी तिहार लक्षित सयपत्री फुलको व्यवसायिक खेती गर्दै आइरहेका धनकुटाका किसान सयपत्री फुल नफुल्दा...

धनकुटामा बाँसद्वारा निर्मित सामाग्रीको निर्यात बढ्यो

धनकुटा । तिहार र छठका लागि आवश्यक बाँसबाट निर्मित सामान बनाउन धनकुटाका व्यवसायीहरुलाई भ्याइ नभ्याइ भएको...

दलहन बालीमा किरा लाग्ने समस्या

सागुरीगढी । धनकुटाको सागुरीगढी गाउँपालिका ८ महाभारतका स्थानीय किसानले लगाएको दलहन वालीमा रोग प्रकोप देखिएपछि...

कर्जा दुरूपयोग गर्नेलार्इ कसूर

काठमाडाैं । व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट कर्जा लिएर उक्त कर्जाको दुरुपयोग गर्ने व्यक्तिलाई बैंकिङ...

बुधबार सेयर बजार केही उकालो

बुधबार सेयर बजार ९.१७ अंकले बढेर १५६८.३५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन्...