विचार/ब्लग

किसान बन्ने सपना थियो निजामती भएछु : राम बहादुर तामाङ

सानैदेखि किसान बन्ने रहर थियो मेरो तर जिवनका अनेक मोडहरु पार गर्दै जाँदा नयाँ सोच र सम्भावना प्रकट हुँदो रहेछ ।

बुबा सानुकान्छा तामाङ र आमा सुकुमायाँ तामाङको कोखबाट २०३४ साल फागुण २३ गते काभ्रेको साविक पात्लेखेत ९ हाल धुलिखेल ११ म जन्मिएका रामबहाुदर तामाङ निजामति सेवामा नौलो नाम होइन । बिभिन्न कठिनाई र चुनौतीका बाबजुत पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिई जिल्ला शिक्षा कार्यालय काभ्रेको शाखा अधिकृत हुन सफल भए । गाउँमा जन्मेको हुर्केको उनले साथीहरुको परामर्शमा शिक्षा विषय लिएर अध्ययन गर्ने जमर्काे गरे । अरुलाई पढाएर आफु पढने बाहेक उनको बिकल्प थिएन । घरको आर्थिक अवस्थाका कारणले उनले अध्यायनको क्रममा धेरै संघर्ष गरे जिल्ला शिक्षा कार्यालय काभ्रेको शाखा अधिकृत पदमा पुग्नको लागि । सानै उमेरदेखि चञ्चले र लिडर सिप स्वभावका रामबहादुर तामाङको जिवन संघर्षबारे खोताल्ने प्रयास गरे उनले आफुले गरेको अनुभूति यसरी सुनाए :

– बिहान ४ बजे उठेर सदरमुकामसम्म पैदल यात्रा गरी बनेपामा पुग्थ्यौ ।
– अरुलाई पढाएर आफु पढे ।
– आफ्नो पेशालाई मूल कार्य क्षेत्र ठानेर निरन्त लागि रहे ।
– सानैदेखि किसान बन्ने रहर थियो मेरो तर जिवनका अनेक मोडहरु पार गर्दै जाँदा नयाँ सोच र सम्भावना प्रकट हुँदो रहेछ । कहिले खेलाडी, कहिले शिक्षक त अहिले निजामती कर्मचारी भएको छु ।
– योजनाहरु अध्यायन र अनुसन्धानमा आधारमा नहुनु , शैक्षिक कार्यक्रमहरु प्रभावकारी हुन नसक्नु, सेवाप्रवाहमा सेवाग्रही सन्तुष्टि नहुनु, संगठन संरचना सेवा ग्राहीमैत्री नहुुनु र संघीय स्वरुप अनुसारको शैक्षिक प्रशासनको संगठन संरचना तयार हुनु नसक्नुले समस्याले थिचिइएको हो  ।
– कर्मचारीहरु कोही काम गरेर सन्तुष्टि लिन्छन भने कोही काम पन्छाएर सन्तुष्टी लिने गर्छन ।
– अगामी दिनमा लोक सेवाको परीक्षाबाट उपसचिव हुँदै सचिवसम्म पुग्ने योजना रहेको छ ।

शिक्षामा अब्बल रामबहादुर

सबर्व प्रथम त यस.एल.सी परिक्षा उतिर्ण भएपछि, के विषय लिएर पढने भन्ने विषयमा अन्यौल थियो । म गाउँमा जन्मेको हुर्केको मान्छे खासै परामर्श दिने अभिभावहरु पनि थिएन गाउँमा । त्यसपछि साथीहरुको परामर्शमा शिक्षा विषय लिएर अध्ययन गर्ने जमर्काे गरे मैले । २०५१ सालमा मैले सञ्जीवनी माध्यामिक विद्यालयबाट एसएलसी उर्तिणपछि २०५२ साल बनेपामा रहेको चैतन्य बहुमखि क्याम्पसमा शिक्षा विषय लिएर अध्यायनको लागि आइएडमा भर्ना भयो । गणित र स्वास्थ्य शारिरिक शिक्षा भन्ने मूल विषय लिएर अध्ययन सुरु गरे । अध्ययानको सिलसिलामा घरको आर्थिक अवस्था कमजोरका कारण अध्यायन गर्नको लागि केही समस्या उत्पन्न भएको थियो । म बिहान ४ बजे उठेर सदरमु्कामसम्म पैदल यात्रा गरी बनेपामा पुग्थ्यौ । म निम्न वर्गमा जन्मिएकाले झनै मासिक शुल्का, परिक्षा शुल्का पाठयपुस्तक खरित गर्न कठिनाई भएकाले मैले झनैले बिचमै अध्यायनलाई रोक्नु परेको थियो । बुबाले आर्थिक अवस्था कमजोरका कारणले पढाउन नसक्ेन बताएपछि जसरी पनि उच्च शिक्षाको पहिलो तहसम्म  ऋण गरेर भएपनि पढाईलाई निरन्तरता दिन अनुरोध गर्दा बुबाले मान्नु भयो । त्यही भएर मेरा लागि बुबाको ठूलो योग्दान र प्रेरणाको स्रोतनै बुबा हुनुहुन्छ । त्यसपछि मेरो अध्ययानकै क्रममा आईएड दोस्रो वर्षमा शिक्षण अभ्यासको क्रमसँगै निजी विद्यालयमा अध्यापन गर्न सुरु गरे । २०५४  सालमा सूर्य किरण इङलिस स्कूल फूलबारीमा पढाउन थाले । त्यसको ६  महिनापछि त्यही व्यक्ति सञ्चालक रहेको बनेपाको यसनिभर्सल एकेडेमीमा अध्यायपन गराँदै आए । २०५५ सालमा आइएड उर्तिण गरे पश्चात केही थप सेवा सुविधा दिने भएपछि बालविकास विद्याश्रम काभ्रे भञ्ज्याङमा अध्यायपन गराउन थाले । त्यही मैले २ वर्ष अध्यायपन गराएपछि काली देशी निमावि पात्लेखेत डाँडागाउँमा निजी श्रोतको गणित शिक्षकको रुपमा काम गर्न थाले । त्यही विद्यालयमा २ वर्षसम्मको अध्यायपनपछि थप सेवा सुविधा सहित निमावि अनुदान कोटामा नियुक्ती पाए । त्यसपछि २०६२ सालसम्म त्यही विद्यालयमा निरन्तरता शिक्षण पेशा गरि रहे । यसै बिचमा २०५७ सालदेखी बिहान बेलुका कक्षा ९ र १० म अध्यानरत विद्यार्थीहरुलाई ट्युशन पढाउँदै आए । त्यसले केही हदसम्म आर्थिक रुपमा बलियो बनाउन मदत गरेको थियो । अध्यायपन सँग सँगै मैले पुन २०५६ सालमा चैतन्य बहुमुखी क्याम्पसमा बिएड म भर्ना भई अध्यायनलाई निरन्तता दिए । २०५९ सालमा बिएड उतिर्ण भएपछि अध्यायनलाई निरन्तता दिन उतकट इच्छा र अकांक्षा रहेकोले एक वर्षपछि म थप अध्यायनको लागि काठमाण्डौँ हनिए । महेन्द्र रत्न क्याम्पसमा एम. एडमा गणित विषय लिए अध्यायन गर्न भर्ना भए । शिक्षा ऐन शंशोधनपछि विद्यालयमा अध्यायपन गराउन अनिवार्य रुपमा शिक्षण अनुमति पत्र लिनुपर्ने व्यवस्था लागु भएका कारणले स्थायी अस्थायी र निजी श्रोतमा (सामुदायीक्र) विद्यालयमा कार्यरत शिक्षकहरुलाई ५ वर्ष भित्रमा स्थायी लाइसन लिने सर्तमा अस्थायी लाइसन वितरण गरियो । २०६० सालमा स्थायी शिक्षण अनुमति पत्रको लागि विज्ञापन भएको थियो । त्यसमा मैले परीक्षा दिइ माध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गरे । त्यसपछि २०६२ साल मंसिरमा कृष्ण माध्यामिक विद्यालय दाप्चामा अस्थायी शिक्षकको विज्ञापन गरेको थाहा पाएपछि आवेदन दिए । लिखित र अन्र्तवार्तामा समेत सफल भई २०६३ साल बैशाख देखि अस्थायी माध्यामिक शिक्षकको रुपमा काम गर्न थाले । त्यहाँ मैले २०६३ देखि २०६६ मंसिर १ सम्म अध्यापन गरि सकेपछि श्री लक्ष्मी नारायण मावि श्यामपाटीमा सरुवा भयो । २०६४ सालमा विभिन्न कठिनाई र चुनौतीका बिचमा पनि मैले गणित विषयमा स्नातकोत्तर उर्तिण गरे । २०६६  साल माघमा लक्ष्मी नारायण माविलाई उमाविमा स्तर उन्नती गर्ने सर्तमा मलाई विद्यालयको प्रधानाध्यापको जिम्मेवारी दिए । मैले तोकेको जिम्मेवारी पुरा गर्न स्थानीय समाजसेवी बुद्धिजीवि लाई साथ लिई ३ महिना भित्र २० लाख रुपैया रकम संकलन गरी विद्यालय माविबाट उमाविमा स्तर उन्नती गर्न सफल भयो । त्यसपछि २०६८ साल मंसिरमा श्रीखण्डपुर खडपुमा सरुवा भयो । त्यही विद्यालयमा अध्यापन रहँदा २०६८ चैत्र महिनामा सञ्चालन भएको नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहको विद्यालय निरिक्षक पदमा परीक्षा दिई लोक सेवाको अधिकृत परीक्षा उतिर्ण गरे । त्यसपछि निजमति सेवामा प्रवेश गरी २०६९ साल असोज महिनादेखी हालसम्म । निजामाति सेवामा प्रवेश गरेपछि मेरो सुरु पदस्थापना पूवी पहाडी जिल्ला तेह्राथुममा भएको थियो । त्यसपछि करिब १ वर्ष काम गरेपछि पूर्वि पहाडको र्दुगम जिल्ला ओखलडुंगामा सरुवा भए । भौगोलिक विकटताका साथै नेपालको सौन्र्दयलाई नियाल्दै शिक्षा प्रशासनमा तलिन रहे । त्यहाँ साढे २ वर्ष काम गरी सकेपछि २०७२ साद भदौ ३१ गते ओखलढुंगाबाट काभ्रेमा सरुवा भयो । जिल्ला शिक्षा कार्यालय काभ्रेको शाखा अधिकृत÷विद्यालय निरिक्षक पदमा कार्यरत रहेको छु । मैले सुरुमा शैक्षिक परामर्श दिने मान्छे नभएर पनि हो तर म साथीहरुको संगतले गर्दा शिक्षण पेशामा लागे अनि रमाए ।

शिक्षा प्रशासनमा सेवाग्राहीलाई मुख्य केन्द्र बिन्दुमा राख्नुपर्छ

शैक्षिक क्षेत्रमा काम गर्दा मैले छुट्टै अनुभाव गरेको छु । नैतिकता र इमान्दारीतालाई मूल मन्तर ठाने । जुन बेला जे समयको माग थियो मैले त्यो पुरा गरे । त्यसको साथै हरेक संगठन शिक्षण संस्थामा काम गर्ने वातावरण अलग अलग छ त्यसमा पनि आफ्नो पेशालाई मूल कार्य क्षेत्र ठानेर निरन्त लागि रहे । त्यसले मलाई छुट्टै आनन्द र गौरवन्दीत बनाएका छौँ । कार्य सम्पादन गर्दा विद्यालयमा विद्यार्थीलाई मूल केन्द्रमा र शिक्षा प्रशासनमा सेवा ग्राहीलाई मुख्य केन्द्र बिन्दुमा राखेर काम गरेको जस्तो मलाई अनुभूत हुन्छ । निजामाति सेवामा प्रवेशसँगै देशको भौगोलिक अवस्थाको यथार्थत जानकारी प्राप्त हुँदो रहेछ । फरक फरक भूगोल भाषा सँस्कृति विभिन्न जातजातिमा घुलमिल साँस्कृतिक अदान प्रदान  भाषागत सिकाईका साथै आफ्नो पेशालाई निरन्तरता दिदै आए ।  

यस्ता छन् शैक्षिक क्षेत्रको मुख्य समस्या

मुख्यत राष्ट्रीय रुपमा दरबन्दी मिलान हुन नसक्नु ठूलो समस्या हो । विद्यालय समायोजन, २१ औँ  शताब्दी कनुकलको गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु । अर्काे कुरा योजनाहरु अध्यायन र अनुसन्धानमा आधारमा नहुनु , शैक्षिक कार्यक्रमहरु प्रभावकारी हुन नसक्नु, सेवाप्रवाहमा सेवाग्रही सन्तुष्टि नहुनु, संगठन संरचना सेवा ग्राहीमैत्री नहुुनु र संघीय स्वरुप अनुसारको शैक्षिक प्रशासनको संगठन संरचना तयार हुनु नसक्नु ।

शैक्षिक क्षेत्रको पाँच चुनौती

सेवाप्रवाहलाई सेवामैत्री बनान नसक्न , एकीकृत विद्यालयलाई शिक्षा ऐन आउन नसक्नु , शैक्षिक कार्यक्रमहरुले अपेक्षीत उपलब्धी हासिल गर्न नसक्नु, बेरोजगार र शैक्षिक बेरोजगार बिकाराल रुप लिनु र संघीय संरचना अनुकुलको संगठन संरचना भौति पूर्वधार तयार भई नसक्नु ।
कर्मचारीहरु कोही काम गरेर कोही काम पन्छाएर सन्तुष्टी लिने गर्छन
मैले बुझेको के भन्दा खेरी दुई खाले दुष्टिकोण रहेको पाए । एउटा इमान्दारका साथ काम गर्नेलाई प्रोत्साहित गर्ने र अर्काे चाहि जागिरको लागि जागिर खाना आएको जस्तो पाएको छु । कर्मचारीहरुले सन्तुष्टी कसरी लिने भन्नेमा भरपर्छ । कोही काम गरेर सन्तुष्टि लिन्छन भने कोही काम पन्छाएर सन्तुष्टी लिने गर्छन । नाम पद र कुर्सी हुन्छन तर कार्यालयमा भेटन मुस्क्लि हुन्छ । निजामाति सेवामा काम गर्ने वातावरण छैन भनिन्छ तर मेरो विचारमा विद्यामान वातावरणमा नै अधिकतम सेवा प्रधान गरी जनतालाई सेवा प्रबाह गर्नु नै  सुन्तुष्टि हो जस्तो लग्छ र म त्यही गरि रहेको छु ।

पेशामा इमान्दारीता , नैतिकता र निश्पक्षता

राज्यले दिइएको जिम्मेवारी पूरा गर्नु आफ्नो कर्तव्य र दायित्व हुन्छ । मैले कमाएको भन्नु नै पेशामा इमान्दारीता , नैतिकता र निश्पक्षताका साथ  सेवा प्रबाह हो । जिन्दगीमा सेवाग्रहीलाई सेवा प्रवाह गर्दा पहिलो आउनेलाई पहिलो सेवा भन्ने सिद्धान्त अपानएको छु जस्तो लाग्छ । शिक्षण पेशमा रहँदा धेरै शिक्षक , विद्यार्थी  र अभिभावकहरुको अपार मायाँ र सदभाव प्राप्त गरेको थिए तर अब निजामति सेवामा सेवाप्रवाह गर्दा सिमित व्यक्ति तथा सेवाग्राहीसँग मात्र सम्पर्क हुने हुँदा जनसम्पर्क चाहि अलि कम भएको महशुसले मैले त्यो  क्षणहरु गुमाएको जस्तो लाग्छ ।

कहिले खेलाडी, कहिले शिक्षक त अहिले निजामती कर्मचारी

मान्छेको जिन्दगीमा हरेक सोच र दृष्टिकोण आउँछन । मेरो पनि नआएको चाहि होइन जे देखेको त्यो पाइन्न जे लेखेको त्यो पाइन्छ । सायद मेरो जिवनमा पनि यस्तै भयो जस्तो लाग्छ । सानैदेखि किसान बन्ने रहर थियो मेरो तर जिवनका अनेक मोडहरु पार गर्दै जाँदा नयाँ सोच र सम्भावना प्रकट हुँदो रहेछ । कहिले खेलाडी, कहिले शिक्षक त अहिले निजामती कर्मचारी भएको छु ।

सचिव बन्ने धोको

साच्चै भन्नु पर्दा मानिसमा अनगिन्ती सोच र भावी योजनाहरु हुन्छन ती मध्ये पनि तत्काल गर्नुपर्ने र भविष्यमा गर्नु पर्ने योजना पनि हुने गर्छन । मेरो सन्र्दभमा भन्नु पर्दा हाल म निजामति सेवाको ५ वर्ष बसन्ता पार गरि सकेको छु । स्वभाविक रुपमा अब मेरो भावी योजना भनेको निजमति सेवामा वृद्धि विकास नै पहिलो प्रथामिकतामा पर्छ । अगामी दिनमा लोक सेवाको परीक्षाबाट उपसचिव हुँदै सचिवसम्म पुग्ने योजना रहेको छ ।  अर्काे कुरा जिवनमा विभिन्न विधाको ज्ञान आवश्याकता पर्दाे रहेछ । त्यसलाई पुरा गर्न थप अध्यायनमा निनरन्तर लाग्ने छु । र मैले आर्थिक अवस्था कमजोरका कारणले अध्यायन गर्दा धेरै दुख्को अनुभव गरेको छु । मेरा छोराछोरीलाई त्यस्तो दुखबाट टाढा राख्ने कोसिस गर्नेछु ।

प्रतिकृया दिनुहोस

रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफको कथन जस्तै छ होला त जापान ?

कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन...

भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री

सम्पदा क्षेत्रको भग्नावशेषबाट उत्पादित निर्माणजन्य फोहोर राखिएको टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोरमा मल्लकालीन सामाग्री भेटिएका...

अादिवासीवादमा अाधारित तामाङ विधिशास्त्र

मिसेल फुकोका मत अनुसार भाषाको अध्ययन व्याकरण तथा शब्दावलीका नियमको विश्लेषणका निम्ति मात्रै नगरेर सामाजिक...

एमाले, माओवादी र नयाँ शक्तिबीच एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?

- अमरदीप मोक्तान  २०७४ असोज १७ गते मंगलबार साँझ काठमाडौस्थित राष्ट्रिय सभागृहको हलामा खचाखच भरिए एमाले,माओवादी केन्द्र...

अन्योलमा जनजाति मुद्दा

काठमाडौं । गणेश राई । सूचीकृत आदिवासी जनजातिका अधिकांश जातीय संस्था राजधानी उपत्यका केन्द्रित छन् ।...

काभ्रेमा तीन दशकदेखी दरबन्दी मिलानमा सकस

काभ्रे । तीन दशक वितिसक्दा पनि दरबन्दी मिलान हुन सकेका छैनन् । शिक्षक संघ संगठन र...