प्रविधि

एनसेलले ७०० टावरबाट फोरजी प्रदान

काठमाडाैं । एनसेलले ७०० भन्दा बढी टावर जडान गरी फोरजी प्रदान गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय विवरण अनुसार एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पुर्वाधारले ग्राहकहरुलाई सञ्चार सेवा प्रदान गर्न उनीहरुको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ ।

ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो । प्रथम चरणमा काठमाण्डौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ ।

फोरजी सेवा संचालनमा आय पश्चात बढेको इन्टरनेट प्रयोगले डाटा खपतमा उल्लेख्यरुप वृद्घि भएको पनि उक्त रिपोर्टले जनाएको छ । दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ६८ लाख जिबी पुगेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो ।

प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्घि भएको छ र यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ । दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाएको छ ।

दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदन । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्  ।

प्रतिकृया दिनुहोस

टेलिकमले तिहार र छठको अवसरमा छुट तथा बोनस

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको...

किसानका समस्या मोबाइल एप्समै

पाँचथरका अदुवा कृषकहरुको समस्या मोवाइल एपबाटै प्राप्त हुने भएको छ । राष्ट्रिय कृषक महासंघ पाँचथर...

डिशहोमका दुर्इ च्यानलहरुको प्रसारण सुरु

काठमाडाैं । डिशहोमले आफ्नै नयाँ दुर्इ च्यानलहरुको प्रसारण सुरु गरेको छ । बुधबार दरबारमार्ग स्थित होटल...

टेलिकमले ल्यायो दशैं अफर, सयमा एक जीबी डाटा

काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रिचार्ज बोनसदेखि डाटाहरुमा...

टेलिकमले लाइभ टिभि, मुभि हेर्न सकिने एप सार्वजनिक

काठमाडौं। नेपाल टेलिकमले विन नेपालको सहकार्यमा एप ‘वाउटाइम’ संचालनमा ल्याएको छ। एपबाट अब लाइभ टिभी,...

वडा कार्यालयबाट अनलाइन सेवा सुरु

काभ्रे । काभ्रेकै व्यापारी नगरी बनेपा नगरपालिका वडा नम्बर ९ ले पहिलो पटक अनलाइन सेवा...