अलैंचीमा देखिएको रोगबारे अनुसन्धान थालियो

पाँचथर । अलैँचीमा देखिएको छिर्केफुर्के रोगबारे पाँचथरमा अनुसन्धान थालिएको छ ।

फिदिम नगरपालिकाको वडा न.१,साब्राङ र फिदिमकै नाम्दु ढोडेनीमा अनुसन्धान थालिएको हो । किसान महासंघ पाँचथरको अगुवाईमा एग्री केयर प्रा.लि. नेपालमा आवद्ध कृषि वैज्ञानिक शिव यान्दियो नेतृत्वको टोलीले साब्राङका अलैँची किसान टंक अधिकारी र नाम्दु ढोडेनीका अर्का अलैँची किसान जगत मगरको रोेग संक्रमित अलैँची वगानमा पुुगेर अनुसन्धान थालेको हो ।

यान्दियो नेतृत्वको टोलीले संक्रमित अलैँचीको जरामा बायोसाइट ट्रिभी नामक जैविक विषादीमा चिनी मिसाएर राखेको छ । राखेको तीन महिना पुुगेपछि प्रयोगशालामा अलैँचीको संक्रमित जराको परीक्षण गरिने यान्दियोले बताए । छिर्केफुर्के रोगबाट संक्रमित अलैँचीको जरा पिल्सिएको,जरामा पिप देखिएको,माटोमा व्याक्टेरिया देखिएको र जरा खुुइलिएको पाइएको पनि टोलीले जनाएको छ । खोल्सीको कालो सुनले परिचित अलैँचीमा केही वर्ष यता छिर्केफुर्के रोग देखा परेको छ । यो रोगले विस्तारै पात डढाउँदै बोट पनि मार्ने गरेको छ ।

पाँचथर सहित छिमेकी जिल्ला ताप्लेजुङ,इलाम,तेह्रथुम,धनकुटा,संखुवासभा र भोजपुरका किसानहरु अलैँचीमा लागेको यो रोगको प्रकोपबाट चिन्तित छन् ।

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

img

उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब ...

आरआरएन दोलखाको पाँचदिने भ्रमण सम्पन्न

img

आरआरएन दोलखाद्वारा गरिएको पाँच दिने कृषि अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ...

विकासशील राष्ट्रमा स्तरोन्नति नहुने इच्छा

img

नेपालीहरूको प्रति व्यक्ति आयमा थप सुधार भएपछि मात्र नेपालले अतिकम विकसित राष्ट्रको ...

चिया उद्योग व्यवसायीको समस्या सुरक्षाबारे गोष्ठी

img

केन्द्रीय चिया सहकारी संघको आयोजनामा शनिबार हिलेमा एक दिने चिया क्षेत्रमा व्यवसायजन्य ...

आइएमईले थपे २ शाखा र एक उपशाखा

img

आइएमई जनरल इन्स्योरेन्सले दुई वटा शाखा र एउटा उपशाखा सञ्चालनमा ल्याएको छ ...

दोलखाबासीलार्इ खुशीको खबर, माथिल्लो तामाकोशीको आइपिओ चैतमा जारी

img

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख ...

पत्रपत्रिका

सबै